सूचना-प्रविधि

फेसबुकले चिनियाँ मोबाइल कम्पनीसँग डाटा शेयर गरेको खुलासा

Posted: 2018-06-09 06:04:02

 
सुनाखरी न्युज/एजेन्सी-
 
प्रयोगकर्ताका डाटा चोरीको आरोपमा आलोचित भइरहेको फेसबुकको अर्को कर्तूत पर्दाफास भएसँगै फेसबुकलाई झनै अप्ठेरो पर्ने देखिएको छ ।
 
फेसबुकले वावेसहित कम्तीमा चारवटा चिनियाँ मोबाइल कम्पनीसँग फेसबुक प्रयोगकर्ताका डाटा शेयर गरेको खुलासा भएको छ ।
 
 
 
 
फेसबुकले प्रयोगकर्ताका डाटाहरु चिनिया कम्पनी वावे, लेनोभो, ओप्पो र टिसिएलसँग शेयर गरेको स्वीकारेको छ ।
 
स्मरणरहोस् चिनियाँ मोबाइल कम्पनी वावेलाई अमेरिकी सुरक्षा एजेन्सीहरुले राष्ट्रिय सुरक्षाका लागि खतराको रुपमा लिने गरेका छन् ।
 
फेसबुकका कार्यकारीले भनेका छन्, ‘अमेरिकी संसदको यो विषयमा रहेको रुचीलाई मध्यनजर गर्दै हामी यो प्रष्ट पार्न चाहन्छौँ कि सम्झौता बमोजिम वावेसँग शेयर गरिएको जानकारीहरु प्रयोगकर्ताका डिभाइसमै स्टोर भएका डाटा हुन् न कि फेसबुकको सर्भरमा रहेका डाटा ।’
 
न्युयोर्क टाइम्सले फेसबुकद्वारा कम्तीमा ६० वटा मोबाइललगायतका डिभाइस निर्माता कम्पनीहरुलाई फेसबुक प्रयोगकर्ताको डाटासम्म पहुँच दिएको खुलासा गरेको भोलिपल्ट फेसबुकले त्यस्तो दाबी स्वीकारेको हो ।  फेसबुकले प्रयोगकर्ताका जानकारीमा पहुँच दिएका कम्पनीमा एप्पल अमेजन, माइक्रोसफ्ट, सामसुङ तथा ब्लाकबेरी पनि रहेका छन् ।
 
यसअघि फेसबुकलाई उधृत गर्दै न्युयोर्क टाइम्सले लेखे अनुसार चिनियाँ कम्पनीहरुसँगको सम्झौता अनुसार प्रयोगकर्ता र उनका साथीहको धार्मिक र राजनीतिक झुकाव, काम तथा शैक्षिक जानकारी र रिलेसनसीप स्टाटससहितका विस्तृत विवरणमा फेसबुकले पहुँच उपलब्ध गराउने गरेको छ । यसैखालको अनुमति ब्लाकबेरीलाई पनि दिइएको थियो ।
 
फेसबुकका अनुसार यो सम्झौता सन् २०१० भन्दा अगाडिको हो र वावेसँगको सम्झौता यसैहप्ता सकिनेछ ।
 
न्युयोर्क टाइम्सका अनुसार फेसबुकले वावे, लेनोभो, ओप्पो र टिसिएल कम्पनीसँग डाटा शेयरिंगका लागि सम्झौता गरेको थियो, जसका कारण चिनियाँ कम्पनीहरुले केही प्रयोगकर्ताका डाटासम्म निजी पहुँच राख्दछन् । मोबाइलमा फेसबुक प्रयोगकर्तालाई बढावा दिने प्रयासको हिस्साको रुपमा उक्त सम्झौता रहेको बताइएको छ ।
 
अमेरिकी सांसदहरुले फेसबुकद्वारा चिनियाँ कम्पनीहरुसँग गरेको त्यस्तोखाले सम्झौताप्रति चिन्ता व्यक्त गरेका छन् ।
 
उता चिनियाँ कम्पनी वावेले फेसबुक प्रयोगकर्ताका डाटा आफूले कहिल्यै पनि एकत्रित वा भण्डारण नगरेको जिकिर गरेको छ । प्रयोगकर्तालाई उत्कृष्ट सेवा दिनका लागि फेसबुकसँग सम्झौता भएको पनि कम्पनीको दाबी छ ।
 



More News



एप्पललाई ५० लाख डलर जरिवाना, ग्राहक झुक्याएको आरोप

Posted: 2018-06-20 07:35:35

सुनाखरी न्युज/ काठमाडौं - आइफोन निर्माता कम्पनी एप्पललाई अष्ट्रेलियाको एक अदालतले पचास लाख अमेरिकी डलर (९० लाख अष्ट्रेलियन डलर) जरिवाना तिराउने फैसला गरेको छ । अष्ट्रेलियाको उपभोक्ता अनुगमन संस्थाले प्रयोगकर्ताबाट धेरै गुनासो आएपछि अमेरिकी टेक जायन्ट कम्पनीविरुद्ध अदालतमा मुद्दा हालेको थियो । एप्पलले बिग्रिएको आइफोन र आइप्याड बनाइदिनुपर्ने २७५ जना ग्राहकलाई झुक्याएकोे स्वीकारेको छ ।...


विश्वकप २०१८ का ५ अत्याधुनिक प्रविधि

Posted: 2018-06-19 11:28:08

सुनाखरी न्युज/ एजेन्सी - यति बेला विश्वकप २०१८ ले विश्व नै फूटबलमय भएको छ । विश्वकप फूटबलका यसपटकका खेलहरू रूसका विभिन्न शहरमा जारी छन् । फिफा विश्वकपका पछिल्ला संस्करणहरू फूटबल खेल मात्र नभई यसमा प्रयोग भएका नयाँ प्रविधिका कारण पनि महत्त्वपूर्ण हुँदै आएका छन् । त्यसैले खेलाडी, प्रशिक्षक र फ्यानका लागि मात्र नभई विश्वकप प्रविधिप्रेमीहरूका लागि समेत विशेष हुने गरेको छ । यसै सन्दर्भमा जारी संस्करणमा के कस्ता प्रविधिको प्रयोग भइरहेको छ भन्ने चासोको विषय बनेको छ । ...


एनागल केबल टिभी देशभर बन्द हुँदै

Posted: 2018-06-18 19:58:12

सुनाखरी न्युज/ काठमाडौँ — सरकारले असार महिना सकिएपछि विकेट ग्रामीण क्षेत्रबाहेकका शहरी तथा सुगम ग्रामीण क्षेत्रहरुमा एनालग केबल टेलिभिन बन्द गराउँदैछ । टेलिभिजन सेवालाई डिजिटलमा रुपान्तरण गर्न सरकारले अहिले सेवा प्रदायकलाई फटाफट अनुमति दिइरहेको छ ।...


नेपाल टेलिकमको आईएसडी सुविधा ग्राहक आफैले लिन सक्ने, यस्ता छन् प्रक्रिया

Posted: 2018-06-17 10:30:12

सुनाखरी न्युज/ काठमाडौं - नेपाल टेलिकमको जीएसएम तथा सीडीएमए पोष्टपेड मोबाइलमा अब अन्तर्राष्ट्रिय कलका लागि आईएसडी सुविधा सेवाग्राही आफैले लिन सक्ने भएका छन । यो सेवा असार ०१ गते देखि नै सञ्चालनमा आएको छ । आईएसडी सुविधा शुरुमा लिन जीएसएम मोबाइलका लागि “००००” र सीडीएमए मोबाइलका लागि “१२३४” डिफल्ट पिन नम्बर हुने छ । ...


टेलिकमले शुरुग¥यो ४ जिल्लामा निस्शुल्क इन्टरनेट सेवा

Posted: 2018-06-16 06:52:38

सुनाखरी न्युज/ काठमाडौँ — भूकम्पबाट अति प्रभावित ४ जिल्लामा नेपाल टेलिकमले निस्शुल्क इन्टरनेट सेवा सुरु गरेको छ । टेलिकमले नेपाल दूरसञ्चार प्राधिकरणसँग भएको सम्झौताअनुसार चार जिल्लाको ६ सय ७५ स्थानमा निस्शुल्क इन्टरनेट सेवा सुरु गरेको हो । ...


Advertisements