सूचना-प्रविधि

फेसबुकको डाटा लिकको जानकारी अवदेखि प्रयोगकर्ताले पाउने

Posted: 2018-04-12 13:59:56

सुनाखरी न्युज-
फेसबुक प्रयोगकर्ताले अब आफ्नो अकाउन्टको डाटा लिक भएमा त्यसको जानकारी प्राप्त गर्ने भएका छन् । फेसबुकले प्रयोगकर्तालाई उनीहरुको डाटा लिक भएको अवस्थामा जानकारी उपलब्ध गराउने घोषणा गरेको हो ।
 
क्याम्ब्रिज एनालिटिका काण्डपश्चात् फेसबुकले यस्तो कदम चालेको हो । करीब ८ करोड ७० लाख प्रयोगकर्ता, जसको डाटा सम्भवतः क्याम्ब्रिज एनालिटिकासँग शेयर भएको छ, उनीहरुलाई एक विस्तृत सन्देश तथा न्यूज फिड उपलब्ध गराइनेछ ।
 
 
 
फेसबुकका अनुसार डाटा लिकबाट प्रभावित सबैभन्दा धेरै प्रयोगकर्ता अमेरिकाका रहेका छन्, जसको संख्या ७ करोड रहेको छ । यद्यपि फिलिपिन्स, इण्डोनेसिया तथा बेलायतका पनि १०र१० लाख भन्दा धेरै फेसबुक प्रयोगकर्ता डाटा लिकको मारमा परेका छन् ।
 
फेसबुकले अब डाटा लिकबाट प्रभावित प्रयोगकर्तासँगै सबै २.२ अर्ब फेसबुक प्रयोगकर्तालाई प्रोटेक्टिंग योर इन्फर्मेसन नामक एक सन्देश एउटा लिंकसँगै पठाउनेछ । त्यसमार्फत प्रयोगकर्ताले कुन एप प्रयोग गर्दछन् र ती एपमा के जानकारी शेयर गरिएको छ भन्ने जानकारी प्राप्त हुनेछ । प्रयोगकर्ताले अलग अलग एपलाई बन्द पनि गर्न सक्दछन् वा तेश्रो पक्षले दखल पार्ने सम्भावनालाई रोक्नका लागि पूर्ण रुपमा एपलाई बन्द गर्न सक्दछन् ता की प्रयोगकर्तासँग सम्बन्धित कुनैपनि जानकारीमाथि कसैको पहुँच सम्भव नहोस् ।
 
स्मरणरहोस् विश्वमा हालै सार्वजनिक फेसबुक डाटा लिकबाट करीब ८ करोड ७० लाख प्रयोगकर्ता प्रभावित भएका छन् । पहिले ५ करोड प्रयोगकर्ता प्रभावित भएको अनुमान गरिएको थियो । फेसबुकले सार्वजनिक गरेको नयाँ तथ्यांक अनुसार अमेरिकामा सबैभन्दा धेरै ७ करोड प्रयोगकर्ता यसबाट प्रभावित भएका छन् । बेलायत दोश्रो स्थानमा छ ।
 
प्रयोगकर्ताको डाटाको अनधिकृत उपयोग तथा डाटा लिकका विषयमा फेसबुकको तिव्र आलोचना भएपछि फेसबुकका प्रमुख मार्क जुकरबर्गले डाटा सेक्योरिटीका लागि विभिन्न कदम उठाउन लागिएको बताएका छन् ।
 
एजेन्सी



More News



इन्टरनेटमा कर वृद्धिको सर्वत्र विरोध

Posted: 2018-07-18 12:36:46

सुनाखरी न्युज/ काठमाडौँ - सरकारले मंगलबारबाट लागू हुनेगरी बढाएको इन्टरनेटको सेवा शुल्क सम्बन्धमा चौतर्फि विरोध भएको छ । जेठ १५ मै बजेट वक्तव्यमार्फत शुल्क बढाउने घोषणा गरिए पनि कार्यान्वयन भएको पहिलो दिन मंगलबार सेवा प्रदायकदेखि उपभोक्ता सबैतर्फबाट विरोध भएको छ । ...


नेपाल टेलिकमको मनसुन अफर, साउन १ गतेबाट लागू हुने

Posted: 2018-07-16 09:53:27

सुनाखरी न्युज/ काठमाडौं - नेपाल टेलिकमले मनसुन अफरको रुपमा विभिन्न प्याकेजहरु उपलब्ध गराउने भएको छ । सो अफर आगामी साउन १ गते देखि लागू हुने टेलिकमले जनाएको छ । नेपाल सरकारले आगामी साउन १ गते देखि नै लागू हुने गरी भ्वाइस सेवामा टेलिकम सेवा शुल्क (टीएससी) ११ प्रतिशतबाट बढाएर १३ ...


टेलिफोन र इन्टरनेट महँगिँदैै, नेपाल टेलिकमले पनि मूल्य बढाउने, इन्टरनेटको मूल्य पनि बढ्ने

Posted: 2018-07-16 07:18:27

सुनाखरी न्युज/ काठमाडौं- दूरसञ्चार सेवा प्रदायकले तिर्नुपर्ने सेवा शुल्क वृद्धि भएसँगै त्यसको प्रत्यक्ष मार उपभोक्तालाई पर्ने भएको छ। आगामी आर्थिक वर्षबाट दूरसञ्चार सेवा प्रदायकले तिर्नुपर्ने सेवा शुल्क १३ प्रतिशत पुर्या इएको छ। चालु आर्थिक वर्षसम्ममा दूरसञ्चार सेवा शुल्क ११ प्रतिशत थियो। यस्तै इन्टरनेट सेवा प्रदायकलाई पहिलोपटक सेवा शुल्क लगाइँदैछ। बजेटमा व्यवस्था भएअनुसार साउनबाट टेलिफोनको शुल्क कम्तिमा दुई प्रतिशत बढ्ने भएको छ। आउँदो वर्षदेखि वर्षदेखि डेटा सेवामा पनि १३ प्रतिशत सेवा शूल्क लाग्नेछ। ...


अनलाइन कम्पनीहरुले प्रयोगकर्ताका डाटा के गछन् ?

Posted: 2018-07-14 07:17:13

सुनाखरी न्युज/ काठमाडौं- बीबीसीको अनुसन्धान टोलीले अत्यधिक लोकप्रिय १५ वटा एप्स तथा वेबसाइटको प्राइभेसी नीतिको अध्ययन पश्चात् यो तथ्य पत्ता लगाएको छ कि एप बनाउने कम्पनीहरुले जुन गोपनियताका नीति तथा प्रयोगकर्ता शर्तहरु उपभोक्तासामु राख्दछन् त्यसलाई बुझ्नका लागि कम्तीमा पनि विश्वविद्यालय तहसम्मको शिक्षा आवश्यक हुन्छ ।...


सामसङलेल्यायो इन्फिनिटी डिस्प्लेको साथ ग्यालेक्सीको नयाँ जे६ स्मार्टफोन बजारमा

Posted: 2018-07-13 15:38:50

सुनाखरी न्युज/ काठमाडौं- सामसङ इलेक्ट्रोनिक्सले हालै इन्फिनिटीडिस्प्लेको साथनयाँ स्मार्टफोन– ग्यालेक्सी जे६ नेपालीबजारमा प्रस्तुत गरेको छ । मोबाइलइन्डस्ट्रिजमासामसङको नयाँ स्मार्ट फोन प्रभावशाली रहेको छ ।सामसङले इन्फिनिटिडिस्प्लेको आदर्शलाई आत्मसाथगर्दै ग्यालेक्सीव्ट स्मार्ट फोन प्रस्तुत गरेको छ । ...


Advertisements