सूचना-प्रविधि

काठमाडौंका यी सात स्थानमा पाइन्छ निस्शुल्क इण्टरनेट चलाउन

Posted: 2018-07-11 10:39:48

 
सुनाखरी न्युज/
काठमाडौं-
काठमाडौँ महानगरपालिकाका सात सार्वजनिक स्थानमा इण्टरनेट जडान गरिएको छ। जडित इण्टरनेट नागरिकले निःशुल्क प्रयोग गर्न पाउनेछन्। 
 
करीब तीन महिनाअघि कामपा र वर्ल्ड लिङ्क कम्युनिकेशन प्रालिबीच भएको सम्झौतानुसार केही दिनअघि सर्वसाधारणका लागि पशुपतिनाथ क्षेत्र, बालाजु उद्यान, शंखपार्क, स्वयम्भू, बौद्ध र हनुमानढोका दरबार क्षेत्रमा निःशुल्क इन्टरनेट जडान गरिएको छ। 
 
सार्वजनिक स्थानमा स्वदेशी तथा विदेशी नागरिकको चाप बढी हुने भएकाले उनीहरुलाई सुविधा दिनका लागि कामपाले यस किसिमको व्यवस्था गरेको हो। हनुमान ढोका र बालाजुमा नागरिक बढी आउने जाने भएकाले उक्त स्थानमा यसअघि जडान गरिएका भन्दा धरै एमबीपीएस क्षमताको इण्टरनेट राख्नुपर्ने कामपा सूचना प्रविधि महाशाखा प्रमुख ध्रुव काफ्लेले जानकारी दिए। 
 
उनका अनुसार अहिले जडान गरिएका सबै स्थानमा १० एमबीपीएस क्षमताको इण्टरनेट राखिएको छ। सबै स्थानमा गरी दैनिक २०० नागरिकले मात्र उक्त इण्टरनेट सुविधा प्रयोग गर्ने अनुमान कामपाले गरेको थियो । प्रयोकर्ताको संख्या वृद्धि भएपछि थप्नुपर्ने देखिएको हो। 
 
कामपाका प्रमुख विद्यासुन्दर शाक्यले पहिलो चरणमा सात स्थानमा र पछि नागरिकको आवश्यकता हेरी अन्य स्थानमा पनि राखिने बताए। यसअघि कामपाले रत्नपार्कबाट उक्त सुविधा प्रदान गरिसकेको छ। रासस



More News



भायनेटको ‘महाचाड, महाबचत, महाअफर’ योजना

Posted: 2018-09-24 09:59:35

सुनाखरी न्युज/ काठमाडौँ - ‘फाइबर टु दी होम’ इन्टरनेट सर्भिस प्रोभाइडर भायनेट कम्युनिकेसन्सले देशभरका ग्राहकका लागि दसैँ तिहारको अवसरमा ‘महाचाड, महाबचत, महाअफर’ योजना ल्याएको छ। यस योजनाअन्तर्गत ...


एनसेलद्वारा ‘रिचार्ज एण्ड विन’ अफर अन्र्तगत नगद पुरस्कार वितरण

Posted: 2018-09-21 10:12:39

सुनाखरी न्युज/काठमाडौँ - एनसेल प्राईभेट लिमिटेडले नजिकिदै गरेको चाडपर्वको अवसरमा ल्याएको आकर्षक ‘रिचार्ज एण्ड विन’ अफर अन्र्तगत दोस्रो हप्ताका विजेताहरुलाई नगद पुरस्कार हस्तान्तरण गरेको छ ।‘रिचार्ज एण्ड विन’ १० हप्ता ...


‘नोकिया ६.१ प्लास’ नेपाली बजारमा

Posted: 2018-09-20 14:26:32

सुनाखरी न्युज/ काठमाडौं - नोकिया स्मार्ट फोनले नयाँ मोडल नेपाली बजारमा ल्याएको छ। नोकिया ६.१ प्लस मोडलको स्मार्ट फोन नेपाली बजारमा सार्वजनिक भएको हो। नोकिया सिक्सको पछिल्लो सिरिजको यो फोनको नेपाली बजारमा ३७ ...


स्मार्ट टेलिकमले पनि मनायो संविधान दिवस

Posted: 2018-09-20 13:47:35

सुनाखरी न्युज/ काठमाडौं - नेपालको संविधानले तीन वर्ष पुरा गरेको अवसरमा स्मार्ट टेलिकमले पनि संविधान दिवस मनाएको छ। संविधान दिवसको अवसरमा स्मार्ट टेलिकमले सम्पूर्ण स्मार्ट सेन्टरहरुमा मैनवत्ती प्रज्ज्वलन गर्नुका साथै ...


फोन, म्यासेज र डेटामा टेलिकमको सस्तो प्याकेज

Posted: 2018-09-19 06:23:20

सुनाखरी न्युज/ काठमाडौं । नेपाल टेलिकमले संविधान दिवसको अबसर पारेर असोज १ देखि १५ गतेसम्म नयाँ योजना ल्याएको छ । यो योजना अनुसार १८ रुपैयाँको प्याक खरिद गर्नेले खरिद गरिएको समयदेखि ७० मिनेटसम्म कम्पनीको जीएसएम तथा सीडीएमए मोबाइलमार्फत कम्पनीको नेटवर्क भित्र जति पनि (अनलिमिटेड) कल गर्न, एसएमएस गर्न र डाटा चलाउन पाउँछन् ।...


Advertisements