सूचना-प्रविधि

भूकम्पबाट अति प्रभावित चार जिल्लामा इन्टरनेट सुविधा सञ्चालनमा

Posted: 2018-07-05 11:03:30

सुनाखरी न्युज/ काठमाडौं - भूकम्पबाट अति प्रभावित चार जिल्लाका विभिन्न स्थानहरूमा इन्टरनेट सेवा सञ्चालनमा आएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले दिएको जिम्मेवारीमा नेपाल टेलिकमले तोकिएको समयभन्दा एक महिना अघि नै इन्टरनेट सञ्चालकका लागि पूर्वाधार सम्पन्न गरी सेवा सञ्चालनमा ल्याएको हो । नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकमसँग सम्झौता गरी भूकम्पबाट अति प्रभावित चार जिल्लाका ७ सय ४७ सेवा केन्द्रमा यहि असार मसान्तसम्म इन्टरनेट सेवा उपलब्ध गराउने जिम्मेवारी दिएको थियो । तर, नेपाल टेलिकमले असार मसान्त भन्दा अगावै जेठ मसान्त भित्रै तोकिएका सम्पूर्ण सेवा केन्द्रहरुमा उपकरण जडान गरी इन्टरनेट सेवा सञ्चालनमा ल्याएको हो ।
 
 
ग्रामीण क्षेत्रमा समेत दूरसञ्चार सुविधा उपलब्ध गराउने उद्देश्यले प्राधिकरणले २०७४ बैशाख २१ नेपाल टेलिकमसँग सम्झौता गरेको थियो । त्यसैगरि ग्रामीण दूरसञ्चार विकास कोषको रकम परिचालन गरी सो कार्य सम्पन्न गर्न नेपाल टेलिकमलाई जिम्मेवारी दिएको थियो । कम्पनीले भूकम्पबाट अति प्रभावित सिन्धुपाल्चोक जिल्लाका २१३ स्थान, काभ्रेपलाञ्चोक जिल्लाका २८९ स्थान, नुवाकोट जिल्लाका २०५ स्थान र रसुवा जिल्लाका ४० स्थानमा सो सेवा सञ्चालनमा ल्याएको छ । समग्रमा ३१३ नगरपालिका, गाउँपालिका तथा वडा कार्यालय, १६९ हेल्थपोष्ट तथा पब्लिक हेल्थपोष्ट र २६५ विद्यालयमा विभिन्न प्रविधिमार्फत इन्टरनेट चलाउन सकिने व्यवस्था गरिएको छ ।
 
 
कम्पनीले सेवाग्राहीहरूलाई ती स्थानमा कम्तीमा ५१२ केबीपीएस गतिको अनलिमिटेड इन्टरनेट सेवा दुई वर्षसम्म निःशुल्क उपभोग गर्न पाउने व्यवस्था गरेको छ । साथै कम्पनील दिएको सेवा सञ्चालन तथा मर्मत कार्यमा पनिे भूमिका निर्वाह गर्ने जनाइएको छ ।त्यसैगरि कम्पनीले इन्टरनेट सेवा उपलब्ध गराउनका लागि स्थानअनुसार वाइम्याक्स सीपीई तथा थ्रीजी ÷ ईभीडीओ वाइफाई राउटर उपकरणको व्यवस्था गरेको पनि जनाएको छ ।



More News



साइबर सुरक्षा सम्बन्धी अनुशिक्षण कार्यक्रम संचालन

Posted: 2018-12-12 10:10:34

सुनाखरी न्युज/ सिन्धुपाल्चोक - समुदाय - प्रहरी साझेदारी अवधारणा अन्तर्गत सिन्धुपाल्चोक जिल्लाका विभिन्न नगरपालिका तथा गाउँपालिकाका विद्यालयमा साइवर सुरक्षा सम्बन्धी अनुशिक्षण कार्यक्रम सोमबार संचालन ...


एन्पिनोग (npNOG) ले काठमाडौंमा सूचना प्रविधि सम्मेलन गर्ने

Posted: 2018-12-07 11:21:01

सुनाखरी न्युज/ काठमाडौ - इन्टरनेट सेवा प्रदायक एवं सूचना संचार प्रविधिको क्षेत्रमा कार्यरत ब्यक्ति एवं संस्थाहरु को समूह नेपाल नेटवर्क अपरेटर्स ग्रुप (एन्पिनोग) ले यही मंसिर २३ देखि २८ गते सम्म एनपिएनओजी–४ नामक छ दिने कार्यक्रम आयोजना गर्नेभएको छ।कार्यक्रममा नेटवर्किङ एवं सूचना तथा संचार ...


दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशकमा नियुक्तिका लागि सिफारिस गर्न तीन सदस्य छनोट समिति गठन

Posted: 2018-12-06 20:40:01

सुनाखरी न्युज/ काठमाडौं- मन्त्रिपरिषदले नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशकमा नियुक्तिका लागि सिफारिस गर्न तीन सदस्य छनोट समिति गठन गरेको छ । विहिबारको मन्त्रिपरिषदको वैठकले यस्तो समिित गठन गरेको हो । वैठकले स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशकमा विराटनगरका रमेशकुमार पोखरेललाई नियुक्त गरिएको छ।...


धुलिखेल नगरपालिकाले पर्यटकको सुविधाका लागि फ्रि वाइफाइ सेवा

Posted: 2018-12-03 14:08:58

सुनाखरी न्युज/ काभ्रेपलाञ्चोक - धुलिखेल नगरपालिकाले पर्यटकको सुविधाका लागि फ्रि वाइफाइ सेवा शुरु गरेको छ । आइतबार सरस्वती बजार परिसर (पार्क)बाट फ्रि वाइफाइ सेवा शुरु गरिएको हो । नगरप्रमुख अशोक ब्याञ्जूले ...


सामसङको आधिकारिक सेवा केन्द्र भक्तपुर मोबाइल कम्प्लेक्स सूर्यविनायकमा सुरु

Posted: 2018-11-23 17:12:52

सुनाखरी न्युज/ काठमाण्डौ- नेपाल भरी १४ वटा सामसङ का सेवा केन्द्रहरु भएको, आइएमएस केयरले आफ्नो १५ औं सेवा केन्द्र भक्तपुर मोबाइलकम्प्लेक्स, दोश्रो तल्ला सूर्यविनायक, भक्तपुरमा सुरु गरेको छ । सो सेवा केन्द्रको उद्घाटन आइएमएस ग्रुपका अध्यक्ष दिपक मल्होत्रा, सामसङ इलेक्टो«निक्सका काकार्यकारी निर्देशकयुबियमवोन, आइएमएस ग्रुपका प्रमुख कार्यकारी अधिकृत दिकेश मल्होत्रा र सामसङ इलेक्ट्रोनिक्सका काजुङ्सिक (बबि) योले गरे । ...


Advertisements