स्वास्थ्य-जीवनशैली

आज विश्व मानसिक स्वास्थ्य दिवस, नेपालमा पनि मनाइँदै

Posted: 2018-10-10 14:16:20

सुनाखरी न्युज/ काठमाडौं - विश्व मानसिक स्वास्थ्य दिवस आज नेपालसहित विश्वभर मनाईँदैछ । हरेक वर्ष अक्टोबर १० का दिन मानसिक स्वास्थ्यबारे जनचेतना फैलाउने उद्देश्यसहित दिवस मनाउने गरिएको छ । मानसिक स्वास्थ्यलाई राम्रो बनाउनका लागि यस क्षेत्रमा कार्यरत सबै पक्षबिच सहकार्यको खाँचो रहेको र यसका लागि दिवसले पहल गर्ने गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । विश्व स्वास्थ्य संगठनले सन् २०१३ देखि २०२० सम्मका लागि बनाएको मानसिक स्वास्थ्य कार्य योजना अन्तर्गत अहिले काम गरिरहेको छ ।
 
 
नेपालमा नसर्ने रोगमध्ये मानसिक रोगको हिस्सा १८ प्रतिशत रहेको छ । मानसिक स्वास्थ्य सेवाको पहुँच भने केवल १५ प्रतिशत जनतासम्म पुगेको छ । विश्व स्वास्थ्य सगठनले नेपालमा १६ देखी४० बर्ष उमेर समूहका करिब २२ लाख व्यक्ति मानसिक स्वास्थ्य समस्याबाट प्रभावित रहेको प्रक्षेपण गरिएको छ ।



More News



स्वास्थ्य मन्त्रालयद्वारा दुई दिनभन्दा बढी ओपीडी बन्द नगर्न सरकारी अस्पताललाई परिपत्र

Posted: 2018-10-16 12:15:13

सुनाखरी न्युज/ काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दसैंको समयमा दुई दिनभन्दा बढी बहिरंग सेवा (ओपिडी) बन्द नगर्ने निर्णय गरेको छ ।मन्त्रालयले दसैं तथा तिहारमा बढीमा लगातार दुई दिन भन्दा बढी बहिरंग सेवा बन्द गर्न नहुने निर्णय गरेको हो ।


दशैंमा यस्ता गल्ति हुन सक्छन, वेलैमा सजग वनौं

Posted: 2018-10-15 06:22:23

डा. केदार सेन्चुरी/ काठमाडौं- दशैंमा हामी आ(आफ्नो कामधन्दाबाट विश्राम लिन्छौं । काम, कमाई सबैको तनावबाट मुक्त भएर दशैं मनाईन्छ । आफन्तसँग भेटघाट गरिन्छ, मिठो(मसिनो खाइन्छ, रमाइलो गरिन्छ । भनौं, विन्दस ढंगले चाडको उल्लासमा हराउँछौं । तर, यतिबेला हामी आफ्नो स्वास्थ्यको भने उति ख्याल गर्दैनौं । खाने, बस्ने, सुत्ने समय तालिका मिल्दैन । आवश्यकभन्दा बढी खान्छौं । ...


एमबीबीएस अध्ययन शुल्क बढाउन नपाइने, यसअघि नै बढी लिने कलेजले तत्कालन फिर्ता गर्नुपर्ने निर्णय

Posted: 2018-10-15 05:56:28

सुनाखरी न्युज/ काठमाडौं- सरकारले एमबीबीएस अध्ययन शुल्क नबढाउने निर्णय गरेको छ । साथै कुनै कलेजले विद्यार्थीहरुबाट बढी रकम लिएको भए फिर्ता गर्नु पर्ने मन्त्रिपरिषद्को निर्णय छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले एमबीबीएस अध्ययनको शुल्क नबढाउने निर्णय गरेको हो । चिकित्सा शिक्षा आयोग गठन नभएको लगायतका कारण शुल्क नबढाउने निर्णय गरिएको शिक्षामन्त्री गिरिराजमणि पोखरेलले बताए ।...


पेट चिरेर बच्चा जन्माउने दर किन बढ्दैछ चिन्ताजनक रूपमा ?

Posted: 2018-10-13 07:22:46

सुनाखरी न्युज/ काठमाडौं — सिजेरियन सेक्सन अर्थात् आमाको पेट चिरेर बच्चा जन्माउने दर महामारीको अनुपातमा फैलिएको र यो चिन्ताजनक रूपमा प्रयोग भइरहेको विज्ञहरूले बताएका छन् । आमा र बच्चाको सुरक्षाका लागि सिजेरियन सेक्सन एक महत्त्वपूर्ण प्रक्रिया हो । उदाहरणका लागि, जन्मअघि बच्चालाई अप्ठ्यारो परिरहेको छ वा आमाको रक्तस्राव भइरहेको छ भने यसको आवश्यकता पर्छ । तर विज्ञहरूले यस्तो अवस्था १० देखि १५ प्रतिशत मात्र हुने र स्वास्थ्यका लागि आवश्यक भएमा मात्र गर्नुपर्ने बताए । ...


आज विश्व मानसिक स्वास्थ्य दिवस, नेपालमा पनि मनाइँदै

Posted: 2018-10-10 14:16:20

सुनाखरी न्युज/ काठमाडौं - विश्व मानसिक स्वास्थ्य दिवस आज नेपालसहित विश्वभर मनाईँदैछ । हरेक वर्ष अक्टोबर १० का दिन मानसिक स्वास्थ्यबारे जनचेतना फैलाउने उद्देश्यसहित दिवस मनाउने गरिएको छ । मानसिक ...


Advertisements