सूचना-प्रविधि

एनसेलले ल्यायो मिदास ईक्लास सेवा

Posted: 2018-08-12 21:12:04

 
 
सुनाखरी न्युज/
काठमाडौं-
 
एनसेल प्रा.लिले मिदास एजुकेसन प्रा.लिसँग सहकार्य गर्दै आफ्ना ग्राहककालागिमिदास ईक्लास सेवाल्याएको छ ।यो सेवाको सुरुवात सँगै अब एनसेलकाग्राहकले आफ्ना बालबच्चाहरुको शैक्षिकविकासकालागिश्रव्य÷दृष्यमाआधारित डिजिटल शैक्षिक सामाग्रीहरुको ठूलो संग्रहबाट लाभलिन सक्नेछन् । 
 
मिदास ईक्लास मोबाइलफोन, ट्याब्लेट वा कम्प्युटर माध्यमबाट बालबालिकालाई सिक्न सघाउने एक प्लेटफर्म हो । यहाँउपलब्ध हुने पाठ्यक्रमहरु श्रव्य÷दृश्यमाआधारित र अन्र्तक्रियात्मक हुने भएकाले बालबालिकाहरुले अभिरुचीपुर्वक सिक्न सक्छन् । यस सेवामाप्लेगु्रप देखि कक्षादश सम्ममाअध्ययनगर्ने विद्यार्थीहरुका भिडियो ट्युटोरियल, विविध शैक्षिक सामग्रीहरु, गेम्स् तथाअभ्यासहरु रहेको छन् । 
 
यहि सोमबार श्रावण २८ गते देखि एनसेलकाग्राहकले यो सेवाप्रयोग गर्न सक्नेछन् । जस अन्तर्गत ग्राहकले शिक्षा, विज्ञान तथाप्रविधिमन्त्रालयको पाठ्यक्रमविकास केन्द«ले प्रमाणित गरेको शैक्षिक सामग्रीहरु जस्तै विषेश भिडियो ट्युटोरियल्स्, एनिमेटेड पाठहरु  लगायतअन्य शैक्षिक सामग्रीहरु डाउनलोडगर्न सक्नेछन् । 
 
गाहकले गुगलप्लेस्टारेबाट यो एप सजिलै डाउनलोड गर्न सक्नेछन् र आफ्नो एनसेलको नम्बरबाट यस एपमादर्ता गरीएपचलाउन सक्नेछन् । यस एपमार्फत ग्राहकले आफ्नो आवश्यकताअनुसार यस सेवाभित्र रहेका कुनै पनिकक्षाकाविद्यार्थीका लागिउपयुक्त योजना सुचारु गर्न सक्नेछन् । 
 
मिदास ईक्लास सदस्यतामाआधारित सेवा हो ।जसअन्तर्गत ग्राहकले दैनिक, साप्ताहिकतथामासिक मध्य कुनै पनि सेवा योजना सुचारु गर्न सक्नेछन् । दैनिक योजना सुचारु गर्नरु ११.९६ (कर सहितशुल्क रु १५.२६) शुल्करहेको छ । त्यसैगरी साप्ताहिक योजनाको रु ५५.८१ (कर सहित रु ७१.२६) र मासिक योजनाको रु १९९.३१ (कर सहित रु २५४.५०)शुल्क तोकिएका छन् ।
 
मिदासएजुकेसनसँगको सहकार्यमा विद्यार्थीहरुकालागि डिजिटल लर्निङ् ल्लेटफर्म संचालनमाल्याउनपाएकोमा कम्पनीहर्षित रहेको र विद्यार्थीको शैक्षिकविकासकालागियसले ठूलो महत्व राख्ने एनसेलले जनाएको छ । यो नविनसिकाई पद्धतीले डिजिटल नेपालकोनिर्माणमा पनि योगदान पुर्याउने विश्वास एनसेलले लिएको छ । 
 
एनसेलकाग्राहकले यो सेवा सुचारु गरेको दिन देखि एक हप्तासम्मनिःशुल्कप्रयोग गर्न सक्नेछन् । एप डाउनलोडतथाएपमा रहेको शैक्षिक सामग्रीहरु प्रयोगतथा डाउनलोड गर्दा विद्यमान् डेटा शुल्कलाग्नेछ । एपमार्फत सेवा सुचारु गरेपछि ग्राहकले वाईफाई मार्फत पनिआवश्यक भिडियो कन्टेन्ट डाउनलोड गर्न सक्नेछन् ।
 



More News



सरकारले नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई स्पष्टिकरण सोध्यो, एनसेलको ठगी र राजस्व छलीको छानविन हुने, दूरसञ्चार प्राधिकरणलाई कामगर्न रोक

Posted: 2018-05-08 03:43:32

सुनाखरी न्युज/ काठमाडौँ — सरकारले कार्य सम्पादन सन्तोषजनक नभएको भन्दै नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई सात दिने स्पष्टिकरण सोधेको छ । ...


सबै काम तत्काललाई रोक्न सरकारले दियो दूरसंचार प्राधिकरणलाई निर्देशन

Posted: 2018-05-07 20:23:40

सुनाखरी न्युज/ काठमाडौं- सरकारले नेपाल दूरसंचार प्राधिकरणलाई कुनै पनि काम अघि नबढाउन निर्देशन दिएको छ । मन्त्रिपरिषद् बैठकको निर्णय हअनुसार प्राधिकरणले गर्दै आएका सबै काम तत्काललाई रोक्न निर्देशन दिएको हो । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार प्राधिकरणका अध्यक्ष दिगम्बर झाप्रति लक्षित गर्दै यो निर्देशन आएको हो ।...


एनसेलले सापटी योजना र इन्टरनेट डाटा प्याकेजमै उपभोक्ता ठग्ने गरेको खुलासा, अख्तियारले छानबिन थाल्यो

Posted: 2018-05-07 10:49:45

सुनाखरी न्युज/ काठमाडौं- टेलिकम सेवा प्रदायक कम्पनी एनसेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ । विभिन्न वहानामा सेवाग्राहीलाई ठगेको भन्दै उजुरी परेपछि अख्तियारले छानबिन थालेको हो । लाभकर विवादमा अदालतबाट आफ्नो पक्षमा फैसला गराएको, डाटा प्याकमा ठगेको भन्दै सेवाग्राहीबाट उजुरी परेको हो ।...


ट्वीटरले पनि डाटा बेचेको खुलासा, यसअघि फेसबुक पनि यस्तै काण्डमा मुछिएको थियो

Posted: 2018-05-05 13:18:06

सुनाखरी न्युज/ काठमाडौं- फेसबुक प्रयोगकर्ताका ठूलो परिमाणमा डाटाको घोटालासम्बन्धी प्रकरण सेलाउन नपाउँदै ट्वीटर पनि यहीँ विवादमा मुछिएको छ । माइक्रोब्लगिङ साइट ट्वीटरले समेत क्याम्ब्रिज एनालिटिकाका शोधकर्तालाई लाखौँ ट्वीटर प्रयोगकर्ताका डाटा बिक्री गरेको खुलासा भएको छ । क्याम्ब्रिज एनालिटिकाले झण्डै ८ करोड ७० लाख फेसबुक प्रयोगकर्ताका निजी जानकारीहरु प्रयोगकर्ताको जानकारी तथा अनुमति विना नै संकलन गरेको थियो ।...


फेसबुकको डाटा सेयरिङ स्काण्डलमा मुछिएको कम्पनी क्याम्ब्रिज एनालिटिका बन्द हुने

Posted: 2018-05-05 12:28:11

राजनीतिक परामर्शदाता कम्पनी क्याम्ब्रिज एनालिटिका बन्द हुने भएको छ । क्याब्रिज एनालिटकामा अमेरिकी अर्बपति रोबर्ट मर्करको ठूलो लगानी रहेको छ । गार्डियनका अनुसार उनले कम्पनीमा १.५ करोड अमेरिकी डलर लगानी गरेको गार्जियनले उल्लेख गरेको छ । कम्पनीमाथि आफ्ना राजनीतिक .......


Advertisements