स्वास्थ्य-जीवनशैली

गर्भपतनले महिलामा मनोवैज्ञानिक समस्या

Posted: 2018-07-09 10:44:57

सुनाखरी न्युज/ काठमाडौं - गर्भपतनले कानूनी मान्यता पाएपछि यसको दर बढ्नुका साथै महिलामा मनोवैज्ञानिक समस्यासमेत बढ्दै गएको पाइएको छ । क्रियाशील पत्रकार महिला डब्लुडब्लुजेले बल्खुस्थित बयोधा अस्पतालमा आयोजना गरेको सण्डे क्लब कार्यक्रममा प्रा डा मीरा हाडाले बढ्दो गर्भपतन लाई रोक्न महिलालाई परिवार नियोजन सम्बन्धि परामर्श दिनुपर्नेमा जोड दिइन । उनले विज्ञापनका पछाडि लागेर महिलाले प्रयोग गर्ने विभिन्न परिवार नियोजनका सामग्रीले महिलाको स्वास्थ्यमा झनै ठूलो असर पर्दै गएको बताइन । गर्भावस्थामा महिलामा देखापर्ने विभिन्न रोगका कारण शल्यक्रियामार्फत प्रसूति गराउने दर बढेको प्रा डा हाडाको भनाइ छ । उनका अनुसार हाल करीब ४७ प्रतिशत महिलाको शल्यक्रियामार्फत प्रसूति गराउने गरिएको छ । झन्डै तीन दशकदेखि स्त्री तथा प्रसूति रोगको उपचारमा समर्पित प्रा डा हाडा पहिलेपहिले महिलामा अज्ञानताका कारण स्वास्थ्य समस्या हुने गरेपनि हिजोआज शिक्षित र सचेत भएका कारण यस्ता समस्या घट्दै गएको बताइन । 
 
 
महिलाले गर्भाधान गर्नु अगाडिदेखि नै चिकित्सकको सल्लाह लिएमा थुप्रै समस्या कम गर्न सकिन्छ, उनले भनिन । कार्यक्रममा क्रियाशील पत्रकार महिलाकी अध्यक्ष अमिका राजथलाले संस्थाले गर्दै आएको सन्डे क्लब र यसको उद्देश्यका बारेमा जानकारी गराएकी थिइन । कार्यक्रममा विभिन्न सञ्चार माध्यममा कार्यरत २५ पत्रकार महिलाको स्वास्थ्य परीक्षण गरिएको थियो ।



More News



यसरी उमार्न सकिन्छ कपाल

Posted: 2018-09-22 06:41:16

डा. प्रकृति ज्ञवाली/ छाला तथा यौन रोग विशेषज्ञ एवं कस्मेटोलोजिष्ट तथा लेजर विशेषज्ञ- प्लेटिलेट रिच प्लाज्मालाई छोटकरीमा पिआरपी भनिन्छ । प्रशोधित पिआरपी कपाल उमार्न छालामा हालिन्छ । पिआरपी भनेकै प्लाज्मा हो, जसमा प्लेटिलेट कोषिकाको मात्रा धेरै हुन्छ । त्यसैले कपालमा मलजल गर्ने यो किसिमको तरिकालाई पिआरपी गर्ने भनिएको हो । ...


रजनोवृत्ति : नबुझी नहुने कुरा

Posted: 2018-09-19 06:10:35

गणेश दंगाल, वरिष्ठ स्त्रीरोग विशेषज्ञ- नेपाली समाजमा व्याप्त लैंगिक विभेदको असर महिला स्वास्थ्यमा पनि परेको छ। विशेषगरी पहाडी तथा विकट जिल्लाका महिलाहरूमा यसको असर बढी देखिन्छ। महिला स्वास्थ्यको प्रसंगमा महिनावारी अर्थात् रजश्वला एउटा महत्वपूर्ण विषयमा पर्छ। महिनावारीभित्र रजनोवृत्तिको कुरा पनि आउँछ । रजनोवृत्तिपछि महिलाहरूले शारीरिक, मानसिक तथा सामाजिक बाधा, व्यवधान झेल्ने गरेका छन्।...


चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्समा उपकुलपति सिफारिश

Posted: 2018-09-18 14:11:42

सुनाखरी न्युज/ काठमाडौं - चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को उपकुलपति पदमा तीनजना चिकित्सकलाई सिफारिश गरिएको छ । छनोट समितिका सदस्य एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका कामु सचिव ...


विश्वमा दुर्लभ मानिएको उपचार ग्राण्डीमा सफलता पुर्वक सम्पन्न, दुर्घटनामा परी घाइते युवकले पाए नयाँ जीवन

Posted: 2018-09-16 10:21:20

सुनाखरी न्युज/ काठमाडौ - काठमाडौको धापसी स्थीत ग्रान्डी अन्तराष्ट्रिय अस्पतालले बिभिन्न कारणले मुटुमा चोट लागे पश्चात एओर्टा च्यातीएर हुने गम्भीर चोटको उपचार नेपालमानै पहिलो पटक सफलता पुर्वक सम्पन्न ...


स्वास्थ्य क्षेत्रमा बन्द, हड्ताल गर्न नपाईने

Posted: 2018-09-14 12:52:37

सुनाखरी न्युज/ काठमाडौ - सर्वोच्च अदाततले स्वास्थ्य सेवा बन्द हड्ताल जस्ता कार्य नगर्न नेपाल चिकित्सक सङ्घको नाममा आदेश जारी गरेको छ ।न्यायाधीश दीपकराज जोशीको एकल इजलासले स्वास्थ्य सेवा जस्तो आधारभूत क्षेत्रमा बन्द ...


Advertisements