सूचना-प्रविधि

नेपाल टेलिकमको चाडबाड अफर, फोन सेवा देखि इन्टरनेट सेवा सम्मको अफरहरु सार्वजनिक

Posted: 2018-10-10 09:34:07

सुनाखरी न्युज/ काठमाडौं - नेपाल टेलिकमले चाडबाड अफर सार्वजनिक गरेको छ। बुधबारदेखि लागु हुने गरी फोन सेवा देखि इन्टरनेट सेवा सम्मको अफरहरु सार्वजनिक गरेको हो। टेलिकमले सार्वजनिक गरेको अफर अन्तर्गत अनलिमिटेड प्याक, भ्वाइस प्याक, डाटा प्याक, रिचार्जमा बोनस, एडीएसएल, एफटीटीएच र वाइम्याक्स सुविधा बढाइएको छ।
 
 
रिचार्जमा बोनस
असोज २९ देखि कात्तिक ४ गतेसम्म रिचार्ज कार्ड, इलेक्ट्रोनिक रिचार्ज वा एमपोसबाट रिचार्ज गर्दा बोनस प्रदान गरिने भएको छ। १०० र २०० को रिचार्ज कार्ड वा इलेक्ट्रोनिक रिचार्जमार्फत रिचार्ज गर्दा १० प्रतिशत र ५०० सय र १००० रुपैयाँको रिचार्ज कार्ड वा इलेक्ट्रोनिक रिचार्जबाट रिचार्ज गर्दा १५ प्रतिशत बोनस प्राप्त हुनेछ। १०० र २०० रुपैयाँको बोनस ३ दिन भित्र र ५०० र १००० को बोनस ५ दिनभित्र उपभोग गरिसक्नु पर्नेछ। एमपोसबाट जतिसुकै दरको रिचार्ज गर्दा पनि १५ प्रतिशत बोनस उपलब्ध हुनेछ र सो बोनस पाँच दिनभित्र उपभोग गरिसक्नु पर्नेछ बताइएको छ।
 
अनलिमिटेड प्याक
यस अफरअन्तर्गत जीएसएम तथा सीडीएमए मोबाइलमा अनलिमिटेड भ्वाइस र अनलिमिटेड एसएमएस सेवा उपभोग गर्न सकिने छ। ६०० रुपैयाँमा १५ दिन समयावधिको लागि प्रत्येक दिन २ जीबी प्याक उपलब्ध गराइनेछ। सो प्याक अन्तर्गत एक जीबी पिक आवर (विहान ६ बजेदेखि राती १० बजेसम्म) र १ जीबी अफपिक आवर (राती १० देखि विहान ६ बजेसम्म) प्रयोग गर्न सकिन्छ। सोही प्याक ७ दिन समयावधिका लागि मात्र भने ३०० सयमा उपलब्ध गराउने टेलिकमको भनाइ छ। प्याक लिने सेवाग्राहीलाई वाउटाइम र म्युजिक नेपालको म्युजिक स्ट्रिमिङ सर्भिस निःशुल्क उपलब्ध गराइने छ।
 
भ्वाइस प्याक
यस अन्तर्गत ६ रुपैयाँमा निरन्तर ६० मिनेट भ्वाइस सुविधा उपभोग गर्न सकिनेछ। एक दिनका लागि मात्र उपलब्ध हुने सो सुविधा विहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म उपभोग गर्न सकिनेछ। भ्वाइस सुविधा नेपाल टेलिकमको नेटवर्कमा मात्र प्रयोग गर्न सकिन्छ।
 
डाटा प्याक
यस अन्तर्गत ३६ एमबी डाटा ६ रुपैयाँमा एक दिनका लागि उपलब्ध हुनेछ। सो डाटा पनि विहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म उपभोग गर्न सकिनेछ। उपरोक्त अफरहरु यही असोज २४ देखि कात्तिक ७ सम्म खरिद गर्न सकिने छ।अफरअन्तर्गतका विभिन्न प्याकेज प्राप्त गर्न ग्राहकले स्टार १४१५ स्टार ९ ह्याज डायल गर्नु पर्नेछ। कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट प्याकेज खरिद गर्न सकिन्छ।
 
एडीएसएल ,एफटीटीएच र वाइम्याक्स
आगामी असोज ३० देखि कात्तिक ६ गतेसम्म एडीएसएल एफटीटीएच वाइम्याक्सको समयावधि समाप्त हुने ग्राहकहरुको समयावधि कात्तिक ७ गतेसम्म थप गरिने छ। यसबाट बीचैमा समय सकिए पनि ग्राहकहरुको सेवा सुचारु भइरहने समेत टेलिकमले प्रेस विज्ञप्ति मार्फत जानकारी गराएको छ।



More News



साइबर सुरक्षा सम्बन्धी अनुशिक्षण कार्यक्रम संचालन

Posted: 2018-12-12 10:10:34

सुनाखरी न्युज/ सिन्धुपाल्चोक - समुदाय - प्रहरी साझेदारी अवधारणा अन्तर्गत सिन्धुपाल्चोक जिल्लाका विभिन्न नगरपालिका तथा गाउँपालिकाका विद्यालयमा साइवर सुरक्षा सम्बन्धी अनुशिक्षण कार्यक्रम सोमबार संचालन ...


एन्पिनोग (npNOG) ले काठमाडौंमा सूचना प्रविधि सम्मेलन गर्ने

Posted: 2018-12-07 11:21:01

सुनाखरी न्युज/ काठमाडौ - इन्टरनेट सेवा प्रदायक एवं सूचना संचार प्रविधिको क्षेत्रमा कार्यरत ब्यक्ति एवं संस्थाहरु को समूह नेपाल नेटवर्क अपरेटर्स ग्रुप (एन्पिनोग) ले यही मंसिर २३ देखि २८ गते सम्म एनपिएनओजी–४ नामक छ दिने कार्यक्रम आयोजना गर्नेभएको छ।कार्यक्रममा नेटवर्किङ एवं सूचना तथा संचार ...


दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशकमा नियुक्तिका लागि सिफारिस गर्न तीन सदस्य छनोट समिति गठन

Posted: 2018-12-06 20:40:01

सुनाखरी न्युज/ काठमाडौं- मन्त्रिपरिषदले नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशकमा नियुक्तिका लागि सिफारिस गर्न तीन सदस्य छनोट समिति गठन गरेको छ । विहिबारको मन्त्रिपरिषदको वैठकले यस्तो समिित गठन गरेको हो । वैठकले स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशकमा विराटनगरका रमेशकुमार पोखरेललाई नियुक्त गरिएको छ।...


धुलिखेल नगरपालिकाले पर्यटकको सुविधाका लागि फ्रि वाइफाइ सेवा

Posted: 2018-12-03 14:08:58

सुनाखरी न्युज/ काभ्रेपलाञ्चोक - धुलिखेल नगरपालिकाले पर्यटकको सुविधाका लागि फ्रि वाइफाइ सेवा शुरु गरेको छ । आइतबार सरस्वती बजार परिसर (पार्क)बाट फ्रि वाइफाइ सेवा शुरु गरिएको हो । नगरप्रमुख अशोक ब्याञ्जूले ...


सामसङको आधिकारिक सेवा केन्द्र भक्तपुर मोबाइल कम्प्लेक्स सूर्यविनायकमा सुरु

Posted: 2018-11-23 17:12:52

सुनाखरी न्युज/ काठमाण्डौ- नेपाल भरी १४ वटा सामसङ का सेवा केन्द्रहरु भएको, आइएमएस केयरले आफ्नो १५ औं सेवा केन्द्र भक्तपुर मोबाइलकम्प्लेक्स, दोश्रो तल्ला सूर्यविनायक, भक्तपुरमा सुरु गरेको छ । सो सेवा केन्द्रको उद्घाटन आइएमएस ग्रुपका अध्यक्ष दिपक मल्होत्रा, सामसङ इलेक्टो«निक्सका काकार्यकारी निर्देशकयुबियमवोन, आइएमएस ग्रुपका प्रमुख कार्यकारी अधिकृत दिकेश मल्होत्रा र सामसङ इलेक्ट्रोनिक्सका काजुङ्सिक (बबि) योले गरे । ...


Advertisements