स्वास्थ्य-जीवनशैली

गोविन्द केसीले भने कुनै पनि बेला वार्ताका लागि तयार छौं

Posted: 2018-07-11 10:11:04

 
सुनाखरी न्युज/
काठमाडौं-
चिकित्सा क्षेत्र सुधारसम्बन्धी माग राखेर जुम्लामा आमरण अनशनरत डा. गोविन्द केसीले आफू वार्ताका लागि तयार रहेको बताएका छन् ।
 
वार्ताका लागि गोविन्द केसी तयार नभएको सरकारी भनाइ प्रकाशमा आइरहेका बेला केसीले विज्ञप्तिमार्फत त्यसको खण्डन गरेका छन् । उनले आफू वार्ताका लागि सधैं तयार रहेको भन्दै सरकारलाई यसको गृहकार्यमा जुट्न आग्रह गरेका छन् ।
 
 
 
 
‘यतिका दिनसम्म संवेदनहीन र गैरजिम्मेवारीपूर्ण रुपमा माग पूरा गर्न कुनै पहल नगरेको सरकारका तर्फबाट जिम्मेवार व्यक्तिहरुले हामी वार्तामा आउन नचाहेको भनेर दिएको अभिव्यक्तिप्रति हाम्रो ध्यानाकर्षण भएको छ’, केसीद्वारा बुधबार बिहान जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘हामी कुनै पनि बेला वार्ताका लागि तयार छौं ।’
 
केसीले सरकार तयार भएको अवस्थामा तत्काल वार्ता टोली पठाउने समेत प्रष्ट पारेका छन् ।
 
दलीय वा अन्य स्वार्थ वा पूर्वाग्रह छाडेर तीन करोड नेपालीको हित सुनिश्चित हुने गरी सोच्न पनि उनले सरकारलाई सुझाएका छन् ।
 
चिकित्सा शिक्षा ऐन तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम शुरु हुनुपर्ने लगायत माग राखेर जुम्लामा डा. केसी अनशन बसेको आज १२ दिन पुगेको छ । उनको स्वास्थ्य बिग्रिँदै गएको छ ।



More News



उपक्षेत्रीय अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाइने

Posted: 2018-09-24 14:41:55

सुनाखरी न्युज/ दाङ - दाङको राप्ती उपक्षेत्रीय अस्पताललाई अब राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाइने भएको छ । स्वास्थ्य मन्त्रालयले अस्पतालका सम्पत्ति र दायित्व सबै हस्तान्तरण गर्न निर्देशन दिएपछि यही असोज १२ गते उपक्षेत्रीय ...


ग्रीन सिटी अस्पतालले भित्र्यायो नयाँ सिटी स्क्यान मेसिन

Posted: 2018-09-23 14:51:34

सुनाखरी न्युज/ काठमाडौँ - ग्रीन सिटी अस्पतालले नयाँ मोडलको सिटी स्क्यान मेसिन भित्र्याएको गरेको छ । विगत ६ वर्षदेखि संचालनमा आएको अस्पतालले पहिला सिङ्गल स्लाइस भएको सिटी स्क्यान मेसिन सञ्चालन गर्दै आएको थियो ...


यसरी उमार्न सकिन्छ कपाल

Posted: 2018-09-22 06:41:16

डा. प्रकृति ज्ञवाली/ छाला तथा यौन रोग विशेषज्ञ एवं कस्मेटोलोजिष्ट तथा लेजर विशेषज्ञ- प्लेटिलेट रिच प्लाज्मालाई छोटकरीमा पिआरपी भनिन्छ । प्रशोधित पिआरपी कपाल उमार्न छालामा हालिन्छ । पिआरपी भनेकै प्लाज्मा हो, जसमा प्लेटिलेट कोषिकाको मात्रा धेरै हुन्छ । त्यसैले कपालमा मलजल गर्ने यो किसिमको तरिकालाई पिआरपी गर्ने भनिएको हो । ...


रजनोवृत्ति : नबुझी नहुने कुरा

Posted: 2018-09-19 06:10:35

गणेश दंगाल, वरिष्ठ स्त्रीरोग विशेषज्ञ- नेपाली समाजमा व्याप्त लैंगिक विभेदको असर महिला स्वास्थ्यमा पनि परेको छ। विशेषगरी पहाडी तथा विकट जिल्लाका महिलाहरूमा यसको असर बढी देखिन्छ। महिला स्वास्थ्यको प्रसंगमा महिनावारी अर्थात् रजश्वला एउटा महत्वपूर्ण विषयमा पर्छ। महिनावारीभित्र रजनोवृत्तिको कुरा पनि आउँछ । रजनोवृत्तिपछि महिलाहरूले शारीरिक, मानसिक तथा सामाजिक बाधा, व्यवधान झेल्ने गरेका छन्।...


चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्समा उपकुलपति सिफारिश

Posted: 2018-09-18 14:11:42

सुनाखरी न्युज/ काठमाडौं - चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को उपकुलपति पदमा तीनजना चिकित्सकलाई सिफारिश गरिएको छ । छनोट समितिका सदस्य एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका कामु सचिव ...


Advertisements