सूचना-प्रविधि

‘सुबिसु शुभअफर’ डबल मज्जा, पैसाकम, स्पिड ज्यादा

Posted: 2018-10-02 13:08:44

सुनाखरी न्युज/ काठमाडौ - सुबिसु केबल नेट प्रा. लि.ले केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवामा नेपालीहरुको महान चाड दशैंलाई लक्षित गरि ‘सुविसु शुभ अफर’ ल्याएको छ । जसमा क्लियर टिभि, इन्टरनेट तथा इन्टरनेट र क्लियर टिभि सेवामा फरक फरक आकर्षक अफरहरु रहेका छन ।
 
Clear TV - Premium pack Offer :
क्लियर टिभि सेवा अन्तर्गत मात्र रू १५००/ (कर सहित) मा २ महिनाको प्रिमियम सेवा (२५० भन्दा बढी डिजिटल च्यानलहरु तथा ६० भन्दा बढी एच डि च्यानलहरु) साथै, सेट टप बक्स र जडान सेवा प्राप्त गर्न सकिने छ ।
 
Subisu Internet- Fast Pack Offer :
इन्टरनेट सेवा अन्तर्गत २० Mbps अनलिमिटेड (Unlimited) इन्टरनेट १ महिनाको ल।गि साथेैे मोडेम र जडान सेवा मात्र रू २०००/ (कर सहित) मा प्राप्त गर्न सकिने छ ।
 
Subisu Internet & Clear tv - Combo Pack Offer :
इन्टरनेट र क्लियर टिभि सेवा अन्र्तगत मात्र रू ४५००/ (कर सहित) मा २ महिनाका लागि २५ Mbps अनलिमिटेड (Unlimited) इन्टरनेट र क्लियर टिभि प्रिमियम प्याकेज (२५० भन्दा बढी डिजिटल च्यानलहरु तथा ६० भन्दा बढी एच डि च्यानलहरु) साथैं मोडेम, सेट टप बक्स र जडान सेवा प्राप्त गर्न सकिनेछ । अफर सीमित अवधिका लागि मात्र लागु हुनेछ र नियम तथा सर्तहरु लागु हुनेछन ।



More News



एनसेलका ग्राहक १ करोड ६४ लाख, ५२ प्रतिशतले बोक्छन् स्मार्टफोन

Posted: 2018-03-09 13:45:25

सुनाखरी न्युज- एनसेलको माउ कम्पनी आजियाटाले सार्वजनिक गरेको २०१७ को रिपोर्ट अनुसार डिसेम्बर २०१७ सम्ममा एनसेलको ग्राहक संख्या १ करोड ६४ लाख पुगेको र त्यसमा ५२ प्रतिशतले स्मार्टफोन प्रयोग गर्ने गरेका छन् । सन् २०१६ को तुलनामा स्मार्टफोन प्रयोगकर्ताको संख्या १० प्रतिशत बिन्दुले बढेको र कम्पनीको कुल ग्राहक संख्या पनि गत एक वर्षको अवधिमा १०.१९ प्रतिशतले बढेको उक्त रिपोर्टले उल्लेख गरेको छ। ...


एनसेलको डाटा खपत बढ्यो, वार्षिक डाटा खपत १३० प्रतिशतले वृद्धि

Posted: 2018-03-06 10:53:12

सुनाखरी न्युज- निजी क्षेत्रको मोवाइल सेवा प्रदायक एनसेलको वार्षिक डाटा खपत १३० प्रतिशतले वृद्धि भएको छ । कम्पनीको प्रमुख लगानीकर्ता आजियाटाले निकालेको पछिल्लो २०१७ को वार्षिक वित्तीय विवरण अनुसार ग्राहक संख्या र डाटा खपतमा उल्लेख्य वृद्धि भएको छ। आजियाटाको २०१७ को चौथो त्रैमासिक वित्तीय विवरण अनुसार सो वर्ष एनसेलका ग्राहकले दुई करोड ७७ लाख जिबी डाटा प्रयोग गरेका छन् । यो २०१६ को जम्मा प्रयोगभन्दा १३० प्रतिशतले बढी हो । ...


इन्टरनेट प्रयोगकर्ताको संख्या बढ्दै, ५ वर्षमा इन्टरनेट प्रयोगकर्ता ३ गुणा बढे

Posted: 2018-02-27 12:45:56

सुनाखरी न्युज- इन्टरनेट प्रयोगकर्ताको संख्या ५ वर्षमा तीन गुणा बढेका छन् । दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार २०६९ मंसिर अन्त्यसम्ममा ५२ लाख ७८ हजार ३ सय ७४ रहेको इन्टरनेट प्रयोगकर्ताको संख्या बढेर एक करोड ६७ लाख ३३ हजार पुगेको छ ।...


हेर्नुस विद्यार्थीको पढाइमा सोसल मिडियाको असर कति ?

Posted: 2018-02-22 20:41:33

सुनाखरी न्युज- धेरैजसो अभिभावकको गुनासो तथा आशंका हुने गरेको छ कि फेसबुक, ट्विटर जस्ता सोसल मिडियाका कारण उनीहरुका विद्यार्थी बालबच्चाको पढाइमा निकै नकारात्मक असर परिरहेको छ । तर, हालै भएको एक अनुसन्धानले अभिभावकको यस्तो चिन्ता तथा आशंकालाई खारेज गरिदिएको छ । जर्मनीमा गरिएको एक अनुसन्धान अनुसार स्न्यापच्याट, फेसबुक, इन्स्टाग्राम, ट्विटर जस्ता सोसल मिडिया साइटहरुको प्रयोगले विद्यार्थीहरुको शैक्षिक उन्नतिमा खासै नकारात्मक असर पादैन ।...


प्रयोगकर्ता नबढे पनि ट्वीटरको नाफा बढ्यो

Posted: 2018-02-12 12:45:25

सुनाखरी न्युज- भिडियो विज्ञापनमा भएको बढोत्तरीसँगै माइक्रोब्लगिङ कम्पनी ट्वीटर आफ्नो मुनाफा समेत बढाउन सफल भएको छ । ट्वीटरले सार्वजनिक गरेको पछिल्लो त्रैमासिक आय रिपोर्ट अनुसार ट्वीटर आफ्नो खूद मुनाफामा वृद्धि गर्न सफल भएको हो । मुनाफा वृद्धि भएको रिपोर्टसँगै ट्वीटरको शेयर मूल्यमा पनि बढोत्तरी भएको छ । सन् २०१७ को चौथो त्रैमासिकमा कम्पनीले खुद मुनाफा ९ करोड ११ लाख डलर कमाउन सफल भएको छ । ...


Advertisements