सूचना-प्रविधि

एनसेलले ल्यायो मिदास ईक्लास सेवा

Posted: 2018-08-12 21:12:04

 
 
सुनाखरी न्युज/
काठमाडौं-
 
एनसेल प्रा.लिले मिदास एजुकेसन प्रा.लिसँग सहकार्य गर्दै आफ्ना ग्राहककालागिमिदास ईक्लास सेवाल्याएको छ ।यो सेवाको सुरुवात सँगै अब एनसेलकाग्राहकले आफ्ना बालबच्चाहरुको शैक्षिकविकासकालागिश्रव्य÷दृष्यमाआधारित डिजिटल शैक्षिक सामाग्रीहरुको ठूलो संग्रहबाट लाभलिन सक्नेछन् । 
 
मिदास ईक्लास मोबाइलफोन, ट्याब्लेट वा कम्प्युटर माध्यमबाट बालबालिकालाई सिक्न सघाउने एक प्लेटफर्म हो । यहाँउपलब्ध हुने पाठ्यक्रमहरु श्रव्य÷दृश्यमाआधारित र अन्र्तक्रियात्मक हुने भएकाले बालबालिकाहरुले अभिरुचीपुर्वक सिक्न सक्छन् । यस सेवामाप्लेगु्रप देखि कक्षादश सम्ममाअध्ययनगर्ने विद्यार्थीहरुका भिडियो ट्युटोरियल, विविध शैक्षिक सामग्रीहरु, गेम्स् तथाअभ्यासहरु रहेको छन् । 
 
यहि सोमबार श्रावण २८ गते देखि एनसेलकाग्राहकले यो सेवाप्रयोग गर्न सक्नेछन् । जस अन्तर्गत ग्राहकले शिक्षा, विज्ञान तथाप्रविधिमन्त्रालयको पाठ्यक्रमविकास केन्द«ले प्रमाणित गरेको शैक्षिक सामग्रीहरु जस्तै विषेश भिडियो ट्युटोरियल्स्, एनिमेटेड पाठहरु  लगायतअन्य शैक्षिक सामग्रीहरु डाउनलोडगर्न सक्नेछन् । 
 
गाहकले गुगलप्लेस्टारेबाट यो एप सजिलै डाउनलोड गर्न सक्नेछन् र आफ्नो एनसेलको नम्बरबाट यस एपमादर्ता गरीएपचलाउन सक्नेछन् । यस एपमार्फत ग्राहकले आफ्नो आवश्यकताअनुसार यस सेवाभित्र रहेका कुनै पनिकक्षाकाविद्यार्थीका लागिउपयुक्त योजना सुचारु गर्न सक्नेछन् । 
 
मिदास ईक्लास सदस्यतामाआधारित सेवा हो ।जसअन्तर्गत ग्राहकले दैनिक, साप्ताहिकतथामासिक मध्य कुनै पनि सेवा योजना सुचारु गर्न सक्नेछन् । दैनिक योजना सुचारु गर्नरु ११.९६ (कर सहितशुल्क रु १५.२६) शुल्करहेको छ । त्यसैगरी साप्ताहिक योजनाको रु ५५.८१ (कर सहित रु ७१.२६) र मासिक योजनाको रु १९९.३१ (कर सहित रु २५४.५०)शुल्क तोकिएका छन् ।
 
मिदासएजुकेसनसँगको सहकार्यमा विद्यार्थीहरुकालागि डिजिटल लर्निङ् ल्लेटफर्म संचालनमाल्याउनपाएकोमा कम्पनीहर्षित रहेको र विद्यार्थीको शैक्षिकविकासकालागियसले ठूलो महत्व राख्ने एनसेलले जनाएको छ । यो नविनसिकाई पद्धतीले डिजिटल नेपालकोनिर्माणमा पनि योगदान पुर्याउने विश्वास एनसेलले लिएको छ । 
 
एनसेलकाग्राहकले यो सेवा सुचारु गरेको दिन देखि एक हप्तासम्मनिःशुल्कप्रयोग गर्न सक्नेछन् । एप डाउनलोडतथाएपमा रहेको शैक्षिक सामग्रीहरु प्रयोगतथा डाउनलोड गर्दा विद्यमान् डेटा शुल्कलाग्नेछ । एपमार्फत सेवा सुचारु गरेपछि ग्राहकले वाईफाई मार्फत पनिआवश्यक भिडियो कन्टेन्ट डाउनलोड गर्न सक्नेछन् ।
 



More News



ईसेवाको तिहार अफर सार्वजनिक : एयरलाइन्सको टिकटमा शतप्रतिशत क्यासब्याक पाइने

Posted: 2018-10-31 12:29:18

सुनाखरी न्युज/ काठमाडौँ - ईसेवा फोन पे प्रालिले तिहारलाई लक्षित गर्दै एयरलाइन्स् टिकटमा विभिन्न अफर सार्वजनिक गरेको छ । अफरअन्तर्गत हरेक दिन ३ जना विजेता घोषित हुनेछन् । एयरलाइन्स टिकट काट्नेमध्ये विजेता ...


स्याङ्जाको गल्याङको लल्याङमा नेपाल टेलिकमको सेवा विस्तार

Posted: 2018-10-30 09:25:06

सुनाखरी न्युज/ काठमाडौं - नेपाल टेलिकम, दूरसञ्चार कार्यालय गल्याङले स्याङ्जाको लल्याङमा आफ्नो पिएसटिएन तथा एडिएसएल सेवाको विस्तार गरेको छ। विस्तार पश्चात अब लल्याङका करिब ५० घरधुरी प्रत्यक्ष रुपमा ...


फेसबुकमाथि डाटा बेचेको काण्डमा ८ करोड जरिवाना

Posted: 2018-10-26 14:44:37

सुनाखरी न्युज/ काठमाडौं- प्रयोगकर्ताका डाटाको गोपनियता उल्लंघन गर्ने गम्भीर कसूर गरेको अभियोगमा सोसल मिडिया साइट फेसबुकमाथि झण्डै ८ करोड डलर जरिवाना भएको छ । बेलायतको सूचना आयुक्तको कार्यालयले फेसबुक माथि यस्तो जरिवानाको निर्णय गरेको हो । कार्यालयले आफुलाई प्राप्त दण्डात्मक अधिकारको अधिकतम सीमा प्रयोग गरेको हो । आयुक्त कार्यालयलाई अधिकतम ५ लाख पाउण्ड सम्ममात्र जरिवाना गर्न पाउने प्रावधान छ ।...


सामसुङ ग्यालेक्सी ए नाइन एस ल्याउँदै, यस्ताछन् फिचर्स

Posted: 2018-10-24 08:58:45

सुनाखरी न्युज/ काठमाडौं- सामसुङ कम्पनिले ग्यालेक्सी ए सिरिजको नयाँ फ्याब्लेट लञ्च गर्दैछ । अक्टोबर २४ बुधबार चीनमा एक विशेष कार्यक्रमबीच सामसुङले ग्यालेक्सी ए नाइन एस सार्वजनिक गर्न लागेको हो । सामसुङले जारी गरेको एक आधिकारिक पोष्टरअनुसार ग्यालेक्सी ए नाइन एस लञ्च गर्न चीनको शियानमा विशेष समारोहको आयोजना गरिनेछ ।...


सल्यानमा वर्ल्ड लिंकको टावरमा तोडफोड, कम्पनीको आधा दर्जन बढी जिल्लाको इन्टरनेट अवरुद्ध

Posted: 2018-10-23 14:28:48

सुनाखरी न्युज/ सल्यान - वर्ल्ड लिंक कम्युनिकेसनद्वारा सञ्चालित इन्टरनेट सेवाको टावरमा सोमबार राति तोडफोड भएको छ। वर्ल्ड लिंक इन्टरनेटको कपुरकोट ३ मूलाबारीको रिपिटर टावरमा तोडफोड गरी अज्ञात समूहले महत्वपूर्ण ...


Advertisements