सूचना-प्रविधि

नेपाल टेलिकमले ल्यायो नयाँ वर्ष अफर

Posted: 2018-04-13 19:52:16

 
सुनाखरी न्युज/
काठमाडौं- नेपाल टेलिकमले पाँचवटा सेवामा नयाँ वर्ष २०७५ लक्षित अफर ल्याएको छ । बैशाख एक गतेदेखि लागू हुने अफर बैशाख १५ गतेसम्म रहने टेलिकमले जनाएको छ ।
अनलिमीटेड जिएसएमरसिडिएमए नाइट डाटा प्याक अन्तर्गत ग्राहकले एक जिबी डाटा खरिद गर्न सक्नेछन् । टेलिकमका अनुसार एक दिन चल्ने उक्त प्याक ग्राहकले राती १० बजे देखि बिहान छ बजेसम्म चलाउन पाउनेछन्। । नाइट डाटा प्याकमा एक जिबी डाटा थ्रि जी र फोरजीको गतिमा चल्ने र बाँकी २ सय ५६ केबीपीएसको गतिमा चल्ने टेलिकमले जनाएको छ ।
ग्राहकले ह्याप्पी विकेण्ड प्याक अन्तर्गत जिएसएमरसिडिएमए प्रिपेडर पोष्टपेड मोबाइलमा शुक्रबार, शनिबार र आइतबार प्रत्येक दिन एक सय रुपैयाँमा एक जिबी डाटा एक हप्ताका लागि खरिद गर्न सक्ने टेलिकमले जनाएको छ ।          
यस्तै एडीएसएल भोलुम बेस्ड प्याकेज अन्तर्गत ग्राहकले दुई सय रुपैयाँमा १५ जीबी डाटा ३० दिनसम्म प्रयोग गर्न सक्ने टेलिकमले जानकारी दिएको छ । टेलिकमका अनुसार ग्राहकले तीन सय रुपैयाँमा २५ जीबी डाटा र चार सय रुपैयाँमा ४० जिबी डाटा ३० दिनसम्म प्रयोग गर्न सकिने छ ।
एडीएसएल अनलिमीटेड प्याकेज अन्तर्गत ग्राहकले पाँच एमबीपीएस गतिको इन्टरनेट सेवा लिन सक्ने टेलिकमले बताएको छ । सो प्याकेज सात सय रुपैयाँमा ३० दिनसम्म प्रयोग गर्न सकिने कम्पनीले बताएको छ ।
कम्पनीका अनुसार ग्राहकले तीन हजार सात सय पचास रुपैयाँको प्याकेजमा एक सय ८० दिनसम्म र सात हजार रुपैयाँमा एक वर्षसम्म अनलिमीटेड डाटा पारयोग गर्न सक्नेछन्। ।  
 



More News



इन्टरनेटमा कर वृद्धिको सर्वत्र विरोध

Posted: 2018-07-18 12:36:46

सुनाखरी न्युज/ काठमाडौँ - सरकारले मंगलबारबाट लागू हुनेगरी बढाएको इन्टरनेटको सेवा शुल्क सम्बन्धमा चौतर्फि विरोध भएको छ । जेठ १५ मै बजेट वक्तव्यमार्फत शुल्क बढाउने घोषणा गरिए पनि कार्यान्वयन भएको पहिलो दिन मंगलबार सेवा प्रदायकदेखि उपभोक्ता सबैतर्फबाट विरोध भएको छ । ...


नेपाल टेलिकमको मनसुन अफर, साउन १ गतेबाट लागू हुने

Posted: 2018-07-16 09:53:27

सुनाखरी न्युज/ काठमाडौं - नेपाल टेलिकमले मनसुन अफरको रुपमा विभिन्न प्याकेजहरु उपलब्ध गराउने भएको छ । सो अफर आगामी साउन १ गते देखि लागू हुने टेलिकमले जनाएको छ । नेपाल सरकारले आगामी साउन १ गते देखि नै लागू हुने गरी भ्वाइस सेवामा टेलिकम सेवा शुल्क (टीएससी) ११ प्रतिशतबाट बढाएर १३ ...


टेलिफोन र इन्टरनेट महँगिँदैै, नेपाल टेलिकमले पनि मूल्य बढाउने, इन्टरनेटको मूल्य पनि बढ्ने

Posted: 2018-07-16 07:18:27

सुनाखरी न्युज/ काठमाडौं- दूरसञ्चार सेवा प्रदायकले तिर्नुपर्ने सेवा शुल्क वृद्धि भएसँगै त्यसको प्रत्यक्ष मार उपभोक्तालाई पर्ने भएको छ। आगामी आर्थिक वर्षबाट दूरसञ्चार सेवा प्रदायकले तिर्नुपर्ने सेवा शुल्क १३ प्रतिशत पुर्या इएको छ। चालु आर्थिक वर्षसम्ममा दूरसञ्चार सेवा शुल्क ११ प्रतिशत थियो। यस्तै इन्टरनेट सेवा प्रदायकलाई पहिलोपटक सेवा शुल्क लगाइँदैछ। बजेटमा व्यवस्था भएअनुसार साउनबाट टेलिफोनको शुल्क कम्तिमा दुई प्रतिशत बढ्ने भएको छ। आउँदो वर्षदेखि वर्षदेखि डेटा सेवामा पनि १३ प्रतिशत सेवा शूल्क लाग्नेछ। ...


अनलाइन कम्पनीहरुले प्रयोगकर्ताका डाटा के गछन् ?

Posted: 2018-07-14 07:17:13

सुनाखरी न्युज/ काठमाडौं- बीबीसीको अनुसन्धान टोलीले अत्यधिक लोकप्रिय १५ वटा एप्स तथा वेबसाइटको प्राइभेसी नीतिको अध्ययन पश्चात् यो तथ्य पत्ता लगाएको छ कि एप बनाउने कम्पनीहरुले जुन गोपनियताका नीति तथा प्रयोगकर्ता शर्तहरु उपभोक्तासामु राख्दछन् त्यसलाई बुझ्नका लागि कम्तीमा पनि विश्वविद्यालय तहसम्मको शिक्षा आवश्यक हुन्छ ।...


सामसङलेल्यायो इन्फिनिटी डिस्प्लेको साथ ग्यालेक्सीको नयाँ जे६ स्मार्टफोन बजारमा

Posted: 2018-07-13 15:38:50

सुनाखरी न्युज/ काठमाडौं- सामसङ इलेक्ट्रोनिक्सले हालै इन्फिनिटीडिस्प्लेको साथनयाँ स्मार्टफोन– ग्यालेक्सी जे६ नेपालीबजारमा प्रस्तुत गरेको छ । मोबाइलइन्डस्ट्रिजमासामसङको नयाँ स्मार्ट फोन प्रभावशाली रहेको छ ।सामसङले इन्फिनिटिडिस्प्लेको आदर्शलाई आत्मसाथगर्दै ग्यालेक्सीव्ट स्मार्ट फोन प्रस्तुत गरेको छ । ...


Advertisements