सूचना-प्रविधि

फेसबुकले डिलिट गरिदियो करोडौं प्रयोगकर्ताका अकाउन्ट र पोस्ट

Posted: 2018-05-16 15:28:36

 
 
सुनाखरी न्युज/
काठमाडौं-
संसारभर करोडौं मान्छेले फेसबुक प्रयोग गर्छन्। यो प्लेटफर्ममा विभिन्न किसिमका बहस र आपत्तिजनक पोस्ट पनि भइरहेका हुन्छन्।
 
फेसबुकले समाजमा हिंसा र नकारात्मक प्रभाव पार्ने खाले पोस्ट नियन्त्रण गर्न नसकेको आरोप पनि खेप्दै आएको छ।
 
यही व्यवस्थापनमा जोड दिदैं फेसबुकले करोडौं पोस्ट र ‘फेक’ अकाउन्टहरू डिलिट गरेको छ। सन् २०१८ को पहिलो तीन महिनामा फेसबुकले ५८ करोड तीस लाख अकाउन्ट हटाएको छ। कम्पनीका अनुसार हाल भइरहेका अकाउन्टमध्ये पनि ३ देखि ४ प्रतिशत फेक नै छन्।
 
त्यस्तै कम्पनीले ८६ करोड ५० लाखभन्दा बढी पोस्टहरू पनि हटाएको छ। हिंसा फैलाउने, आतंकवादी गतिविधिसँग सम्बन्धित, अश्लिलता झल्काउने किसिमका तस्बिर प्लेटफर्मबाट हटाइएको हो।
 
त्यस्तै फेसबुकले आफ्नो प्लेटफर्ममा रहेका २०० वटा एप्स पनि हटाएको छ। यी एपबाट प्रयोगकर्ताको निजी डाटा गलत रूपमा प्रयोग हुने खतरा रहेको कम्पनीको भनाइ छ।
 
केही समयअघि फेसबुकले आफ्नो प्लेटफर्ममा के–के पोस्ट गर्न नमिल्ने भन्ने सूची नै जारी गरेको थियो। जसअनुसार कुनै पनि नग्न तस्बिर, हिंसा र आक्रोश फैलाउने, आतंकवादी गतिविधिलाई बढावा दिने जस्ता पोस्ट नगर्न बताएको थियो।
 
फेसबुकको मापदण्डभन्दा बाहिर गएर पोस्ट गर्नेको अकाउन्ट बिना जानकारी डिलिट वा ब्लक हुन सक्नेछ।
एजेन्सी



More News



फेसबुक र ट्विटरको विज्ञापनबाट कर असुल्न संसदीय समितिको निर्देशन

Posted: 2018-08-20 14:16:34

सुनाखरी न्युज/ काठमाडौं - व्यवस्थापिका संसदको विकास समितिले फेसबुक र ट्विटर जस्ता सामाजिक सञ्जालमा प्रकाशन हुने बिज्ञापनमा कर लगाउन सरकारलाई निर्देशन दिएको छ । विज्ञापन गरेवापत ठुलो रकम डलरमा बाहिरिएको ...


आज एघारौँ राष्ट्रिय सूचना दिवस, सूचना प्राप्तिमा महत्वपूर्ण उपलब्धि

Posted: 2018-08-19 15:33:07

सुनाखरी न्युज/ काठमाडौँ - आज ११ औँ राष्ट्रिय सूचना दिवस, विभिन्न कार्यक्रम गरी मनाइदैँछ । वि।सं २०६५ साल भदौ ३ गते सूचनाको हकसम्बन्धी ऐन लागू भएपछि हरेक वर्ष विभिन्न कार्यक्रमका साथ राष्ट्रिय सूचना दिवस मनाउन ...


पदमुक्त गर्ने सरकारको निर्णयलाई चुनौती दिँदै कामिनी पुगिन् सर्वोच्च

Posted: 2018-08-19 15:04:43

सुनाखरी न्युज/ काठमाडौँ - सरकारको निर्णयलाई चुनौती दिँदै नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारी सर्वोच्च अदालत पुगेकी छन । आफू प्रतिस्पर्धाबाट निश्चित अवधिका लागि नियुक्त भएको तर सरकारले गलत ...


सामसुङको प्रमुखनोट– ९ कोप्रि–वुकिङ खुला

Posted: 2018-08-17 20:12:55

सुनाखरी न्युज/ काठमाडौं- मुलुकको सबैभन्दाठूलो,अनि भरपर्दाे एवंविश्वासिलो उपभोक्ताव्राण्ड सामसङ इलेक्ट्रोनिक्सले अन्यन्तै शक्तिशालीग्यालेक्सीनोट– ९ स्मार्ट फोनको लागिप्रि– वुकिङ खुला गरेको छ । यो नोटश्रृंखलाअन्यन्तै नवीनतम रअत्याधुनिकप्रविधीमाआधारित रहेको छ। अगष्ट ९ मायो श्रृंखलाकोनोट न्यूयोर्कबाट संसारभरकालागिसुरुवातगरिएको हो ।...


नेपाल ई–स्पोर्टस् च्याम्पियनसिप २०१८ शुक्रबार शुरु हुँदै

Posted: 2018-08-16 19:10:48

सुनाखरी न्युज/ काठमाडौं- नेपाल ईस्पोर्टस् संघ (नेसा) ले एनसेल प्राईभेट लिमिटेडसँगको सहकार्यमा यहीभदौ १ र २ गते नेपालमापहिलो पटक नेपाल ई–स्पोर्टस् च्याम्पियनसिप २०१८ को आयोजनागर्दैछ । देशमा रहेका ईस्पोर्टस् खेलाडीहरुलाई आफ्नो कौशलप्रदर्शन गर्दै राष्ट्रिय उपाधितथाविश्वमा हुने विभिन्न ईस्पोर्टस् प्रतिस्पर्धाहरुमा नेपाललाई प्रतिनिधित्वगर्ने अवसर प्रदानगर्नु यस च्याम्पियनसिपको उद्देश्य रहेको छ । ...


Advertisements