स्वास्थ्य-जीवनशैली

योनीवाट सेतो पानी बग्छ, यो समस्याबाट मुक्त हुन के गर्नुपर्ला ? के यौनसम्पर्कले यस्तो भएको हो ?

Posted: 2018-10-06 07:16:21

 
सुनाखरी न्युज/
काठमाडौं-
प्रश्न स्म १९ वर्षीया युवती हुँ । मेरो नौ महिनाको छोरा छ । सुत्केरी भएको दुई महिनापछि यौनसम्पर्क भएको थियो । एक महिनादेखि मेरो योनिबाट सेतो पानी बग्छ । यो समस्याबाट मुक्त हुन के गर्नुपर्ला रु के यौनसम्पर्कले यस्तो भएको हो ?
 
सानै उमेरमा विवाह
आमा बन्नु आफैंमा नारी यौनिकताको एउटा उत्कृष्ट अभिव्यक्ति हो । त्यसैगरी कसैको पिता हुनु पनि उसको यौनिकताको उत्कृष्ट अभिव्यक्ति हो ।
 
यथार्थ के हो भने यौनको परिणतिका रूपमा शिशुको जन्म हुन्छ । यो वंश परम्पराका लागि आवश्यक अनि प्रकृति निर्दे्शित कुरा हो । यो एउटा सृष्टि हो । त्यसैले कुनै पनि समाजमा सन्तानको जन्मलाई विशेष महत्व दिइन्छ ।
 
तपाईंले आफ्नो अनि श्रीमान्को पारिवारिक पृष्ठभूमिका बारेमा कुनै जानकारी दिनुभएको छैन । सानै उमेरमा सन्तान जन्माउनु आमा र शिशुको स्वास्थ्यका दृष्टिले खासै राम्रो मानिँदैन । अझ एकल परिवारमा भएको स्थिति दैनिक जीवनका आवश्यकता एवं वृत्तिविकासका कुरा पूरा गर्न नै गाह्रो हुन्छ । आफू पर्याप्त रूपमा परिपक्व नभैसकेकाले अभिभावकत्वको भूमिका पनि राम्रोसँग निर्वाह गर्न सकिँदैन ।
 
 
 
सुत्केरी समयमा यौनसम्पर्क
धेरै दम्पतीको मनमा प्रश्न उब्जन्छ, शिशु जन्मिएपछि कहिलेदेखि पुनस् यौनसम्पर्क सुरु गर्नु उपयुक्त हुन्छ ? सबैका लागि यति नै समय भनेर तोक्नु मनासिब नहोला । सजिलो रूपमा भन्नुपर्दा दुवैले उपयुक्त मानेपछि । कतिपयले ६ हप्तालाई यौनसम्पर्क सुरु गर्न सकिने समय मानेका छन् । कतिपयले ६ हप्तासम्म पर्खनु नपर्ने कुरा गरेका छन् भने कतिले अझ बढी समय पर्खनु उचित भएको बताएको पाइन्छ।
 
विभिन्न तर्क भए पनि सर्वप्रथम सुत्केरी अवस्थामा रहेकी आमा शारीरिक तथा मानसिक दुवै रूपमा तयार हुनु महत्वपूर्ण कुरा हो । शारीरिक तथा मानसिक रूपमा तयार हुनुभन्दा पहिले नै श्रीमतीले यौनसम्पर्क राख्ने इच्छा देखाए वा दबाब दिए के गर्ने भन्ने भय कतिपय महिलामा हुन सक्छ र यो निकै असजिलो परिस्थिति हो ।
 
 
 
त्यसैले आफ्ना मनमा भएको दुस्ख अनि अप्ठयाराहरूलाई पतिपत्नीले एक–अर्कासामु खुलस्त व्यक्त गर्नुपर्छ र कुराकानीकै माध्यमबाट समाधान खोज्नुपर्छ । यौन क्रियाकलापमा संलग्न हुन दुवै जना तयार भएको स्थितिमा यसका लागि दुवैले केही समय निकाल्नुपर्छ ।
 
कुराकानी, स्पर्श, अंकमालजस्ता कतिपय कुरा आत्मीयता अनि यौन क्रियाकलाप अघि बढाउन सहयोगी हुन्छन् । तुरुन्तै पूर्ण यौनसम्पर्कमा संलग्न भैहाल्नुपर्छ भन्ने केही छैन । आशा गर्छु, तपाईंको यौनसम्पर्क तपाईंको इच्छामै भएको थियो ।
 
 
 
सुरुका केही दिनमा हुने प्रसवपछिको श्राव बन्द भएपछि कतिपय महिलाले योनिमा सुख्खापन महसुस गर्न सक्छन् । योनि सुख्खा भएको अनुभव छ भने, प्(थ् वभििथ वा अन्य कुनै चिल्लो पदार्थले यौनाङ्गको स्पर्श वा लिङ्ग प्रवेशलाई सजिलो बनाउन सक्छ । केगेल कसरत पनि एकदमै लाभदायक हुन्छ ।
 
यसले योनि तथा भग क्षेत्रको मांसपेशीलाई बलियो बनाउन सहयोग गर्छ । यौन उत्तेजना भएको स्थितिमा गर्भावस्थाभन्दा पहिलेको जस्तो पूर्ण र शारीरिक रूपमा सक्रिय किसिमको यौनसम्पर्कमा संलग्न हुनुपर्छ भन्ने छैन । कोमल तरिकाले विस्तारै अघि बढ्नु श्रेयस्कर हुन्छ ।
 
त्यस क्रममा स्पर्श, अंकमाल अति यौनाङ्गको हल्का स्पर्श अनि सहजता हेरी अघि बढ्ने सजिलो आसनको प्रयोग गर्न सकिन्छ । असजिलो भए सम्पर्क बन्द गर्ने, बेस्सरी थाकेका बेला यौनसम्पर्क गर्नबाट जोगिनुपर्छ ।
 
थकान यौन क्रियाकलापमा संलग्न हुन बाधक हुन्छ । राम्रो कुरा के भने नवजात शिशु प्रशस्तै सुत्छ । थाक्नुभन्दा पहिले नै शिशु सुतेको समय निकाल्नु सहयोगी हुन्छ ।
 
शिशु सुत्नासाथ आफूले पनि केही आराम गर्दा थकान हटाउन मद्दत पुग्छ । हल्का र थोरै तर पटक–पटक खानु वा पिउनु पनि सहयोगी हुन्छ । शिशु हेरिदिने कोही भए त्यसको उपयोग आरामका लागि गरे सहयोग पुग्छ । पोषणमा विशेष ध्यान पुर्‍याउनुपर्छ ।
 
 
 
सेतो पानी बगेको निको पार्न के गर्ने ?
स्वभाविक रूपमा योनि ओसिलो नै हुन्छ । योनिबाट सेतो पानीजस्तो पदार्थ बग्नुलाई योनिश्राव भनिन्छ तर त्यसको अर्थ सधैं नै रोग लागेको भन्ने हुँदैन । योनिश्राव हाम्रो सामान्य शारीरिक क्रियासँगै स्वभाविक रूपमा हुन्छ । यस्तो स्वभाविक योनिश्राव महिनावारी हुने बेला वा यौन उत्तेजना भएका बेला बढी देखिन्छ ।
 
 
 
पाठेघरको मुखबाट हुने श्राव यस्तै महिनावारी भएको एक हप्तापछि सुरु भएर डिम्ब निष्कासनको बेलासम्म हुन्छ । यौन उत्तेजनाका बेला यसरी योनिश्राव हुनुको कारण यौनसम्पर्कलाई सजिलो बनाउनुका साथै शुक्रकीटका लागि अनुकूल स्थिति सिर्जना गर्नु पनि हो । स्वभाविक किसिमको योनिश्रावका लागि कुनै किसिमको उपचारको आवश्यकता पर्दैन ।
 
त्यसबाहेक प्रजनन अङ्गका संक्रमणहरू, जसमा यौनरोग पनि पर्छ, अस्वभाविक योनिश्राव हुने प्रमुख कारण हुन् । सामान्य रूपमा योनिवाट आउने श्रावभन्दा धेरै बढी मात्रामा आउने, गन्हाउने किसिमको वा मैलो किसिमको योनिश्राव हुन थाले त्यसलाई अस्वाभाविक योनिश्रावका रूपमा बुझ्नुपर्छ ।
 
 
 
गन्हाउने र छिनछिनमा पानी आउनेदेखि अन्य कुरा पनि हुने भए तपाईंले त्यसका सम्बन्धमा पर्याप्त जानकारी दिनुभए समस्या पहिचान गर्न सजिलो हुने थियो । यौन अंगको सरसफाइको कमी तथा कमजोर स्वास्थ्यले पनि प्रजनन अङ्गको संक्रमण वृद्धि गर्छ । दिनहुँ पेन्टी तथा भित्री पहिरन फेर्नुपर्छ । यस्ता भित्री पहिरन सुतीको हुनु आवश्यक छ ।
 
यौनसम्पर्कका कारण यौन रोग हुने भएकाले हामी यौनसम्पर्कका कारणले भन्न सक्छौं । यौन संक्रमण कि प्रजनन अङ्गको संक्रमण वा अन्य केही समस्या, त्यसको पहिचान गर्न स्त्रीरोग विशेषज्ञको सल्लाहमा योनिश्रावको परीक्षणका साथै अन्य परीक्षण पनि गराउनु बेस हुन्छ ।
 
 एजेन्सीको सहयोगमा



More News



स्वास्थ्य मन्त्रालयद्वारा दुई दिनभन्दा बढी ओपीडी बन्द नगर्न सरकारी अस्पताललाई परिपत्र

Posted: 2018-10-16 12:15:13

सुनाखरी न्युज/ काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दसैंको समयमा दुई दिनभन्दा बढी बहिरंग सेवा (ओपिडी) बन्द नगर्ने निर्णय गरेको छ ।मन्त्रालयले दसैं तथा तिहारमा बढीमा लगातार दुई दिन भन्दा बढी बहिरंग सेवा बन्द गर्न नहुने निर्णय गरेको हो ।


दशैंमा यस्ता गल्ति हुन सक्छन, वेलैमा सजग वनौं

Posted: 2018-10-15 06:22:23

डा. केदार सेन्चुरी/ काठमाडौं- दशैंमा हामी आ(आफ्नो कामधन्दाबाट विश्राम लिन्छौं । काम, कमाई सबैको तनावबाट मुक्त भएर दशैं मनाईन्छ । आफन्तसँग भेटघाट गरिन्छ, मिठो(मसिनो खाइन्छ, रमाइलो गरिन्छ । भनौं, विन्दस ढंगले चाडको उल्लासमा हराउँछौं । तर, यतिबेला हामी आफ्नो स्वास्थ्यको भने उति ख्याल गर्दैनौं । खाने, बस्ने, सुत्ने समय तालिका मिल्दैन । आवश्यकभन्दा बढी खान्छौं । ...


एमबीबीएस अध्ययन शुल्क बढाउन नपाइने, यसअघि नै बढी लिने कलेजले तत्कालन फिर्ता गर्नुपर्ने निर्णय

Posted: 2018-10-15 05:56:28

सुनाखरी न्युज/ काठमाडौं- सरकारले एमबीबीएस अध्ययन शुल्क नबढाउने निर्णय गरेको छ । साथै कुनै कलेजले विद्यार्थीहरुबाट बढी रकम लिएको भए फिर्ता गर्नु पर्ने मन्त्रिपरिषद्को निर्णय छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले एमबीबीएस अध्ययनको शुल्क नबढाउने निर्णय गरेको हो । चिकित्सा शिक्षा आयोग गठन नभएको लगायतका कारण शुल्क नबढाउने निर्णय गरिएको शिक्षामन्त्री गिरिराजमणि पोखरेलले बताए ।...


पेट चिरेर बच्चा जन्माउने दर किन बढ्दैछ चिन्ताजनक रूपमा ?

Posted: 2018-10-13 07:22:46

सुनाखरी न्युज/ काठमाडौं — सिजेरियन सेक्सन अर्थात् आमाको पेट चिरेर बच्चा जन्माउने दर महामारीको अनुपातमा फैलिएको र यो चिन्ताजनक रूपमा प्रयोग भइरहेको विज्ञहरूले बताएका छन् । आमा र बच्चाको सुरक्षाका लागि सिजेरियन सेक्सन एक महत्त्वपूर्ण प्रक्रिया हो । उदाहरणका लागि, जन्मअघि बच्चालाई अप्ठ्यारो परिरहेको छ वा आमाको रक्तस्राव भइरहेको छ भने यसको आवश्यकता पर्छ । तर विज्ञहरूले यस्तो अवस्था १० देखि १५ प्रतिशत मात्र हुने र स्वास्थ्यका लागि आवश्यक भएमा मात्र गर्नुपर्ने बताए । ...


आज विश्व मानसिक स्वास्थ्य दिवस, नेपालमा पनि मनाइँदै

Posted: 2018-10-10 14:16:20

सुनाखरी न्युज/ काठमाडौं - विश्व मानसिक स्वास्थ्य दिवस आज नेपालसहित विश्वभर मनाईँदैछ । हरेक वर्ष अक्टोबर १० का दिन मानसिक स्वास्थ्यबारे जनचेतना फैलाउने उद्देश्यसहित दिवस मनाउने गरिएको छ । मानसिक ...


Advertisements