सूचना-प्रविधि

इन्टरनेटको सेवा शुल्क बढाउने पक्षमा छैन : गोकुल बाँस्कोटा सञ्चारमन्त्री

Posted: 2018-07-10 13:42:29

सुनाखरी न्युजर काठमाडौं - सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आफू इन्टरनेटको सेवा शुल्क बढाउने पक्षमा नरहेको स्पष्ट पारेका छन ।सरकारका प्रवक्ता समेत रहेका मन्त्री बाँस्कोटाले इन्टरनेट सेवा शुल्क बढाउने कि नबढाउने भन्ने विषयमा तत्काल निर्णय लिन पनि आफ्नो मन्त्रालय र सचिवलाई सचेत गराएका छन्। मंगलबार काठमाडौंमा आयोजित प्रवक्ता र सूचना अधिकारीहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले निजी क्षेत्रले इन्टरनेट सेवा शुल्क बढाउन खोजेपछि सरकारले के गर्छ ? भन्ने प्रश्नको जवाफ मन्त्रीले नभई मन्त्रालयले दिनुपर्ने दावी समेत गरे। इन्टरनेट सेवा शुल्क बढाउने विषयमा आफूलाई धेरै थाहा नहुने मन्त्री बाँस्कोटाको भनाइ छ। उनले सरकारको नीतिलाई आवश्यक निर्णय लिएर कार्यान्वयनमा लैजाने काम प्रशासन क्षेत्रको भएको पनि स्मरण गराए ।
 
 
मन्त्री बाँस्कोटाले प्रवक्ता र सूचना अधिकारीहरुको भूमिकालाई प्रभावकारी बनाउने गरी प्रविधि र स्रोत, साधनको उचित व्यवस्था गर्नुपर्नेमा पनि जोड दिए । स्रोत, साधनको अभावमा सरकारको प्रवक्ताले समेत सूचनालाई प्रभावकारी ढंगले सम्प्रेषण गर्न नसकेको उनको स्विकारोक्ति थियो ।



More News



एनसेलद्वारा ‘रिचार्ज एण्ड विन’ अफर अन्र्तगत नगद पुरस्कार वितरण

Posted: 2018-09-21 10:12:39

सुनाखरी न्युज/काठमाडौँ - एनसेल प्राईभेट लिमिटेडले नजिकिदै गरेको चाडपर्वको अवसरमा ल्याएको आकर्षक ‘रिचार्ज एण्ड विन’ अफर अन्र्तगत दोस्रो हप्ताका विजेताहरुलाई नगद पुरस्कार हस्तान्तरण गरेको छ ।‘रिचार्ज एण्ड विन’ १० हप्ता ...


‘नोकिया ६.१ प्लास’ नेपाली बजारमा

Posted: 2018-09-20 14:26:32

सुनाखरी न्युज/ काठमाडौं - नोकिया स्मार्ट फोनले नयाँ मोडल नेपाली बजारमा ल्याएको छ। नोकिया ६.१ प्लस मोडलको स्मार्ट फोन नेपाली बजारमा सार्वजनिक भएको हो। नोकिया सिक्सको पछिल्लो सिरिजको यो फोनको नेपाली बजारमा ३७ ...


स्मार्ट टेलिकमले पनि मनायो संविधान दिवस

Posted: 2018-09-20 13:47:35

सुनाखरी न्युज/ काठमाडौं - नेपालको संविधानले तीन वर्ष पुरा गरेको अवसरमा स्मार्ट टेलिकमले पनि संविधान दिवस मनाएको छ। संविधान दिवसको अवसरमा स्मार्ट टेलिकमले सम्पूर्ण स्मार्ट सेन्टरहरुमा मैनवत्ती प्रज्ज्वलन गर्नुका साथै ...


फोन, म्यासेज र डेटामा टेलिकमको सस्तो प्याकेज

Posted: 2018-09-19 06:23:20

सुनाखरी न्युज/ काठमाडौं । नेपाल टेलिकमले संविधान दिवसको अबसर पारेर असोज १ देखि १५ गतेसम्म नयाँ योजना ल्याएको छ । यो योजना अनुसार १८ रुपैयाँको प्याक खरिद गर्नेले खरिद गरिएको समयदेखि ७० मिनेटसम्म कम्पनीको जीएसएम तथा सीडीएमए मोबाइलमार्फत कम्पनीको नेटवर्क भित्र जति पनि (अनलिमिटेड) कल गर्न, एसएमएस गर्न र डाटा चलाउन पाउँछन् ।...


एनसेलको आकर्षक अफर, डेटामा भारी छुट, यस्ता छन् सुविधा

Posted: 2018-09-18 12:37:23

सुनाखरी न्युज/ काठमाडौं - एनसेल प्राइभेट लिमिटेडले मंगलबार (आज) देखि आकर्षक अफर सार्वजनिक गरेको छ । एनसेलले संविधान दिवसको अवसरमा आफ्ना ग्राहकलाई यो अफर दिएको हो । ग्राहकले नयाँ अफरमा आकर्षक ...


Advertisements