सूचना-प्रविधि

मोवाइल व्यापारीलाई सरकारले दियो एकवर्षमै ९० करोड रुपैयाँ भ्याट फिर्ता

Posted: 2018-04-12 21:17:05

 
सुनाखरी न्युज  /
काठमाडौं-
सरकारले मोवाइल आयातमा ८९ करोड २७ लाख रुपैयाँ मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ता दिएको छ। कर प्रणाली सुधार आयोगले दिएको सुझाव विपरित एक आर्थिक वर्षमा विभिन्न देशबाट हुने मोवाइल आयातमा यो रकम बराबरको भ्याट फिर्ता दिइएको हो। 
 
मोवाइल आयातकर्तालाई मात्रै फाइदा पुग्ने गरी भ्याट फिर्ता दिइएको हो। मोवाइललगायतका वस्तुमा दिइएको भ्याट फिर्ता हटाउनु पर्ने सुझाव कर प्रणाली पुनरावलोकन आयोग २०७१ ले दिएको भए पनि अहिलुसम्म कार्यान्वयन भएको छैन। अन्तर्रा्ष्ट्रिय प्रचलनअनुसार कर फिर्ता दने कार्य सीमित वस्तुमा ल्याउनुपर्ने सुझाव कार्यान्वयन नगरी मोवाइलमा सरकारले भ्याट फिर्ता दिने गरेको हो। 
 
 
 
महालेखापरीक्षकको कार्यालयले मोवाइल फोनमा दिँदै आएको भ्याट फिर्ताको व्यवस्था परिवर्तन गर्न सरकारलाई सुझाव पनि दिएको छ। ’हाल इन्टरनेशनल मोवाइल इक्विपमेन्ट आइडेन्टिटी नम्बर लिनुपर्ने अवस्थामा पनि मोवाइलको मूल्य अभिवृद्धि कर फिर्ता दिने विषयमा पुनरावलोकन गर्नुपर्ने देखियो,’ महालेखापरीक्षकको ५५ औँ वार्षिक प्रतिवेदनमा भनिएको छ। 
 
सरकारले सात वर्षअघि मोवाइलको आयात वैध माध्यमबाट गराउन र उपभोक्तालाई सस्तोमा मोवाइल फोन उपलब्ध गराउने उद्देश्यले मोवाइलमा भ्याट फिर्ता दिने निर्णय गरेको थियो। अहिले मोवाइल आयातकर्ताले ४० प्रतिशत भ्याट फिर्ता पाउने गरेका छन्। मोवाइलको व्यापारलाई नियमन गर्न नसक्दा दिइएको कर फिर्ताको लाभ व्यवसायीले पाए पनि उपभोक्ताले पाउन नसकेको गुनासो हुने गरेको छ। 
 
महालेखाको प्रतिवेदनअनुसार विभिन्न वस्तु आयात गर्ने आयातकर्तालाई आर्थिक वर्ष २०७३र०७४ मा ६ अर्ब १२ करोड ५५ लाख रुपैयाँ भ्याट फिर्ता दिएको छ। कर प्रणाली पुनरावलोकन आयोग, महालेखा परीक्षकको कार्यालयको प्रतिवेदन र संसदको सार्वजनिक लेखा समितिको निर्देशन विपरीत भ्याट फिर्ता दिइएको हो। 
 
यसकार अतिरिक्त सरकारले गत आर्थिक वर्षमा ५३ अर्ब सात करोड रुपैयाँ अन्य राजस्व छुट दिएको छ। यसअघि सरकारले आर्थिक वर्ष २०७०र०७१, ०७१र०७२ र ०७२र७३ मा क्रमशस् ३८ अर्ब २७ करोड, ४९ अर्ब १ करोड र ५१ अर्ब ३१ करोड रुपैयाँ गरी तीन वर्षमा १ खर्ब ३८ अर्ब ५९ करोड राजस्व छुट दिइएको महालेखापरीक्षकको कार्यालयले जनाएको छ। 
 
महालेखाको प्रतिवेदनअनुसार चिनी उद्योगीले पनि सरकारले सहुलियतको दुरुपयोग गरेका छन्। नगद प्रवाह व्यवस्थापनको लागि चिनी उद्योगहरुलाई रकम उपलब्ध गराउने र चिनी उद्योगहरुलाई भ्याट फिर्ता दिँदा कट्टा गरी राजस्व दाखिला गर्ने गरी मन्त्रिपरिषदबाट भएको निर्णयअनुसार चिनी उद्योगलाई ४५ करोड ८ लाख रकम उपलब्ध गराएको भएपनि त्यसको डेबिट मिलान नगरेको पाइएको छ। निश्चित अवधिको लागि नगद प्रवाह गर्न सरकारले उपलब्ध गराएको रकम फिर्ता लिई सो रकम राजस्वमा दाखिला गर्नुपर्ने महालेखाको ठहर छ। 
 
राष्ट्रिय उद्योगलाई भन्सार महसुललगायतबाट संरक्षण एवं प्रोत्साहन गर्नुपर्नेमा त्यसो नगरिएको पाइएको पनि महालेखाले ठहर गरेको छ। स्वदेशमा उत्पादन हुने मालबस्तु पैठारी गर्दा भन्सार महसुल, अन्तशुल्क र मूल्य अभिवृद्धि कर छुट दिएको कार्यालयले जनाएको छ। 
 
गत आर्थिक वर्षमा साल्ट ट्रेडिङ लिमिटेडलाई चिनी आयात गर्न भन्सार महसुल तथा मूल्य अभिवृद्धि कर ४२ करोड ९७ लाख तथा वैदेशिक सहयोगका विभिन्न आयोजनाका लागि निर्माण व्यवसायीले सिमेन्ट, छड् पैठारी गर्दा भन्सार महसुल, अन्तशुल्क र मूल्य अभिवृद्धि कर समेत १० करोड ८७ लाख राजस्व छुट दिएकाले यसको पुनरावलोकन हुनुपर्ने महालेखाले जनाएको छ । 



More News



एनसेलद्वारा ‘रिचार्ज एण्ड विन’ अफर अन्र्तगत नगद पुरस्कार वितरण

Posted: 2018-09-21 10:12:39

सुनाखरी न्युज/काठमाडौँ - एनसेल प्राईभेट लिमिटेडले नजिकिदै गरेको चाडपर्वको अवसरमा ल्याएको आकर्षक ‘रिचार्ज एण्ड विन’ अफर अन्र्तगत दोस्रो हप्ताका विजेताहरुलाई नगद पुरस्कार हस्तान्तरण गरेको छ ।‘रिचार्ज एण्ड विन’ १० हप्ता ...


‘नोकिया ६.१ प्लास’ नेपाली बजारमा

Posted: 2018-09-20 14:26:32

सुनाखरी न्युज/ काठमाडौं - नोकिया स्मार्ट फोनले नयाँ मोडल नेपाली बजारमा ल्याएको छ। नोकिया ६.१ प्लस मोडलको स्मार्ट फोन नेपाली बजारमा सार्वजनिक भएको हो। नोकिया सिक्सको पछिल्लो सिरिजको यो फोनको नेपाली बजारमा ३७ ...


स्मार्ट टेलिकमले पनि मनायो संविधान दिवस

Posted: 2018-09-20 13:47:35

सुनाखरी न्युज/ काठमाडौं - नेपालको संविधानले तीन वर्ष पुरा गरेको अवसरमा स्मार्ट टेलिकमले पनि संविधान दिवस मनाएको छ। संविधान दिवसको अवसरमा स्मार्ट टेलिकमले सम्पूर्ण स्मार्ट सेन्टरहरुमा मैनवत्ती प्रज्ज्वलन गर्नुका साथै ...


फोन, म्यासेज र डेटामा टेलिकमको सस्तो प्याकेज

Posted: 2018-09-19 06:23:20

सुनाखरी न्युज/ काठमाडौं । नेपाल टेलिकमले संविधान दिवसको अबसर पारेर असोज १ देखि १५ गतेसम्म नयाँ योजना ल्याएको छ । यो योजना अनुसार १८ रुपैयाँको प्याक खरिद गर्नेले खरिद गरिएको समयदेखि ७० मिनेटसम्म कम्पनीको जीएसएम तथा सीडीएमए मोबाइलमार्फत कम्पनीको नेटवर्क भित्र जति पनि (अनलिमिटेड) कल गर्न, एसएमएस गर्न र डाटा चलाउन पाउँछन् ।...


एनसेलको आकर्षक अफर, डेटामा भारी छुट, यस्ता छन् सुविधा

Posted: 2018-09-18 12:37:23

सुनाखरी न्युज/ काठमाडौं - एनसेल प्राइभेट लिमिटेडले मंगलबार (आज) देखि आकर्षक अफर सार्वजनिक गरेको छ । एनसेलले संविधान दिवसको अवसरमा आफ्ना ग्राहकलाई यो अफर दिएको हो । ग्राहकले नयाँ अफरमा आकर्षक ...


Advertisements