सूचना-प्रविधि

नेपाल ई–स्पोर्टस् च्याम्पियनसिप २०१८ शुक्रबार शुरु हुँदै

Posted: 2018-08-16 19:10:48

 
सुनाखरी न्युज/
काठमाडौं-
नेपाल ईस्पोर्टस् संघ (नेसा) ले एनसेल प्राईभेट लिमिटेडसँगको सहकार्यमा यहीभदौ १ र २ गते नेपालमापहिलो पटक नेपाल ई–स्पोर्टस् च्याम्पियनसिप २०१८ को आयोजनागर्दैछ । देशमा रहेका ईस्पोर्टस् खेलाडीहरुलाई आफ्नो कौशलप्रदर्शन गर्दै राष्ट्रिय उपाधितथाविश्वमा हुने विभिन्न  ईस्पोर्टस् प्रतिस्पर्धाहरुमा नेपाललाई प्रतिनिधित्वगर्ने अवसर प्रदानगर्नु यस च्याम्पियनसिपको उद्देश्य रहेको छ । कार्यक्रमप्रदर्शनीमार्ग, भृकुटी मण्डपमा हुन गईरहेको छ ।
 
नेसा नेपालमा ईस्पोर्टस्को प्रवर्धन गर्दै यसलाई मुलधारको खेलको रुपमाविकास गर्ने उदेश्य लिई स्थापनाभएको गैर नाफामुलक संस्था हो । यो नेपालओलम्पिक कमिटी र अन्तर्राष्ट्रिय ई–स्पोर्टस् महासंघसँग आवद्ध छ । साथै एसियन ई–स्पोर्टस् महासंघसँग पनि सम्बद्ध छ र वल्र्ड साइबर एरिना (डब्लुसिए) को पनि पूर्ण सदस्य रहेको छ ।
 
नेपाल ई–स्पोर्टस् च्याम्पियनसिपमा यस वर्ष दुई विषेश भिडियो गेमहरु ‘डोटा टु’ र ‘काउन्टर स्ट्राइकःग्लोबल अफेन्सिभ (सिएसःजिओ)’ समावेश गरिएका छन् । डोटा टु दुई भन्दा बढि सहभागीहरुले अनलाइन खेल्न सक्ने भिडियो गेम हो । त्यसैगरी काउन्टर स्ट्राइकःग्लोबल अफेन्सिभ एक मल्टिप्लेयर फष्ट पर्सन सुटर भिडियो गेम हो । प्रत्येक गेममा ८ समुहले प्रतिस्पर्धा गर्र्देछन् र प्रत्येक गेमकाविजयी समुहले पुरस्कार स्वरुपरु १५०,००० नगदप्राप्तगर्नेछन् । साथै विजयीसमुहले अन्तर्राष्ट्रिय ई–स्पोर्टस् प्रतिस्पर्धाहरुमा सहभागी हुने मौका पनिपाउनेछन् ।   
 
ई–स्पोर्टस् प्रेमीहरुले नेपाल ई–स्पोर्टस् च्याम्पियनसिपको लाईभ स्ट्रिमिङ्बाट पनिमजालिन सक्नेछन् । विश्वकाविकासशीलबजारहरुमाअग्रणी मनोरञ्जन सेवाप्रदायकआइफिल्क्सले भदौ १ र २ गते यो च्याम्पियनसिपको लाईभ स्ट्रिमिङ् गर्नेछ । देश भित्र र बाहिर हुने विविधमुख्यकार्यक्रमहरु लाईभ स्ट्रिमिङ् गर्ने कार्यमा आइफिल्क्स सधै अग्रणी रहदै आएको छ । 
 
भल्भकर्पोरेसनले विकास गरी प्रकाशन गरेको डोटा टु पाँच–पाँचजनासदस्य रहने दुई समुह बिचप्रतिस्पर्धा गरिने भिडियो गेम हो । प्रतिस्पर्धी समुहले नक्सामाआ–आफ्नाआधारकोरक्षागर्न र अर्काको आधारमा कब्जाजमाउनपहलगर्छन । समुहकाप्रत्येक खेलाडीले स्वतन्त्ररुपमा एक शक्तिशालीचरित्र ‘हिरो’ को नियन्त्रण गर्दै प्रतिस्पर्धा गर्दछन् । यस्ता ‘हिरो’ का आफ्नै अद्वितीयक्षमतातथाखेल खेल्ने शैली हुन्छन् ।प्रतिस्पर्धाका क्रममासहभागी खेलाडीहरुले एक्सपिरियन्स प्वाइन्टस् र आइटमहरु जम्मागर्दै जान्छन् र प्रतिद्वन्द्वी समुहका हिरोहरुसँग सफलतापूर्वक लड्न सक्ने हुन्छन् । दुई प्रतिस्पर्धी समुहहरु मध्ये जुन समुहले आफ्नो प्रतिद्वन्द्वी समुहको आधारमा रहेको ‘एन्सियन्ट’ भनेर चिनिने ठूलो संरचना भत्काउछ त्यो समुहविजयी घोषणा हुन्छ ।     
 
त्यसैगरी हिडन पाथ इन्टरटेनमेन्ट र भल्भकर्पोरेसनले  विकास गरेको काउन्टर स्ट्राइकःग्लोबल अफेन्सिभ एक अर्को मल्टिप्लेयर भिडियो गेम हो । यसमादुई समुहहरुले टेररिस्ट र काउन्टर टेररिस्ट समुहको रुपमाप्रतिस्पर्धा गर्दछन् । खेलमा  एक समुहले अर्को समुहलाई निर्मुल पार्न प्रतिस्पर्धा गर्छन्। साथै उनीहरुले विभिन्नकार्यहरु पनि सम्पन्नगर्नुपर्ने हुन्छ । यो खेलविभिन्न८ वटा तरीकामा खेल्न सकिन्छ र प्रत्येक तरीकामाआ–आफ्नै विशेषताहरु रहेका हुन्छन् ।   
 
“देशमापहिलो पटक नेपाल ई–स्पोर्टस् च्याम्पियनसिपआयोजनाहुन लागेकोमा हामीखुसी छौं । यसच्याम्पियनसिपले ई–गेमर्सलाई आफ्नो नियमितसर्कलबाटबाहिर आई राष्ट्रिय प्रतिस्पर्धामा भागलिई विश्वमा हुने विभिन्न ई–स्पोर्टस् टुर्नामेन्टहरुमा नेपालको प्रतिनिधित्वगर्ने अवसर प्रदानगर्नेछ । च्याम्पियनसिपको आयोजनलाई संभवबनाउनउदार सहयोग प्रदान गरेकोमा हामीएनसेल प्रतिआभारी छौं,” नेसाकाअध्यक्ष सुरज डंगोलले भने । 
 
‘‘नेपालकागेमर्सलाई आफ्नो कौशलप्रदर्शन गर्र्न सुअवसर प्रदानगर्ने यो पहिलो राष्ट्रिय स्तरको ई–स्पोर्टस्प्रतिस्पर्धा आयोजनकालागिनेसासँगसहकार्यगर्न पाएकोमा हामीहर्षित छौं । विश्वव्यापी रुपमालोकप्रियभईरहेकोे ई–स्पोर्टस्लाई आत्मसाथगर्दै नेपालमाअझै यस्ता कार्यक्रम धेरै भएको हामी हेर्न चाहन्छौं,’’ एनसेलकाप्रमुखकमर्सियल अधिकृत एन्डी चोङ्ले भने । 
 
यस च्याम्पियनसिपको व्यवस्थापनअडिया सर्भिसेज प्राईभेट लिमिटेडले गर्दैछ । दर्शकहरुको मनोरञ्जनकालागिच्याम्पियनसिप स्थलमाविभिन्नकार्यक्रमहरु पनि संचालन हुनेछ । च्याम्पियनसिपको उद्घाटन तथासमापनकार्यक्रममायुट्युबमाबहुचर्चित रहेका नेपालीकलाकार स्वप्न सुमन र टम्बलविड इङ्कको प्रस्तुती रहनेछ । कार्यक्रममाप्रवेश शुल्क रु १५० रहेको छ । च्याम्पियनसिपमा २०,००० भन्दा बढि दर्शकहरुले सहभागीताजनाउने नेसाले आशालिएको छ । 
 



More News



नेपाल टेलिकमले गर्‍यो एप परिवर्तन, गुगल प्ले र एप्पल स्टोर बाट सेवा लिन सकिने

Posted: 2018-11-15 14:54:57

सुनाखरी न्युज/ काठमाडौं - नेपाल टेलिकमले आफ्नो मोबाइल एप ‘नेपाल टेलिकम’ लाई परिमार्जन गरी प्रस्तुत गरेको छ । नयाँ एपमार्फत नेपाल टेलिकमका जिएसएम, सिडिएमए, पिएसटिएन र एडीएसएल लगायतका सेवाको ...


सूचना प्रविधिको उच्चतम प्रयोग गरेको आधारमा नेपाल प्रहरीलाई डिजिटल गभर्मेन्ट अवार्ड प्राप्त

Posted: 2018-11-15 10:24:39

सुनाखरी न्युज/ काठमाडौं - नेपाल प्रहरीले सूचना प्रविधिमा उत्कृष्ट कार्य गर्ने सरकारी संस्थालाई जापानस्थित एसियन ओसियानिअन कम्प्युटिङ इन्डस्ट्री अर्गनाइजेसन (एएसओसिआइओ) द्धारा प्रदान गरिने एसोसिओ २०१८ डिजिटल ...


स्मार्ट टेलिकमको डबल डाटा अफर सार्वजनिक, रिचार्ज गर्दा पनि डाटा उपहार

Posted: 2018-11-12 15:19:27

सुनाखरी न्युज/ काठमाडौं - स्मार्ट टेलिकमले आफ्ना ग्राहकहरुलाई डबल डाटा अफर सार्वजनिक गरेको छ । कम्पनीको उक्त योजना अन्तरगत स्मार्टको डाटा खरिद गर्दा वा रिचार्ज कार्डको खरिदमा डबल डाटा प्राप्त गर्न सकिने जानकारी ...


नेपालमा एसेवेन सार्वजनिक गर्ने ओप्पोको तयारी

Posted: 2018-11-04 09:49:25

सुनाखरी न्युज/ काठमाडौँ - ओप्पोले ए सिरिज अन्तर्गतकोे नयाँ मोडल एसेवेन यही महिना नेपालमा सार्वजनिक गर्ने घोषणा गरेको छ । फोनमा शक्तिशाली ब्याट्री, फेशनेबल डिजाइन, उत्कृष्ट कार्य सम्पादन, पृथक वाटरड्रप डिजाइन, ...


एनसेल ‘रिचार्ज एण्ड विन’को आठौं हप्ताका विजेता पुरस्कृत

Posted: 2018-11-02 15:26:40

सुनाखरी न्युज/ काठमाडौँ - एनसेलले चाडपर्वको अवसरमा संचालन गरिरहेको आकर्षक ‘रिचार्ज एण्ड विन’ अफर अन्तर्गत बिहीबार आठौं हप्ताका विजेताहरुलाई नगद पुरस्कार हस्तान्तरण गरेको छ। प्रत्येक हप्ता १० भाग्यशाली ...


Advertisements