सूचना-प्रविधि

एनसेलले ल्यायो मिदास ईक्लास सेवा

Posted: 2018-08-12 21:12:04

 
 
सुनाखरी न्युज/
काठमाडौं-
 
एनसेल प्रा.लिले मिदास एजुकेसन प्रा.लिसँग सहकार्य गर्दै आफ्ना ग्राहककालागिमिदास ईक्लास सेवाल्याएको छ ।यो सेवाको सुरुवात सँगै अब एनसेलकाग्राहकले आफ्ना बालबच्चाहरुको शैक्षिकविकासकालागिश्रव्य÷दृष्यमाआधारित डिजिटल शैक्षिक सामाग्रीहरुको ठूलो संग्रहबाट लाभलिन सक्नेछन् । 
 
मिदास ईक्लास मोबाइलफोन, ट्याब्लेट वा कम्प्युटर माध्यमबाट बालबालिकालाई सिक्न सघाउने एक प्लेटफर्म हो । यहाँउपलब्ध हुने पाठ्यक्रमहरु श्रव्य÷दृश्यमाआधारित र अन्र्तक्रियात्मक हुने भएकाले बालबालिकाहरुले अभिरुचीपुर्वक सिक्न सक्छन् । यस सेवामाप्लेगु्रप देखि कक्षादश सम्ममाअध्ययनगर्ने विद्यार्थीहरुका भिडियो ट्युटोरियल, विविध शैक्षिक सामग्रीहरु, गेम्स् तथाअभ्यासहरु रहेको छन् । 
 
यहि सोमबार श्रावण २८ गते देखि एनसेलकाग्राहकले यो सेवाप्रयोग गर्न सक्नेछन् । जस अन्तर्गत ग्राहकले शिक्षा, विज्ञान तथाप्रविधिमन्त्रालयको पाठ्यक्रमविकास केन्द«ले प्रमाणित गरेको शैक्षिक सामग्रीहरु जस्तै विषेश भिडियो ट्युटोरियल्स्, एनिमेटेड पाठहरु  लगायतअन्य शैक्षिक सामग्रीहरु डाउनलोडगर्न सक्नेछन् । 
 
गाहकले गुगलप्लेस्टारेबाट यो एप सजिलै डाउनलोड गर्न सक्नेछन् र आफ्नो एनसेलको नम्बरबाट यस एपमादर्ता गरीएपचलाउन सक्नेछन् । यस एपमार्फत ग्राहकले आफ्नो आवश्यकताअनुसार यस सेवाभित्र रहेका कुनै पनिकक्षाकाविद्यार्थीका लागिउपयुक्त योजना सुचारु गर्न सक्नेछन् । 
 
मिदास ईक्लास सदस्यतामाआधारित सेवा हो ।जसअन्तर्गत ग्राहकले दैनिक, साप्ताहिकतथामासिक मध्य कुनै पनि सेवा योजना सुचारु गर्न सक्नेछन् । दैनिक योजना सुचारु गर्नरु ११.९६ (कर सहितशुल्क रु १५.२६) शुल्करहेको छ । त्यसैगरी साप्ताहिक योजनाको रु ५५.८१ (कर सहित रु ७१.२६) र मासिक योजनाको रु १९९.३१ (कर सहित रु २५४.५०)शुल्क तोकिएका छन् ।
 
मिदासएजुकेसनसँगको सहकार्यमा विद्यार्थीहरुकालागि डिजिटल लर्निङ् ल्लेटफर्म संचालनमाल्याउनपाएकोमा कम्पनीहर्षित रहेको र विद्यार्थीको शैक्षिकविकासकालागियसले ठूलो महत्व राख्ने एनसेलले जनाएको छ । यो नविनसिकाई पद्धतीले डिजिटल नेपालकोनिर्माणमा पनि योगदान पुर्याउने विश्वास एनसेलले लिएको छ । 
 
एनसेलकाग्राहकले यो सेवा सुचारु गरेको दिन देखि एक हप्तासम्मनिःशुल्कप्रयोग गर्न सक्नेछन् । एप डाउनलोडतथाएपमा रहेको शैक्षिक सामग्रीहरु प्रयोगतथा डाउनलोड गर्दा विद्यमान् डेटा शुल्कलाग्नेछ । एपमार्फत सेवा सुचारु गरेपछि ग्राहकले वाईफाई मार्फत पनिआवश्यक भिडियो कन्टेन्ट डाउनलोड गर्न सक्नेछन् ।
 



More News



ट्वीटरद्धारा पासवर्ड परिवर्तन गर्न आग्रह, एकाउन्ट जोखिममा

Posted: 2018-05-04 15:38:16

सुनाखरी न्युज/ काठमाडौं- सामाजिक सञ्जाल ट्वीटरले प्रयोगकर्तालाई आफ्नो एकाउन्टको पासवर्ड परिवर्तन गर्न भनेको छ । ग्लिचले ट्वीटरको आन्तरिक सञ्जालमा केही खाली सन्देश सर्वाजनिक गरेपछि ट्वीटरले प्रयोगकर्तालाई आफ्नो एकाउन्टको पासवर्ड परिवर्तन गर्न भनेको हो ।...


सामाजिक सञ्जालमा मोदीका बढी ‘फलोअर’ तर ट्रम्प अन्तरक्रियात्मक

Posted: 2018-05-04 10:29:55

सुनाखरी न्युज/ जेनेभा- फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जालमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा नरेन्द्र मोदी बढी लोकप्रिय रहनुभएको एक अध्ययनले देखाएको छ । जेनेभामा बुधबार सार्वजनिक गरिएको एक सर्वेक्षणले यस्तो देखाएको समाचारमा जनाइएको छ ।...


सप्तरंगी विज्ञापनको लोभमा नभुक्किनुस, एसरी लुट्छ एनसेलले

Posted: 2018-05-02 12:14:02

सुनाखरी न्युज/ काठमाडौं- एनसेलले टेलिभिजन, रेडियोलगायतका सञ्चार माध्यममा सम्प्रेषण गर्ने सप्तरंगी विज्ञापन र ती विज्ञापनमा प्रस्तुत गरिने विभिन्न सुविधाले हर कोही ग्राहकको मन लोभ्याउँछ । एनसेलका केही अफरहरु त यस्ता पनि छन् जो रात–रातभर आफ्ना प्रेमी–प्रेमिकासँग फोनमा बिताउनेहरुका लागि लक्ष्यित छन् । बोनस प्याक दिएर एनसेलले मध्यरातमा गफ गर्न हौस्याउँछ ।...


ठगी धन्दामा एनसेलका सिम प्रयोग, भाइबर र फेसबुकबाट चिठ्ठा परेको भन्दै लाखौं ठगी

Posted: 2018-04-30 14:16:28

सुनाखरी न्युज/ काठमाडौं- पछिल्लो समयमा तपाइँलाई यति रकमको चिट्टा परेको छ भन्दै फोनगर्नेहरुको विगविगी छ । यसमा खासगरी एनसेलको सिम प्रयोगगर्ने गरिएको प्रहरीको अनुषन्धानले देखएको छ । ऐनसेलको सिमलिन सजिलो हुने रत्यसको सर्भरपनि नेपालमा नहुने भएकोले ठगीकालागि एनसेलको सिम सुरक्षित मानिन्छ । कुनै अप्यारो परिहाले त्यसलाइृ एनसेलले नै मिलाइदिने भएकोलेपनि ठगहरु एनसेलकै सिमप्रति बढीआकर्षित हुने गरेका छन् ।...


समाजिक सञ्जाल फेसवुक र ट्वीटर लगायतमा फेक एकाउन्ट वनाउनेहरु होसियार, पहिचान गर्ने 'एल्गोरिथम' वन्यो

Posted: 2018-04-28 09:42:10

सुनाखरी न्युज/ काठमाडौँ — फेसबुक, ट्वीटरलगायतका सामाजिक सञ्जालमा फेक (नक्कली) एकाउन्ट खोल्नेहरुको पहिचान गर्न र त्यसलाई रोक्न वैज्ञानिकहरुले एउटा नौलो प्रणालीको विकास गरेका छन् । उक्त प्रणालीले कुनैपनि मुलुकको सुरक्षा, शोध संस्था र दुताबासमाथि बढ्दो साइबर जासुसी खतरालाई नियन्त्रण समेत गर्न सकिने दाबी गरिएको छ ।...


Advertisements