स्वास्थ्य-जीवनशैली

सरकारले मलाई ब्ल्याकमेलिङ गर्‍यो : डा. गोविन्द केसी

Posted: 2018-09-28 15:22:27

सुनाखरी न्युज/ काठमाडौ - चिकित्सा शिक्षा विधेयक कार्यान्वयनको माग गर्दै आएका डा.गोविन्द केसीले आफुसँग ब्ल्याकमेलिङ गरेको बताएका छन् । शुक्रबार पत्रकार सम्मेलन गर्दै डा.केसीले सरकारले आफ्ना माग सम्बोधन गर्ने आश्वासन दिएपनि अहिले सम्म पूरा नगरेर ब्ल्याकमेलिङ गरेको आरोप लगाएका हुन् । सरकारले माग सम्बोधन गर्ने सवालमा बारबार धोका दिएको छ पत्रकार सम्मेलनमा केसीले भने, त्यसकारण जुन सुकै समयमा पनि १६ औं अनशन सुरु गर्नसक्छु । उनले अबको अनसन कहाँ र कहिले बस्ने भन्ने कुराको बारेमा जानकारी कसैलाई नदिने पनि बताए । गलत नेतृत्व र गलत नेताको कारण माग सम्बोधन नभएको भन्दै डा। केसीले सत्तामा रहेका पार्टीभित्र भ्रष्ट नेता भएको भएको भन्दै सरकार जनताप्रति उदासिन रहेको टिप्पणी गरे । पत्रकार सम्मेलनमा उनले शिक्षामन्त्री गिरिराजमणि पोखरेलले चिकित्सा शिक्षा सम्बन्धि आफुले उठाएका माग सम्बोधन गर्न चासो नदेखाएकाले मन्त्री पोखरेलको राजीनामा समेत मागे । 
 
 
अध्यादेशलाई तोडमोड गरेर संसदमा विधेयक प्रस्तुत गर्नु र चिकित्सा शिक्षा ऐन बनाउने दायित्व बोकेका सरकारी विभागीय मन्त्री नै प्रधानमन्त्री स्वयंको पहलमा भएको सम्झौताविरुद्ध संसदको शिक्षा तथा स्वास्थ्य समितिमा विचाराधीन रहेको विधेयकमा अवरोध गर्नु गैरजिम्मेवारपूर्ण भएकाले शिक्षामन्त्री पोखरेल सो पदमा रहिरहनु नैतिक रुपमा अशोभनीय हुन्छ केसीले विज्ञप्तिमा भनेका छन् । डा.केसीसँग १५ औं अनसनका क्रममा सरकारले गरेको सहमतिअनुसार शिक्षा विद्येयक संसदबाट पारित गर्नुपर्नेमा नगरिएकोमा डा.केसीले आपत्ति जनाएका छन ।  सो विद्येयक अहिले शिक्षा तथा स्वास्थ्य समितिमा विचाराधीन रहेको छ । 
 
 
 



More News



स्वास्थ्य मन्त्रालयद्वारा दुई दिनभन्दा बढी ओपीडी बन्द नगर्न सरकारी अस्पताललाई परिपत्र

Posted: 2018-10-16 12:15:13

सुनाखरी न्युज/ काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दसैंको समयमा दुई दिनभन्दा बढी बहिरंग सेवा (ओपिडी) बन्द नगर्ने निर्णय गरेको छ ।मन्त्रालयले दसैं तथा तिहारमा बढीमा लगातार दुई दिन भन्दा बढी बहिरंग सेवा बन्द गर्न नहुने निर्णय गरेको हो ।


दशैंमा यस्ता गल्ति हुन सक्छन, वेलैमा सजग वनौं

Posted: 2018-10-15 06:22:23

डा. केदार सेन्चुरी/ काठमाडौं- दशैंमा हामी आ(आफ्नो कामधन्दाबाट विश्राम लिन्छौं । काम, कमाई सबैको तनावबाट मुक्त भएर दशैं मनाईन्छ । आफन्तसँग भेटघाट गरिन्छ, मिठो(मसिनो खाइन्छ, रमाइलो गरिन्छ । भनौं, विन्दस ढंगले चाडको उल्लासमा हराउँछौं । तर, यतिबेला हामी आफ्नो स्वास्थ्यको भने उति ख्याल गर्दैनौं । खाने, बस्ने, सुत्ने समय तालिका मिल्दैन । आवश्यकभन्दा बढी खान्छौं । ...


एमबीबीएस अध्ययन शुल्क बढाउन नपाइने, यसअघि नै बढी लिने कलेजले तत्कालन फिर्ता गर्नुपर्ने निर्णय

Posted: 2018-10-15 05:56:28

सुनाखरी न्युज/ काठमाडौं- सरकारले एमबीबीएस अध्ययन शुल्क नबढाउने निर्णय गरेको छ । साथै कुनै कलेजले विद्यार्थीहरुबाट बढी रकम लिएको भए फिर्ता गर्नु पर्ने मन्त्रिपरिषद्को निर्णय छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले एमबीबीएस अध्ययनको शुल्क नबढाउने निर्णय गरेको हो । चिकित्सा शिक्षा आयोग गठन नभएको लगायतका कारण शुल्क नबढाउने निर्णय गरिएको शिक्षामन्त्री गिरिराजमणि पोखरेलले बताए ।...


पेट चिरेर बच्चा जन्माउने दर किन बढ्दैछ चिन्ताजनक रूपमा ?

Posted: 2018-10-13 07:22:46

सुनाखरी न्युज/ काठमाडौं — सिजेरियन सेक्सन अर्थात् आमाको पेट चिरेर बच्चा जन्माउने दर महामारीको अनुपातमा फैलिएको र यो चिन्ताजनक रूपमा प्रयोग भइरहेको विज्ञहरूले बताएका छन् । आमा र बच्चाको सुरक्षाका लागि सिजेरियन सेक्सन एक महत्त्वपूर्ण प्रक्रिया हो । उदाहरणका लागि, जन्मअघि बच्चालाई अप्ठ्यारो परिरहेको छ वा आमाको रक्तस्राव भइरहेको छ भने यसको आवश्यकता पर्छ । तर विज्ञहरूले यस्तो अवस्था १० देखि १५ प्रतिशत मात्र हुने र स्वास्थ्यका लागि आवश्यक भएमा मात्र गर्नुपर्ने बताए । ...


आज विश्व मानसिक स्वास्थ्य दिवस, नेपालमा पनि मनाइँदै

Posted: 2018-10-10 14:16:20

सुनाखरी न्युज/ काठमाडौं - विश्व मानसिक स्वास्थ्य दिवस आज नेपालसहित विश्वभर मनाईँदैछ । हरेक वर्ष अक्टोबर १० का दिन मानसिक स्वास्थ्यबारे जनचेतना फैलाउने उद्देश्यसहित दिवस मनाउने गरिएको छ । मानसिक ...


Advertisements