सूचना-प्रविधि

रसुवाको मैलुङ निर्माणाधिन जलविद्युत आयोजनाले स्थानीय तह र विद्यालयलाई कम्प्युटर वितरण

Posted: 2018-05-16 11:03:10

सुनाखरी न्युज/रसुवा
रसुवाको मैलुङमा निर्माणाधिन २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशुली–१ जलविद्युत आयोजनाले स्थानीय तह र विद्यालयलाई कम्प्युटर वितरण गरेको छ । सदरमुकाम धुन्चेमा मंगलबार एक कार्यक्रमको आयोजना गरी ९८ वटा कम्प्युटर वितरण गरिएको हो । कोरिया इनर्जीले उपलब्ध गराएको कम्प्युटर नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत लिबो सकले हस्तान्तरण गरेका हुन् ।
 
आयोजना प्रभावित क्षेत्रमा पर्ने गाउँपालिका, वडा कार्यालय र विद्यालयहरुलाई कम्प्युटर वितरण गरिएको माथिल्लो त्रिशुली–१ जलविद्युत आयोजनाले जनकारी दिए । स्थानीय तहमा कम्प्युटको अभावका कारण काम गर्न असहज भएको हुदाँ र ग्रामीण भेगमा सञ्चालित विद्यालयमा कम्प्युटरको पहुँच पु¥याउनका लागि कम्प्युटर वितरण गरिएको हो ।
 
जिल्लाका गोसाइँकुण्ड, कालिका, उत्तरगया र आमाछोदिङ्मो गरी ४ गाउँपालिकाका ५ वटा वडा र १७ विद्यालयलाई कम्प्युटर वितरण गरिएको हो । विद्यालयले न्युनतम २ देखि अधिकतम १६ वटासम्म कम्प्युटर पाएको छ ।



More News



साइबर सुरक्षा सम्बन्धी अनुशिक्षण कार्यक्रम संचालन

Posted: 2018-12-12 10:10:34

सुनाखरी न्युज/ सिन्धुपाल्चोक - समुदाय - प्रहरी साझेदारी अवधारणा अन्तर्गत सिन्धुपाल्चोक जिल्लाका विभिन्न नगरपालिका तथा गाउँपालिकाका विद्यालयमा साइवर सुरक्षा सम्बन्धी अनुशिक्षण कार्यक्रम सोमबार संचालन ...


एन्पिनोग (npNOG) ले काठमाडौंमा सूचना प्रविधि सम्मेलन गर्ने

Posted: 2018-12-07 11:21:01

सुनाखरी न्युज/ काठमाडौ - इन्टरनेट सेवा प्रदायक एवं सूचना संचार प्रविधिको क्षेत्रमा कार्यरत ब्यक्ति एवं संस्थाहरु को समूह नेपाल नेटवर्क अपरेटर्स ग्रुप (एन्पिनोग) ले यही मंसिर २३ देखि २८ गते सम्म एनपिएनओजी–४ नामक छ दिने कार्यक्रम आयोजना गर्नेभएको छ।कार्यक्रममा नेटवर्किङ एवं सूचना तथा संचार ...


दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशकमा नियुक्तिका लागि सिफारिस गर्न तीन सदस्य छनोट समिति गठन

Posted: 2018-12-06 20:40:01

सुनाखरी न्युज/ काठमाडौं- मन्त्रिपरिषदले नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशकमा नियुक्तिका लागि सिफारिस गर्न तीन सदस्य छनोट समिति गठन गरेको छ । विहिबारको मन्त्रिपरिषदको वैठकले यस्तो समिित गठन गरेको हो । वैठकले स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशकमा विराटनगरका रमेशकुमार पोखरेललाई नियुक्त गरिएको छ।...


धुलिखेल नगरपालिकाले पर्यटकको सुविधाका लागि फ्रि वाइफाइ सेवा

Posted: 2018-12-03 14:08:58

सुनाखरी न्युज/ काभ्रेपलाञ्चोक - धुलिखेल नगरपालिकाले पर्यटकको सुविधाका लागि फ्रि वाइफाइ सेवा शुरु गरेको छ । आइतबार सरस्वती बजार परिसर (पार्क)बाट फ्रि वाइफाइ सेवा शुरु गरिएको हो । नगरप्रमुख अशोक ब्याञ्जूले ...


सामसङको आधिकारिक सेवा केन्द्र भक्तपुर मोबाइल कम्प्लेक्स सूर्यविनायकमा सुरु

Posted: 2018-11-23 17:12:52

सुनाखरी न्युज/ काठमाण्डौ- नेपाल भरी १४ वटा सामसङ का सेवा केन्द्रहरु भएको, आइएमएस केयरले आफ्नो १५ औं सेवा केन्द्र भक्तपुर मोबाइलकम्प्लेक्स, दोश्रो तल्ला सूर्यविनायक, भक्तपुरमा सुरु गरेको छ । सो सेवा केन्द्रको उद्घाटन आइएमएस ग्रुपका अध्यक्ष दिपक मल्होत्रा, सामसङ इलेक्टो«निक्सका काकार्यकारी निर्देशकयुबियमवोन, आइएमएस ग्रुपका प्रमुख कार्यकारी अधिकृत दिकेश मल्होत्रा र सामसङ इलेक्ट्रोनिक्सका काजुङ्सिक (बबि) योले गरे । ...


Advertisements