सूचना-प्रविधि

एनसेलले ल्यायो मिदास ईक्लास सेवा

Posted: 2018-08-12 21:12:04

 
 
सुनाखरी न्युज/
काठमाडौं-
 
एनसेल प्रा.लिले मिदास एजुकेसन प्रा.लिसँग सहकार्य गर्दै आफ्ना ग्राहककालागिमिदास ईक्लास सेवाल्याएको छ ।यो सेवाको सुरुवात सँगै अब एनसेलकाग्राहकले आफ्ना बालबच्चाहरुको शैक्षिकविकासकालागिश्रव्य÷दृष्यमाआधारित डिजिटल शैक्षिक सामाग्रीहरुको ठूलो संग्रहबाट लाभलिन सक्नेछन् । 
 
मिदास ईक्लास मोबाइलफोन, ट्याब्लेट वा कम्प्युटर माध्यमबाट बालबालिकालाई सिक्न सघाउने एक प्लेटफर्म हो । यहाँउपलब्ध हुने पाठ्यक्रमहरु श्रव्य÷दृश्यमाआधारित र अन्र्तक्रियात्मक हुने भएकाले बालबालिकाहरुले अभिरुचीपुर्वक सिक्न सक्छन् । यस सेवामाप्लेगु्रप देखि कक्षादश सम्ममाअध्ययनगर्ने विद्यार्थीहरुका भिडियो ट्युटोरियल, विविध शैक्षिक सामग्रीहरु, गेम्स् तथाअभ्यासहरु रहेको छन् । 
 
यहि सोमबार श्रावण २८ गते देखि एनसेलकाग्राहकले यो सेवाप्रयोग गर्न सक्नेछन् । जस अन्तर्गत ग्राहकले शिक्षा, विज्ञान तथाप्रविधिमन्त्रालयको पाठ्यक्रमविकास केन्द«ले प्रमाणित गरेको शैक्षिक सामग्रीहरु जस्तै विषेश भिडियो ट्युटोरियल्स्, एनिमेटेड पाठहरु  लगायतअन्य शैक्षिक सामग्रीहरु डाउनलोडगर्न सक्नेछन् । 
 
गाहकले गुगलप्लेस्टारेबाट यो एप सजिलै डाउनलोड गर्न सक्नेछन् र आफ्नो एनसेलको नम्बरबाट यस एपमादर्ता गरीएपचलाउन सक्नेछन् । यस एपमार्फत ग्राहकले आफ्नो आवश्यकताअनुसार यस सेवाभित्र रहेका कुनै पनिकक्षाकाविद्यार्थीका लागिउपयुक्त योजना सुचारु गर्न सक्नेछन् । 
 
मिदास ईक्लास सदस्यतामाआधारित सेवा हो ।जसअन्तर्गत ग्राहकले दैनिक, साप्ताहिकतथामासिक मध्य कुनै पनि सेवा योजना सुचारु गर्न सक्नेछन् । दैनिक योजना सुचारु गर्नरु ११.९६ (कर सहितशुल्क रु १५.२६) शुल्करहेको छ । त्यसैगरी साप्ताहिक योजनाको रु ५५.८१ (कर सहित रु ७१.२६) र मासिक योजनाको रु १९९.३१ (कर सहित रु २५४.५०)शुल्क तोकिएका छन् ।
 
मिदासएजुकेसनसँगको सहकार्यमा विद्यार्थीहरुकालागि डिजिटल लर्निङ् ल्लेटफर्म संचालनमाल्याउनपाएकोमा कम्पनीहर्षित रहेको र विद्यार्थीको शैक्षिकविकासकालागियसले ठूलो महत्व राख्ने एनसेलले जनाएको छ । यो नविनसिकाई पद्धतीले डिजिटल नेपालकोनिर्माणमा पनि योगदान पुर्याउने विश्वास एनसेलले लिएको छ । 
 
एनसेलकाग्राहकले यो सेवा सुचारु गरेको दिन देखि एक हप्तासम्मनिःशुल्कप्रयोग गर्न सक्नेछन् । एप डाउनलोडतथाएपमा रहेको शैक्षिक सामग्रीहरु प्रयोगतथा डाउनलोड गर्दा विद्यमान् डेटा शुल्कलाग्नेछ । एपमार्फत सेवा सुचारु गरेपछि ग्राहकले वाईफाई मार्फत पनिआवश्यक भिडियो कन्टेन्ट डाउनलोड गर्न सक्नेछन् ।
 



More News



नेट टिभीले सार्वजनिक गर्यो दशैँ अफर

Posted: 2018-10-12 12:23:09

सुनाखरी न्युज/ काठमाडौं - नेपालको पहिलो लाइभ टेलिभिजन एप नेट टिभी मोबाइल एपले दशैँ अफर सार्वजनिक गरेको छ । नेट टिभीले दशैंको अवसरमा “चाडपर्वको लहर नेट टिभीको एकमा एक अफर” ल्याएको छ । यो अफर अनुसार ...


नेपाल टेलिकमको चाडबाड अफर, फोन सेवा देखि इन्टरनेट सेवा सम्मको अफरहरु सार्वजनिक

Posted: 2018-10-10 09:34:07

सुनाखरी न्युज/ काठमाडौं - नेपाल टेलिकमले चाडबाड अफर सार्वजनिक गरेको छ। बुधबारदेखि लागु हुने गरी फोन सेवा देखि इन्टरनेट सेवा सम्मको अफरहरु सार्वजनिक गरेको हो। टेलिकमले सार्वजनिक गरेको अफर अन्तर्गत अनलिमिटेड ...


सरकारले सिंहदरबारमा जीमेल र याहु निषेध गर्दै, सरकारी मेल चलाउने तयारी

Posted: 2018-10-04 14:53:55

सुनाखरी न्युज/ काठमाडौं - सरकारले जीमेल र याहुलाई निषेध गर्ने भएको छ । सिंहदरबारभित्र जीमेल र याहुको सट्टा सरकारी मेल चलाउने तयारी भएको हो । व्यवस्थापिका संसदको विकास समिति बैठकमा सुचना, सञ्चार तथा प्रविधि ...


‘सुबिसु शुभअफर’ डबल मज्जा, पैसाकम, स्पिड ज्यादा

Posted: 2018-10-02 13:08:44

सुनाखरी न्युज/ काठमाडौ - सुबिसु केबल नेट प्रा. लि.ले केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवामा नेपालीहरुको महान चाड दशैंलाई लक्षित गरि ‘सुविसु शुभ अफर’ ल्याएको छ । जसमा क्लियर टिभि, इन्टरनेट तथा इन्टरनेट र क्लियर ...


२० हजार पोर्न साइट बन्द, अझै ४ लाखको हाराहारीमा अश्लील वेबसाइट छनः दूरसञ्चार प्राधिकरण

Posted: 2018-10-02 04:43:10

सुनाखरी न्युज/ काठमाडौं- काठमाडौं– नेपाल दुरसञ्चार प्राधिकरणले अहिलेसम्म बीस हजार पोर्न साइट बन्द गरेको जनाएको छ।प्राधिकरणका सूचना अधिकारी एवं वरिष्ठ निर्देशक पुरुषोत्तम खनालका अनुसार सोमवारसम्म बीस हजार पोर्न साइट बन्द गरिएको छ। खनालका अनुसार इन्टरनेट सेवा प्रदायक (आइएसपी), नेटवर्क सेवा प्रदायक (एनएसपी) र भ्वाइस सेवा प्रदायक (भीओआइपी) लाई निर्देशन जारी गरेर अश्लिल वेबसाइट बन्द गराइएको छ।...


Advertisements