सूचना-प्रविधि

कर छलेर चर्चामा आएको एनसेलले प्रतिस्पर्धीको ‘फोन कनेक्सन’ विगा¥यो, प्राधिकरणद्धारा सेवा रोक्कागरी थप छानविन शुरु

Posted: 2018-04-16 21:32:43

 
 
सुनाखरी न्युज/
 
काठमाडौँ-
 
ठूला टेलिकम कम्पनीले एकअर्काको नेटवर्कमा हुने कल आदानप्रदान (इन्टरकनेक्सन) मा चलखेल गर्ने गरेको पाइएको छ । टेलिकम क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले गरेको अनुसन्धानबाट यस्तो तथ्य पत्तालागेको हो ।
 
ठूला टेलिकम कम्पनीले आफ्ना प्रतिस्पर्धी कम्पनीसँग हुने फोन कुराकानीलाई सहज नबनाउन चलखेल गर्ने गरेको भेटिएपछि प्राधिकरणले त्यस्ता कम्पनिलाई तत्काल इन्टरकनेक्सनको सहज कार्यान्वयनको ब्यवस्था मिलाउन निर्देशन दिँदै सो कार्य सस्म्पन्न नभएसम्म कम्पनिले पाउने कुनैपनि सुविधा उपलब्ध नगराउने निर्णय सहितको पत्र काटेको छ । प्राधिकरणले यसअघि पनि एनसेललाई यस्तै पत्र काटेको थियो तर एनसेलले यसको कार्यान्वयन गरेका छैन ।
 
एनसेलले अन्य साना कम्पनीको नेटवर्कबाट आफ्नो नेटवर्कमा हुने कललाई सहज नबनाएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए । उनका अनुसार प्राधिकरणले यस्ता कम्पनीलाई सचेत गराउन पत्र काटेको छ । ‘एनसेलको अन्य कम्पनिसँगको इन्टरकनेक्सनमा समस्या छ,’ उनले भने, ‘यसबारे थप अध्ययन गर्दै छौं । अध्ययनपछि आवश्यक परे थप कारवाही हुन्छ ।’
 
आफ्नो नेटवर्कबाट ठूला कम्पनीको नेटवर्कमा कल गर्दा समस्या आउने गरेको गुनासो साना टेलिकम कम्पनीबाट आएपछि  ठूला सेवा प्रदायकबारे अनुसन्धान गरिएको प्राधिकरणले जनाएको छ ।
 
यूटीएल, स्मार्ट टेलिकमजस्ता साना कम्पनीका ग्राहकले नेपाल टेलिकम र एनसेलको नम्बरमा फोन गर्दा फोन नलाग्ने समस्या आएको गुनासो गरेपछि प्राधिकरणले यसको अनुसन्धान गरेको हो । अनुसन्धानको क्रममा एनसेल र नेपाल टेलिकमको नम्बरमा आपसमा हुने कल आदानप्रदानमा पनि यस्ता समस्या देखिएको प्राधिकरणले जनाएको छ ।
 
‘प्वाइन्ट अफ इन्टरकनेक्सनको सहज कार्यान्वयनका लागि पत्र काटेका छौं,’ प्रवक्ता अर्यालले भने, ‘यसअघि पनि कार्यान्वयनका लागि पत्र काटेका थियौं । कार्यान्वयन भएको रहेनछ ।’
 
प्राधिकरणको इन्टरकनेक्सन निर्देशिकाले टेलिकम नेटवर्किभित्र हुने कुराकानी अवरोधविहीन हुनुपर्ने प्रावधान राखेको छ । आन्तरिक टेलिकम कम्पनीबीच अवरोधरहित इन्टरकनेक्सन हुनुपर्ने निर्देशिकाको प्रावधान छ । निर्देशिकामा प्वाइन्ट अफ इन्टरकनेक्सनमा क्षमताको ७५ प्रतिशत ट्राफिक वृद्धि भएपछि त्यसको स्तरोन्नति गर्नुपर्ने प्रावधान छ ।
 
निर्देशिकाले अन्तर्रा्ष्ट्रिय कलका लागि पनि मापदण्ड तोकेको छ । कुल बजारको १० प्रतिशतभन्दा बढी ग्राहक भएका टेलिकम कम्पनीले अन्तर्रा्ष्ट्रिय कलको इन्टरकनेक्सन पनि अवरोधविहीन बनाउनुपर्ने प्रावधान तोकेको छ । यस्तै आधारभूत, ग्रामीण र लिमिटेड टेलिफोन सेवाको अनुमतिपत्र पाएका कम्पनीले मासिक कम्तीमा ५ लाख मिनेटसम्मको अन्तर्रा्ष्ट्रिय कलको इन्टरकनेक्सन गर्नुपर्ने प्रावधान छ ।
 
निर्देशिकाले क्षमता वृद्धिका लागि दिएको निर्देशन १५ दिनभित्र कार्यान्वयन नगरे कारबाही गर्न सक्ने प्रावधान तोकेको छ ।
 
ठूला टेलिकम प्रदायकले अरूको नेटवर्कबाट आफ्नो नेटवर्कमा आउजाउ हुने कल र एसएमएस ट्राफिक बढी भएर नभई नियतवश रोकेका हुन सक्छन्, किनकि इन्टरकनेक्सनसम्बन्धी निर्दे्शिकामा प्वाइन्ट अफ इन्टरकनेक्सनको क्षमताअनुसार ७५ प्रतिशत ट्राफिक कटेपछि यसको क्षमता वृद्धि गर्नुपर्ने प्रावधान छ ।
 
इन्टरकनेक्सनबाट एकैपटक धेरै ट्राफिक (कल आदानप्रदान) बढदा फोन नलाग्ने समस्या हुन्छ । तर, सामान्य अवस्थामै पनि प्रतिस्पर्धी कम्पनीको नेटवर्कबाट आएको फोन नलाग्नेजस्ता समस्या नियमित रूपमा भएपछि प्राधिकरणले अनुसन्धान गरेको हो ।
 
के हो इन्टरकनेक्सन ?
 
इन्टरकनेक्सनले एउटा कम्पनीबाट अर्को कम्पनीको सिममा जाने फोन वा एसएमएसलाई सञ्चार गर्छ । नेपाल टेलिकमको सिम बोक्नेले एनसेलको नम्बरमा फोन गर्दा इन्टरकनेक्सनकै कारण सञ्चार हुन्छ । टेलिकम कम्पनीबीच एक आपसमा सेवा सञ्चार गर्न इन्टरकनेक्सन हुन्छ । यसलाई सामान्य भाषामा प्वाइन्ट अफ इन्टरकनेक्सन (पीओआई) भनिन्छ । जस्तो एनसेलको नम्बरबाट नेपाल टेलिकमको नम्बरमा कल हुँदा पीओआई भएर जान्छ । यसैलाई इन्टरकनेक्सन भनिन्छ ।



More News



एनसेल ठगी प्रकरण, सरकारी अनुमति विनै गरेको पुँजी वृद्धि सम्वन्धी छानबिन प्रतिवेदन गायव

Posted: 2018-04-25 16:18:04

सुनिल पाठक/ सुनाखरी न्युज/ काठमाडौं — विना अनुमतिपुँजी वृद्धिगरेको टेलिफोनसेवा प्रदायक कम्पनि एनसेलको पुँजी वृद्धि सम्वन्धी छानविन प्रतिवेदन गायव भएको पाइएको छ । औद्योगिक प्रवद्र्धन बोर्डले एनसेलको पुँजी वृद्धिको अनुमति दिनुपूर्व सरकारले छानबिन गर्ने निर्णय गरेको भएपनि त्यसपछिको डकुमेण्ट गायम गरिएको हो ।...


बाग्लुङ र डोल्पा जिल्लाका अति दुर्गम ग्रामीण क्षेत्रमा नेपाल टेलिकमले जीएसएम मोबाइल सेवा सञ्चालनमा

Posted: 2018-04-23 13:46:09

सुनाखरी न्युज/ काठमाडौं- नेपाल टेलिकमले बाग्लुङ जिल्लाको उत्तर पश्चिम भेगमा रहेको ढोरपाटनमा थ्रिजी विटिएस स्थापना गरी २०७५ वैशाख ९ गते देखि जीएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । माइक्रोवेभ प्रविधिमार्फत जिएसएम मोबाइल सेवा सञ्चालन गरिएको हो । ...


ऐनसेलको सेवा विना जानकारी अवरुद्ध, उपभोक्ता अधिकारको वेवास्तागर्दापनि दूरसञ्चार प्राधिकरण मौन

Posted: 2018-04-23 13:09:50

सुनाखरी न्युज/ काठमाडौं- कुनै न कुनै वहानामा उपभोक्तामाथि पटक पटक ठगी गर्दै आएको दू्रसञ्चार सेवा प्रदायक कम्पनि एनसेलले पुनः उपभोक्ता अधिकारमाथि ठाडो हस्तक्षेप गरेको छ । आफ्नो सेवा अवरुद्ध हुने भए पहिल्यै उपभोक्तालाई सार्वजनिक सूचनान मार्फत सचेतथ गराउनुपर्नेमा उसले विना पुवर्ज जानकारी सेवा उपरुव पारेको हो । ...


फाइभ–जी नेटवर्कमा उछिन्यो चीनले, अमेरिका तेस्रोमा सिमित

Posted: 2018-04-20 15:29:29

सुनाखरी न्युज/ एजेन्सी- फाइभ–जी नेटवर्क निर्माण गर्ने विश्वव्यापी प्रतिस्पर्धामा यसअघि अमेरिकाको नाम लिइएको भएपनि अहिले भने अमेरिकालाई पछि पार्दै चीन अघि बढिसकेको सीएनएनले जनाएको छ । सञ्चार सम्बन्धी अनुसन्धान गर्ने फर्महरुले सुरु गरेको सर्वेक्षणमा यसबारे जानकारी दिइएको समाचारमा जनाइएको छ ।


एनसेलको कल सवैभन्दा मँहगो, नेटवर्कको गुणस्तर कमजोर, नियमनकारी निकाय दूरसञ्चार प्राधिकरण भने मौन

Posted: 2018-04-18 15:03:36

सुनिल पाठक / सुनाखरी न्युज/ झण्डै एक करोड ग्राहक आधार भएको र देशकै ठूलो भनिएको मोबाइल सेवा प्रदायक कम्पनि एनसेल सेवा शुल्कको हिसाबमा सवै प्रतिस्पर्धी भन्दा महँगो रहेको छ । एनसेलको फोन महशुल दर (कल शुल्क) अन्य मोबाइल तथा दूरसञ्चार कम्पनीको भन्दा धेरै महँगो छ । नेपाल दूरसञ्चार प्राधिकरणबाट स्वीकृत गराएको कल महशुल दरको दूरसञ्चार डटकमले गरेको तुलनात्मक अध्ययनले एनसेलको मोबाइललाई देशकै महँगो मोबाइल सेवा देखाएको हो ।...


Advertisements