सूचना-प्रविधि

नेपाल टेलिकमको परिमार्जित मोबाइल एप

Posted: 2018-06-10 16:10:54

 
सुनाखरी न्युज/
काठमाडौं-
नेपाल टेलिकमले आफ्नो मोबाइल एप ‘नेपाल टेलिकम’ लाई परिमार्जन गरी नयाँ रुपमा प्रस्तुत गरेको छ । नयाँ एपमार्फत नेपाल टेलिकमका जीएसएम, सीडीएमए, पीएसटीएन र एडीएसएल लगायतका सेवाहरुको वारेमा जानकारी प्राप्त गर्न सकिनेउसलेजनाएको छ ।
 
यो एपमा लग इन गर्नासाथ मोबाइलमा भएको ब्यालेन्स रकम तथा नेपाल टेलिकमको प्याकेज खरिद गरेको भए सो वारे जानकारी प्राप्त गर्न सकिन्छ । पछिल्लो अवस्थामा विभिन्न प्रकारका प्याकेज खरिद गरी सेवा उपभोग गर्ने प्रचलन बढ्दै गएकाले विशेष गरी त्यस्ता प्याकेज खरिद गर्नका लागि यो एपबाट सहज हुने छ ।
 
त्यसैगरी एफएनएफ सर्भिसबाट नेपाल टेलिकमका आफूले चाहेका ५ वटा नम्बरमा सस्तो दरमा कल गर्नका लागि सेवा सुचारु गर्न सकिन्छ । विभिन्न सेवाको लागि आवश्यक रकम रिचार्ज गर्न र जीएसएम प्रिपेडबाट ब्यालेन्स ट्रान्सफर गर्नसमेत यसबाट सहज हुन्छ । पिन कोड राखेर वा रिचार्ज कार्ड स्क्यान ९स्क्यान एन्ड्रोइडमा मात्र हुने) गरेर पनि यसबाट रिचार्ज गर्न सकिन्छ । यो एपमार्फत आफ्नो मोबाइलबाट नेपाल टेलिकमको कुनै अर्को मोबाइलमा विभिन्न प्याकेजहरु गिफ्ट दिन पनि सकिन्छ ।
 
साथै रिचार्ज कार्डबाट कम्पनीका विभिन्न सेवाको बिल भुक्तानी पनि यही एपमार्फत गर्न सकिन्छ । कम्पनीको फेसबुक लगायतका सोसल मिडियासमेत यहीँबाट प्रयोग गर्न सकिन्छ ।
 
यस एपबाट १००, १०१, १०२ जस्ता इमर्जेन्सी नम्बरहरु डायल गरी आवश्यक सेवा लिनुका साथै १९७, १४९८ आदि नम्बरमा डायल गरी कम्पनीका विभिन्न सेवाका वारेमा सोधपुछ गर्न पनि सकिन्छ । उक्त एपमा कम्पनीले उपलब्ध गराउदै आएका सम्पूर्ण सेवाहरुको महसुल दर बारे जानकारी लिन पनि सकिन्छ । भविष्यमा अन्य सेवाहरु पनि थप गर्दै लैजाने योजना रहेको छ ।
 
गुगल प्ले स्टोर तथा एप्पल एप स्टोरबाट ‘नेपाल टेलिकम’ एप डाउनलोड गरी नेपाल टेलिकमको मोबाइल नम्बरमार्फत रजिष्टर गरे पछि यो एप चलाउन सकिने कम्पनिले जनाएको छ ।
 
 



More News



नेपाल टेलिकमले ल्यायो २२ वटा अफर

Posted: 2018-10-16 10:49:31

सुनाखरी न्युज/ काठमाडौं - नेपाल टेलिकमले अटम अफर ल्याएको छ। आजदेखि सुरु भएर पुष २८ गतेसम्म चल्ने अफरमा भ्वाइस र डाटासँग सम्बन्धित २२ वटा रहेका छन । ...


नेट टिभीले सार्वजनिक गर्यो दशैँ अफर

Posted: 2018-10-12 12:23:09

सुनाखरी न्युज/ काठमाडौं - नेपालको पहिलो लाइभ टेलिभिजन एप नेट टिभी मोबाइल एपले दशैँ अफर सार्वजनिक गरेको छ । नेट टिभीले दशैंको अवसरमा “चाडपर्वको लहर नेट टिभीको एकमा एक अफर” ल्याएको छ । यो अफर अनुसार ...


नेपाल टेलिकमको चाडबाड अफर, फोन सेवा देखि इन्टरनेट सेवा सम्मको अफरहरु सार्वजनिक

Posted: 2018-10-10 09:34:07

सुनाखरी न्युज/ काठमाडौं - नेपाल टेलिकमले चाडबाड अफर सार्वजनिक गरेको छ। बुधबारदेखि लागु हुने गरी फोन सेवा देखि इन्टरनेट सेवा सम्मको अफरहरु सार्वजनिक गरेको हो। टेलिकमले सार्वजनिक गरेको अफर अन्तर्गत अनलिमिटेड ...


सरकारले सिंहदरबारमा जीमेल र याहु निषेध गर्दै, सरकारी मेल चलाउने तयारी

Posted: 2018-10-04 14:53:55

सुनाखरी न्युज/ काठमाडौं - सरकारले जीमेल र याहुलाई निषेध गर्ने भएको छ । सिंहदरबारभित्र जीमेल र याहुको सट्टा सरकारी मेल चलाउने तयारी भएको हो । व्यवस्थापिका संसदको विकास समिति बैठकमा सुचना, सञ्चार तथा प्रविधि ...


‘सुबिसु शुभअफर’ डबल मज्जा, पैसाकम, स्पिड ज्यादा

Posted: 2018-10-02 13:08:44

सुनाखरी न्युज/ काठमाडौ - सुबिसु केबल नेट प्रा. लि.ले केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवामा नेपालीहरुको महान चाड दशैंलाई लक्षित गरि ‘सुविसु शुभ अफर’ ल्याएको छ । जसमा क्लियर टिभि, इन्टरनेट तथा इन्टरनेट र क्लियर ...


Advertisements