सूचना-प्रविधि

एनसेलले ल्यायो मिदास ईक्लास सेवा

Posted: 2018-08-12 21:12:04

 
 
सुनाखरी न्युज/
काठमाडौं-
 
एनसेल प्रा.लिले मिदास एजुकेसन प्रा.लिसँग सहकार्य गर्दै आफ्ना ग्राहककालागिमिदास ईक्लास सेवाल्याएको छ ।यो सेवाको सुरुवात सँगै अब एनसेलकाग्राहकले आफ्ना बालबच्चाहरुको शैक्षिकविकासकालागिश्रव्य÷दृष्यमाआधारित डिजिटल शैक्षिक सामाग्रीहरुको ठूलो संग्रहबाट लाभलिन सक्नेछन् । 
 
मिदास ईक्लास मोबाइलफोन, ट्याब्लेट वा कम्प्युटर माध्यमबाट बालबालिकालाई सिक्न सघाउने एक प्लेटफर्म हो । यहाँउपलब्ध हुने पाठ्यक्रमहरु श्रव्य÷दृश्यमाआधारित र अन्र्तक्रियात्मक हुने भएकाले बालबालिकाहरुले अभिरुचीपुर्वक सिक्न सक्छन् । यस सेवामाप्लेगु्रप देखि कक्षादश सम्ममाअध्ययनगर्ने विद्यार्थीहरुका भिडियो ट्युटोरियल, विविध शैक्षिक सामग्रीहरु, गेम्स् तथाअभ्यासहरु रहेको छन् । 
 
यहि सोमबार श्रावण २८ गते देखि एनसेलकाग्राहकले यो सेवाप्रयोग गर्न सक्नेछन् । जस अन्तर्गत ग्राहकले शिक्षा, विज्ञान तथाप्रविधिमन्त्रालयको पाठ्यक्रमविकास केन्द«ले प्रमाणित गरेको शैक्षिक सामग्रीहरु जस्तै विषेश भिडियो ट्युटोरियल्स्, एनिमेटेड पाठहरु  लगायतअन्य शैक्षिक सामग्रीहरु डाउनलोडगर्न सक्नेछन् । 
 
गाहकले गुगलप्लेस्टारेबाट यो एप सजिलै डाउनलोड गर्न सक्नेछन् र आफ्नो एनसेलको नम्बरबाट यस एपमादर्ता गरीएपचलाउन सक्नेछन् । यस एपमार्फत ग्राहकले आफ्नो आवश्यकताअनुसार यस सेवाभित्र रहेका कुनै पनिकक्षाकाविद्यार्थीका लागिउपयुक्त योजना सुचारु गर्न सक्नेछन् । 
 
मिदास ईक्लास सदस्यतामाआधारित सेवा हो ।जसअन्तर्गत ग्राहकले दैनिक, साप्ताहिकतथामासिक मध्य कुनै पनि सेवा योजना सुचारु गर्न सक्नेछन् । दैनिक योजना सुचारु गर्नरु ११.९६ (कर सहितशुल्क रु १५.२६) शुल्करहेको छ । त्यसैगरी साप्ताहिक योजनाको रु ५५.८१ (कर सहित रु ७१.२६) र मासिक योजनाको रु १९९.३१ (कर सहित रु २५४.५०)शुल्क तोकिएका छन् ।
 
मिदासएजुकेसनसँगको सहकार्यमा विद्यार्थीहरुकालागि डिजिटल लर्निङ् ल्लेटफर्म संचालनमाल्याउनपाएकोमा कम्पनीहर्षित रहेको र विद्यार्थीको शैक्षिकविकासकालागियसले ठूलो महत्व राख्ने एनसेलले जनाएको छ । यो नविनसिकाई पद्धतीले डिजिटल नेपालकोनिर्माणमा पनि योगदान पुर्याउने विश्वास एनसेलले लिएको छ । 
 
एनसेलकाग्राहकले यो सेवा सुचारु गरेको दिन देखि एक हप्तासम्मनिःशुल्कप्रयोग गर्न सक्नेछन् । एप डाउनलोडतथाएपमा रहेको शैक्षिक सामग्रीहरु प्रयोगतथा डाउनलोड गर्दा विद्यमान् डेटा शुल्कलाग्नेछ । एपमार्फत सेवा सुचारु गरेपछि ग्राहकले वाईफाई मार्फत पनिआवश्यक भिडियो कन्टेन्ट डाउनलोड गर्न सक्नेछन् ।
 



More News



दूरसञ्चार प्राधिकरण अध्यक्षमा फेरि दिगम्बर झा नै नियुक्त

Posted: 2018-09-07 12:38:21

सुनाखरी न्युज/ काठमाडौ - नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा फेरि दिगम्बर झा नै नियुक्त भएका छन । यसअघि सरकारले नै अयोग्य ठहर गर्दै झालाई प्राधिकरण अध्यक्षबाट हटाएको थियो। तर, बिहीबार बसेको मन्त्रिपरिषद ...


फोरजी चलाउने १७ लाख ७० हजार पुगे, एनसेलका प्रयोगकर्ता धेरै

Posted: 2018-09-06 13:20:37

सुनाखरी न्युज/ काठमाडौ - तीन दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुले फोरजी सेवा संचालनमा ल्याएसँगै प्रयोग गर्नेको संख्या १७ लाख ७० हजार पुगेको छ । नेपाल दूरसंचार प्राधिकरणका अनुसार गत आर्थिक वर्षसम्म फोरजी प्रयोगकर्ताको ...


एनटिसी मोबाइलमा देखिएको समस्या समाधान

Posted: 2018-09-04 13:28:26

सुनाखरी न्युज/ काठमाडौं - नेपाल टेलिकमको मोबाइल सेवामा बिहानैदेखि देखिएको समस्या समाधान भएको छ। टेलिकमका जीएसएम प्रि(पेड र पोस्टपेड दुवै मोबाइल मंगलबार बिहान ६ बजेदेखि अवरुद्ध भएका थिए। समस्या समाधान ...


ई सेवा पसल संचालनमा

Posted: 2018-09-03 12:26:34

सुनाखरी न्युज/ काठमाडौ - एफवान सफ्ट इन्टरनेसनल प्रालिले अनलाईन सपिङ सुरु गरेको छ। भाटभटेनी अनलाईन डट कमलाई रि–ब्राण्डिङ गरी कम्पनीले ईसेवा पसल डट कम संचालनमा ल्याएको हो। ईसेवा पसलको सुरुवातको अवसरमा ...


काठमाडौंका यी ६ स्थानमा फ्रि वाइफाइ, मोबाइलमा अटोमेटिक कनेक्ट

Posted: 2018-09-03 12:01:12

सुनाखरी न्युज/ काठमाडौ - काठमाडौंका हनुमान ढोका, पशुपतिनाथ, स्वयम्भु, बौद्धलगायतका ६ वटा धार्मिक तथा पर्यटकीय स्थलमा फ्रि वाइफाइ सेवा सुरू गरिएको छ । काठमाडौं महानगरपालिकाले आइतबारदेखि हनुमानढोका, ...


Advertisements