स्वास्थ्य-जीवनशैली

डा. गोविन्द केसी अनसन बसेको आज ९ औं दिन, स्वास्थ्य स्थिती नाजुक बन्दै, स्वास्थ्य मन्त्रालयका चिकित्सक बाहिरै

Posted: 2018-07-08 12:53:29

सुनाखरी न्युज/ जुम्ला - प्राध्यापक डा. गोविन्द केसीको अनसनको आज ९ औं दिन भएको छ । गत शनिबार देखि अनसनमा बसेका डा।केसीलाई प्रसासनले जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रसासन कार्यालय र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसन बस्न रोक लगाएपछि कभर्ड हलमा अनसन सुरु गरेका हुन । अनसन बसेको ५ औं दिनमा अस्वस्थ भएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पतालको सघन उपचार कक्षमा भर्ना गरियो । उनको स्वास्थ्य अवस्था दिन प्रतिदिन बिग्रदै गएको डा।ढुण्डिराज पौडेलले जानकारी दिएका छन । १६ गते देखि अनसनरत डा। गोविन्द केसीको स्वास्थ्य अवस्था चिन्ताजन हुदै गएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपकरण अभावका कारणले डा। केसीको स्वास्थ्य अवस्था चिन्ताजन हुँदै गएको उपचारमा खटिएका चिकित्सकले बताएका छन । उहाँको मृगौला, मुटु र स्वास प्रस्वासमा समस्या बढ्दै गएको नेपाल चिकित्सक संघका डा. प्ररास बुढाथोकीले बताउनु भएको छ । अनसनरत डा। गोविन्द केसीको अवस्था  कति वेला के हुन्छ भन्न सक्ने अवस्था नभएको समेत बुढाथोकीले बताउनुभयो ।
 
 
नेपाल सरकारले डा. केसीको जायज मागलाई वेवास्था गरेर अनसन तोडाउने दुस्प्रयास गरेमा जस्तो सुकै निर्णय लिन बाध्ये हुने नेपाल चिकित्सक संघका बरिष्ठ उपाध्यक्ष प्रा. डा. पौडेलले बताउनुभयो । नेपाल सरकारले स्वास्थ्य मन्त्रालय बाट खटाएका दुईजना चिकित्सकलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको मुलद्धार भन्दा भित्र प्रवेश गर्न दिएको छैन ।



More News



कर्मचारी संचयकोषले संचयकर्ताहरु लाई १० लाख सम्मको स्वास्थ्य बीमा गरिदने

Posted: 2018-11-15 15:30:28

सुनाखरी न्युज/ काठमाडौं - कर्मचारी संचयकोषले संचयकर्ताहरुलाई स्वास्थ्य बीमा गरिदिने भएको छ । कोषले सबै संचयकर्तालाई रोग र अवस्था हेरी स्वास्थ्य उपचारको लागि बीमा गरिदिने स्किम ल्याएको छ। कोष र राष्ट्रिय बीमा ...


विश्व मधुमेह दिवस आज विविध कार्यक्रम गरी मनाइँदै

Posted: 2018-11-14 10:15:08

सुनाखरी न्युज/ काठमाडौं - आज विश्व मधुमेह दिवस विविध कार्यक्रम गरी नेपालमा पनि मनाइदैछ । सन् १९९१ देखि मनाउन थालिएको यो दिवसका अवसरमा मधुमेह रोग सम्बन्धी जनचेतना जगाउन विभिन्न कार्यक्रम गरिदै आइएको छ । ...


जनचेतना तथा स्वास्थ्य शिविर सम्पन्न

Posted: 2018-11-14 09:59:08

सुनाखरी न्युज/ रसुवा - नेपाल प्रहरी श्रीमती संघ र नेपाल प्रहरी अस्पतालको संयुक्त तत्वावधानमा मंगलबार रसुवाको स्याफ्रुमा सञ्चालित एकदिने यौनजन्य हिंसा, मानव वेचबिखनविरूद्ध जनचेतना तथा स्वास्थ्य शिविर सम्पन्न भयो । ...


दाजले महामारी रुप लिँदै, सस्तो मल्हमको प्रयोगले थप समस्या

Posted: 2018-11-12 13:15:03

सुनाखरी न्युज/ काठमाडौं - छालासम्बन्धी रोग दाज (छालामा रातो देखिने) ले महामारीको रुप लिन थालेको छ । रुपन्देहीको विभिन्न गाउँपालिका तथा नगरपालिकामा अधिकांशलाई छालामा कनाउने र कनाएपछि आनन्द मिल्ने ...


आज विश्व निमोनिया दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

Posted: 2018-11-12 11:43:04

सुनाखरी न्युज/ काठमाडौं - विश्व निमोनिया दिवस आज ‘निमोनियालाई रोकौं’ भन्ने नाराका साथ नेपालमा पनि मनाइदै छ । निमोनियाबारे चेतना जगाउने उद्देश्यले विश्व स्वास्थ्य संगठनको आब्हानमा हरेक बर्ष नोभेम्बर १२ मा विश्व ...


Advertisements