स्वास्थ्य-जीवनशैली

भिटामिन ए कार्यक्रम कात्तिकको १४ र १५ गते सञ्चालन हुने

Posted: 2018-10-04 09:04:21

सुनाखरी न्युज/ काठमाडौं - स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने कार्यक्रमलाई दुई साता पछाडि सारेको छ। पूर्व निर्धा्रित समय कात्तिक २ र ३ गते दशैं परेपछि महाशाखाले मिति सारेको हो। महाशाखाका अनुसार भिटामिन ए कार्यक्रम अब कात्तिक १४ र १५ गते सञ्चालन हुने छ। महाशाखाका निर्देशक डा आरपी बिच्छाले हरेक वर्षजस्तै ६ देखि ५९ महिनाका बालबालिकाकालागि भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने कार्यक्रम रहेको छ। यसका साथै शिशु तथा बाल्यकालिन पोषण बालभिटा समुदाय प्रवद्र्धन कार्यक्रम लागू भएका जिल्लामा ६ देखि २३ महिनाका बालबालिकालाई बालभिटा खुवाउने कार्यक्रम समेत रहेको बताए। 
 
 
उनले सो कार्यक्रमका लागि आवश्यक पर्ने भिटामीन ए, जुकाको औषधि र बालभिटा केन्द्रीय मेडिकल स्टोरबाट सबै क्षेत्रीय मेडिकल स्टोरमा पठाइसकेको जानकारी दिए। महाशाखाले प्रादेशिक स्वास्थ्य निर्देशनाललाई सम्बन्धीत प्रदेशको सामाजिक विकास मन्त्रालयसँग समन्वय गरी गाउँपालिका र नगरपालिकामा पनि आवश्यक प्रक्रिया अगाडि बढाउन भनिसकेको छ। चालू आर्थिक वर्षमा पोषणजन्य औषधि तथा उपकरणलगायतका सामग्री ढुवानीको लागि आवश्यक बजेट सम्बन्धीत प्रदेशमा पठाइएकोले उक्त सामग्रीहरुको ढुवानी पनि प्रदेशमार्फत गराउन महाशाखाले सबै प्रदेशमा पत्र पठाएको छ।



More News



स्वास्थ्य मन्त्रालयद्वारा दुई दिनभन्दा बढी ओपीडी बन्द नगर्न सरकारी अस्पताललाई परिपत्र

Posted: 2018-10-16 12:15:13

सुनाखरी न्युज/ काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दसैंको समयमा दुई दिनभन्दा बढी बहिरंग सेवा (ओपिडी) बन्द नगर्ने निर्णय गरेको छ ।मन्त्रालयले दसैं तथा तिहारमा बढीमा लगातार दुई दिन भन्दा बढी बहिरंग सेवा बन्द गर्न नहुने निर्णय गरेको हो ।


दशैंमा यस्ता गल्ति हुन सक्छन, वेलैमा सजग वनौं

Posted: 2018-10-15 06:22:23

डा. केदार सेन्चुरी/ काठमाडौं- दशैंमा हामी आ(आफ्नो कामधन्दाबाट विश्राम लिन्छौं । काम, कमाई सबैको तनावबाट मुक्त भएर दशैं मनाईन्छ । आफन्तसँग भेटघाट गरिन्छ, मिठो(मसिनो खाइन्छ, रमाइलो गरिन्छ । भनौं, विन्दस ढंगले चाडको उल्लासमा हराउँछौं । तर, यतिबेला हामी आफ्नो स्वास्थ्यको भने उति ख्याल गर्दैनौं । खाने, बस्ने, सुत्ने समय तालिका मिल्दैन । आवश्यकभन्दा बढी खान्छौं । ...


एमबीबीएस अध्ययन शुल्क बढाउन नपाइने, यसअघि नै बढी लिने कलेजले तत्कालन फिर्ता गर्नुपर्ने निर्णय

Posted: 2018-10-15 05:56:28

सुनाखरी न्युज/ काठमाडौं- सरकारले एमबीबीएस अध्ययन शुल्क नबढाउने निर्णय गरेको छ । साथै कुनै कलेजले विद्यार्थीहरुबाट बढी रकम लिएको भए फिर्ता गर्नु पर्ने मन्त्रिपरिषद्को निर्णय छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले एमबीबीएस अध्ययनको शुल्क नबढाउने निर्णय गरेको हो । चिकित्सा शिक्षा आयोग गठन नभएको लगायतका कारण शुल्क नबढाउने निर्णय गरिएको शिक्षामन्त्री गिरिराजमणि पोखरेलले बताए ।...


पेट चिरेर बच्चा जन्माउने दर किन बढ्दैछ चिन्ताजनक रूपमा ?

Posted: 2018-10-13 07:22:46

सुनाखरी न्युज/ काठमाडौं — सिजेरियन सेक्सन अर्थात् आमाको पेट चिरेर बच्चा जन्माउने दर महामारीको अनुपातमा फैलिएको र यो चिन्ताजनक रूपमा प्रयोग भइरहेको विज्ञहरूले बताएका छन् । आमा र बच्चाको सुरक्षाका लागि सिजेरियन सेक्सन एक महत्त्वपूर्ण प्रक्रिया हो । उदाहरणका लागि, जन्मअघि बच्चालाई अप्ठ्यारो परिरहेको छ वा आमाको रक्तस्राव भइरहेको छ भने यसको आवश्यकता पर्छ । तर विज्ञहरूले यस्तो अवस्था १० देखि १५ प्रतिशत मात्र हुने र स्वास्थ्यका लागि आवश्यक भएमा मात्र गर्नुपर्ने बताए । ...


आज विश्व मानसिक स्वास्थ्य दिवस, नेपालमा पनि मनाइँदै

Posted: 2018-10-10 14:16:20

सुनाखरी न्युज/ काठमाडौं - विश्व मानसिक स्वास्थ्य दिवस आज नेपालसहित विश्वभर मनाईँदैछ । हरेक वर्ष अक्टोबर १० का दिन मानसिक स्वास्थ्यबारे जनचेतना फैलाउने उद्देश्यसहित दिवस मनाउने गरिएको छ । मानसिक ...


Advertisements