सूचना-प्रविधि

एनसेलले ल्यायो मिदास ईक्लास सेवा

Posted: 2018-08-12 21:12:04

 
 
सुनाखरी न्युज/
काठमाडौं-
 
एनसेल प्रा.लिले मिदास एजुकेसन प्रा.लिसँग सहकार्य गर्दै आफ्ना ग्राहककालागिमिदास ईक्लास सेवाल्याएको छ ।यो सेवाको सुरुवात सँगै अब एनसेलकाग्राहकले आफ्ना बालबच्चाहरुको शैक्षिकविकासकालागिश्रव्य÷दृष्यमाआधारित डिजिटल शैक्षिक सामाग्रीहरुको ठूलो संग्रहबाट लाभलिन सक्नेछन् । 
 
मिदास ईक्लास मोबाइलफोन, ट्याब्लेट वा कम्प्युटर माध्यमबाट बालबालिकालाई सिक्न सघाउने एक प्लेटफर्म हो । यहाँउपलब्ध हुने पाठ्यक्रमहरु श्रव्य÷दृश्यमाआधारित र अन्र्तक्रियात्मक हुने भएकाले बालबालिकाहरुले अभिरुचीपुर्वक सिक्न सक्छन् । यस सेवामाप्लेगु्रप देखि कक्षादश सम्ममाअध्ययनगर्ने विद्यार्थीहरुका भिडियो ट्युटोरियल, विविध शैक्षिक सामग्रीहरु, गेम्स् तथाअभ्यासहरु रहेको छन् । 
 
यहि सोमबार श्रावण २८ गते देखि एनसेलकाग्राहकले यो सेवाप्रयोग गर्न सक्नेछन् । जस अन्तर्गत ग्राहकले शिक्षा, विज्ञान तथाप्रविधिमन्त्रालयको पाठ्यक्रमविकास केन्द«ले प्रमाणित गरेको शैक्षिक सामग्रीहरु जस्तै विषेश भिडियो ट्युटोरियल्स्, एनिमेटेड पाठहरु  लगायतअन्य शैक्षिक सामग्रीहरु डाउनलोडगर्न सक्नेछन् । 
 
गाहकले गुगलप्लेस्टारेबाट यो एप सजिलै डाउनलोड गर्न सक्नेछन् र आफ्नो एनसेलको नम्बरबाट यस एपमादर्ता गरीएपचलाउन सक्नेछन् । यस एपमार्फत ग्राहकले आफ्नो आवश्यकताअनुसार यस सेवाभित्र रहेका कुनै पनिकक्षाकाविद्यार्थीका लागिउपयुक्त योजना सुचारु गर्न सक्नेछन् । 
 
मिदास ईक्लास सदस्यतामाआधारित सेवा हो ।जसअन्तर्गत ग्राहकले दैनिक, साप्ताहिकतथामासिक मध्य कुनै पनि सेवा योजना सुचारु गर्न सक्नेछन् । दैनिक योजना सुचारु गर्नरु ११.९६ (कर सहितशुल्क रु १५.२६) शुल्करहेको छ । त्यसैगरी साप्ताहिक योजनाको रु ५५.८१ (कर सहित रु ७१.२६) र मासिक योजनाको रु १९९.३१ (कर सहित रु २५४.५०)शुल्क तोकिएका छन् ।
 
मिदासएजुकेसनसँगको सहकार्यमा विद्यार्थीहरुकालागि डिजिटल लर्निङ् ल्लेटफर्म संचालनमाल्याउनपाएकोमा कम्पनीहर्षित रहेको र विद्यार्थीको शैक्षिकविकासकालागियसले ठूलो महत्व राख्ने एनसेलले जनाएको छ । यो नविनसिकाई पद्धतीले डिजिटल नेपालकोनिर्माणमा पनि योगदान पुर्याउने विश्वास एनसेलले लिएको छ । 
 
एनसेलकाग्राहकले यो सेवा सुचारु गरेको दिन देखि एक हप्तासम्मनिःशुल्कप्रयोग गर्न सक्नेछन् । एप डाउनलोडतथाएपमा रहेको शैक्षिक सामग्रीहरु प्रयोगतथा डाउनलोड गर्दा विद्यमान् डेटा शुल्कलाग्नेछ । एपमार्फत सेवा सुचारु गरेपछि ग्राहकले वाईफाई मार्फत पनिआवश्यक भिडियो कन्टेन्ट डाउनलोड गर्न सक्नेछन् ।
 



More News



नेपाल टेलिकमको मासिक ५८३ मै इन्टरनेट, फाइबरबाट व्यक्तिगत प्रयोगमै द्रुतगतिको सेवा

Posted: 2018-06-08 11:15:21

सुनाखरी न्युज/ काठमाडौं - नेपाल टेलिकमले अब अनलिमिटेड एफटीटीएस डाटा सेवा ८ एमवीपीएसको ५८३ रुपैयाँमै उपलब्ध गराउने भएको छ। मासिक ७ सय रुपैयाँमै ८ एमबीपीएसको अनलिमिटेड इन्टरनेट सेवा व्यक्तिगत प्रयोजनका लागि पनि उपलब्ध गराउन थालेको छ ।यस अघि संस्थागत रुपमा मात्रै दिँदै आएको तीब्र गतिको एनटी फाइबरसेवा अब भने एडीएसलएसरहकै सस्तो मूल्यमा पाइने भएको छ । ...


टेलिकमको निःशुल्क इन्टरनेट सुविधा

Posted: 2018-06-04 16:42:11

सुनाखरी न्युज/ काठमाडौं- नेपाल टेलिकमले भूकम्पबाट अति प्रभावित चार जिल्लाका ६ सय ७५ स्थानमा निःशुल्क इन्टरनेट सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीले भूकम्पबाट अति प्रभावित सिन्धुपाल्चोक जिल्लाका १८७, काभ्रेपलाञ्चोक जिल्लाका २८९, नुवाकोट जिल्लाका १५९ र रसुवा जिल्लाका ४० स्थानमा सो सेवा सञ्चालनमा ल्याइसकेको छ । ...


२ वर्षसम्म भूकम्पबाट अति प्रभावित चार जिल्लामा निःशुल्क इन्टरनेट

Posted: 2018-06-04 15:36:52

सुनाखरी न्युज/ काठमाडौं - नेपाल टेलिकमले भूकम्पबाट अति प्रभावित चार जिल्लाका ६ सय ७५ स्थानमा २ वर्षसम्म निःशुल्क इन्टरनेट सेवा सञ्चालनमा ल्याएको छ। कम्पनीले भूकम्पबाट अति प्रभावित सिन्धुपाल्चोक जिल्लाका १८७, काभ्रेपलाञ्चोक जिल्लाका २८९, नुवाकोट जिल्लाका १५९ र रसुवा जिल्लाका ४० स्थानमा यो सेवा सञ्चालनमा ल्याइसकेको हो। भूकम्पबाट अति प्रभावित चार जिल्लाका जम्मा ७४७ सेवा केन्द्रमा यो सेवा उपलब्ध गराउने कम्पनीको योजना अनुसार हालसम्म ९० प्रतिशत भन्दा बढी कार्य सम्पन्न भइसकेको नेपाल टेलिकमले जनाएको छ। टेलिकमका अनुसार आगामी असार मसान्तसम्ममा बाँकी सम्पूर्ण स्थानमा सेवा उपलब्ध गराउने लक्ष्य अनुरूप द्रूत गतिमा काम भइरहेको छ । ...


टेलिकमको मिस्ड कल एलर्ट सेवा पुन सञ्चालनमा

Posted: 2018-05-31 08:19:24

सुनाखरी न्युज/ काठमाडौं- सरकारी स्वामित्वको नेपाल टेलिकमले मिस्ड कल एलर्ट सेवालाई पुनः सञ्चालन गरेको छ । गणतन्त्र दिवस २०७५ को अवसरमा कम्पनीले सो सेवा गणतन्त्र दिवसका दिनदेखि पुनः सञ्चालनमा ल्याएको छ । जीएसएम पोष्टपेड तथा प्रिपेड मोबाइलमा यो सेवा उपलब्ध हुनेछ ।...


अमेरिकी कम्पनी एप्पलले जित्यो सामसुङ विरुद्धको मुद्दा, ५७ अर्ब क्षतिपूर्ति

Posted: 2018-05-27 15:48:09

सुनाखरी न्युज/ काठमाडौं- अमेरिकी कम्पनी एप्पल र दक्षिण कोरियाली कम्पनी सामसुङबीच ७ वर्षदेखि चलिरहेको पेटेन्ट डिजाइन चोरीको मुद्दा एप्पलले जितेको छ । सोसँगै एप्पलले सामसुङबाट झण्डै ५७ अर्ब रुपैयाँ बराबरको रकम क्षतिपूर्तिबापत पाउनेछ । डिजाइन चोरीको मुद्दामा अमेरिकी अदालतले सामसुङलाई दोषी ठहर गर्दै एप्पललाई क्षतिपूर्ति रकम दिन सामसुङका नाममा आदेश दिएको हो ।...


Advertisements