स्वास्थ्य-जीवनशैली

राजधानी बाहिरको पहिलो अर्थात नेपालको दोस्रो ल्यावको रुपमा नोबेल शिक्षण अस्पतालमा ईपी ल्याव सञ्चालन

Posted: 2018-06-14 11:16:48

सुनाखरी न्युज/ बिराटनगर - मुटुको चाल गढबढी सम्बन्धि उपचारका लागि बिराटनगरको नोबेल शिक्षण अस्पतालले मोफसलमै पहिलो पटक ईपी ल्याव सुरु गरेको छ । राजधानी बाहिरको पहिलो अर्थात नेपालको दोस्रो ल्यावको रुपमा नोबेलले ईपी ल्याव सञ्चालन गरी मुटुको चाल गढबढी सम्बन्धि रोगको दिगो उपचार थालेको हो । मुटुको चाल अत्याधिक बढ्ने समस्या भएका बिरामीले ईपी ल्याव अभाव हुँदा बर्षौदेखि नियमित औषधि सेवन गर्नुपर्ने बाध्यता थियो । यसअघि राजधानीको गंगालाल अस्पतालमा मात्र यो ल्याव रहेकाले उपचारका लागि महिनौ कुर्नुपर्ने समस्या थियो । तर, अव नोबेलले ईपी ल्याव सञ्चालन गरेपछि मुटुको चाल बढेर समस्या झेल्दै आएका बिरामीले सहज रुपमा उपचार पाउँने नोबेल अस्पतालका डा.राजेश नेपाल बताए । सामान्य मानिसको मुटुको चाल ६० देखि १०० सम्म हुन्छ । तर, कतिपयको चाल २०० सम्म पुगेर दैनिक जिवननै प्रभावित हुने गर्छ । धेरै मानिसमा देखिने यो समस्याका कारण अत्याधिक मुटु दुख्ने, चक्कर लाग्ने, बेहोस होलाजस्तो हुने, वाकवाकी लाग्ने जस्ता समस्याले पीडा झेल्दै आएका हुन्छन् ।
 
 
गंगालालले २०६१ सालमा ईपी ल्याव सुरु गरेपनि दक्ष जनशक्ति अभावले १४ बर्षसम्म पनि अन्य अस्पतालमा यो सेवा सुरु नभएको चिकित्सकहरु बताउँछन । नोबेलले दक्ष जनशक्तिको ब्यवस्थापन गरी अमेरिकन मेसिन ल्याएर ईपी ल्याव सुरु गरेपछि बिरामीहरुबाट सकारात्मक प्रतिक्रिया आएकाले आफुहरु उत्साहित बनेको नोबेल अस्पतालका सञ्चालकहरुको भनाई छ ।  
 
 



More News



चिकित्सक संघको आन्दोलन स्थगित, सरकारलाई १५ दिनको अल्टिमेट

Posted: 2018-08-16 19:35:47

सुनाखरी न्युज/ काठमाडौं– मुलुकी अपराध (संहिता) ऐन २०७४ को परिच्छेद (१९) इलाज सम्बन्धी कसूरका केही व्यवस्थाको विरोधमा आन्दोलित चिकित्सकहरुले आन्दोलन स्थगित गरेका छन् । इलाज सम्बन्धी कसूरमा भएका व्यवस्था चिकित्सकहरुलाई अपराधीको शैलीमा व्यवहार गर्नेतर्फ लक्षित भएको भन्दै आन्दोलनमा उत्रिएका थिए ।...


स्वास्थ्य बिमामा करीब छ हजार बढी आबद्ध

Posted: 2018-08-16 14:16:32

सुनाखरी न्युज/ बैतडी - सरकारले विपन्न र गरीब समुदायका नागरिकका लागि गुणस्तरीय उपचार सेवामा पहुँच बढाउने उद्देश्यले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रममा हालसम्म जिल्लामा झण्डै छ हजार व्यक्ति आवद्ध भएका छन । ...


खाना खाने बित्तिकै यसकारण नुहाउनु हुँदैन

Posted: 2018-08-15 13:04:30

सुनाखरी न्युज/ एजेन्सी - खाना खाने बित्तिकै नुहाउन हुँदैन भनेर तपाईंले धेरैजनाले भनेको सुन्नुभएको हो तर यसलाई वञ्चित गरिनुको कारणबारे भने धेरैलाई थाहा नहुन सक्छ । ...


भदौ १ देखि बिरामी नजाँच्ने चिकित्सक संघको चेतावनी, फैजदारी संहिता संशोधन गर्न माग

Posted: 2018-08-14 06:16:11

सुनाखरी न्युज/ काठमाडौं । नेपाल चिकित्सक संघले मुलुकी अपराध (संहिता) ऐन २०७४ संशोधन गर्न माग गरेको छ । नभए भदौ १ देखि एप्रोन र लाइसेन्स नेपाल मेडिकल काउन्सिलमा बुझाउने र विरामी नचाँच्ने चेतावनी दिएको छ ।...


कर्णाली स्वास्थ्य प्रतिष्ठान घटनाको छानबिन गर्न कार्यदल गठन

Posted: 2018-08-12 11:41:42

सुनाखरी न्युज/ सुर्खेत - कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा यही साउन ३ गते भएको घटनाको सत्यतथ्य छानबिन गर्नका लागि तीन सदस्यीय कार्यदल गठन गरिएको छ।कर्णाली प्रदेश सरकारको शनिबार बसेको मन्त्रिपरिषद् बैठकले ...


Advertisements