स्वास्थ्य-जीवनशैली

मुटुलाई स्वास्थ्य राख्न सेवन गर्नुहोस् कालो चिया

Posted: 2018-06-13 15:01:45

 
 
सुनाखरी न्युज 
 
कतिपयले कालो चियालाई दोस्रो दर्जाको चियाको रुपमा लिने गर्दछन् । शरीरलाई स्वस्थ राख्नको लागि कालो चियाले मद्यत गर्छ । मानिसहरुले कालो चियाको सेवन गर्न हिचकिचाउने गर्छन्त्यस्तै कतिपयले कालो चियालाई तौल घटाउने माध्यमको रुपमा लिने भएपनि यसले वास्तवमा तौल भने घटाउँदैन । तर यो स्वास्थ्यको लागि निकै फाइदाजनक छ ।
 
कालो चियामा पाइने फ्लेवनायड एन्टिअक्सिडेन्टको रुपमा काम गर्छ र यसले भिटामीन सी को प्रभावकारीतामा बृद्धि ल्याउँछ । यति मात्रै नभई फ्लेवनायडले मुटुको धमनीको आसपासको तन्तुको पनि रक्षा गर्छ । यसले मुटसँग सम्बन्धीत अन्य रोगहरुलाई पनि कम गर्ने सो अध्ययनले देखाएको छ । कालो चियामा प्रचुर मात्रामा पाइने फ्लेवनाइड र क्वार्सटीन रक्तधमनीलाई स्वस्थ राख्न मद्दत गर्ने एक अनुसन्धानमा पाइएको छ । यूनिभर्सिटी अफ वेस्टर्न अस्ट्रेलियाको स्कूल अफ मेडिसियनमा गरिएको सो अध्ययनका अनुसार यी तत्वहरुले धमनीसम्बन्धी रोगहरुको सम्भावना पनि कम गर्छ ।
 
 



More News



बिहीबार चौथो अन्तर्रा्ष्ट्रिय योग दिवस मनाइने

Posted: 2018-06-20 08:42:11

सुनाखरी न्युज/ काठमाडौं– चौथो अन्तर्रा्ष्ट्रिय योग दिवस मुलुकभर योग र आयुर्वेदसम्बन्धी विभिन्न चेतनामूलक कार्यक्रम गरी बिहीबार मनाइने भएको छ। पतञ्जलि योगपीठ नेपालको आयोजनामा यही असार ७ गते बिहान ६ बजेदेखि ८ बजेसम्म काठमाडौंसहित सबै जिल्लामा एकसाथ योग शिविर सञ्चालन...


रगतमा यसरी बढ्छ कोलेस्ट्रोल, के गर्ने ? के नगर्ने ? पढनुहोस

Posted: 2018-06-19 10:42:57

सुनाखरी न्युज/ काठमाडौ - रातो मासु, अण्डा, दूध, मदिरा आदिको प्रयोगले शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्ने चिकित्सकहरूले बताएका छन ।शरीरमा कोलेस्ट्रोलको उचित व्यवस्थापन र स्वास्थ्य रहनका लागि सागसब्जी र हरियो तरकारी खान उपयुक्त हुन्छ । शाकाहारी पनि सबै प्रडक्ट राम्रो हुँदैनन् । दूधको धेरै प्रयोग गर्दा कोलेस्ट्रोलको मात्रा बढ्न सक्छ। मासुमा बोसोको मात्रा बढी हुने भएकाले शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्छ । माछामा गुड कोलेस्ट्रोल हुने भएकाले यसको प्रयोगले त्यति असर गर्दैन। ...


बिर्सेर पनि फ्रिजमा राख्न नहुने यी खानेकुराहरु

Posted: 2018-06-18 19:10:35

हामी फ्रिजमा फलफूल र सागसब्जीलाई लामो समयसम्म फ्रेश राख्नका लागि राख्छौं । हामीमध्ये प्रायजसो थाहा नहोला कि सबै खानेकुरा फ्रिजमा राख्नु उपयुक्त हुँदैन । खानेकुरालाई धेरै दिनसम्म बचाएर राख्छु भन्दा यसले स्वास्थ्यमा नकारात्मक


आँखा स्वास्थ्य र सुरक्षा सम्बन्धी सार्क सम्मेलन काठमाडौंमा हुने, सम्मेलन आगामी असार ७ गतेदेखि १० गतेसम्म चल्ने

Posted: 2018-06-18 12:43:22

सुनाखरी न्युज/ काठमाडौ - आँखा स्वास्थ्य र सुरक्षा सम्बन्धी सार्क स्तरीय सम्मेलन आगामी असार ७ गतेदेखि १० गतेसम्म काठमाडौंमा हुने भएको छ । सार्क एकडेमी अफ अफ्थाल्मोलोजी र नेपाल अफ्थाल्मिक सोसाइटीले संयुक्त आयोजनमा हुने सम्मेलनमा राष्ट्रिय र अन्तराष्ट्रिय विज्ञले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । सम्मेलनलाई १४ औं द्वैवार्षिक सार्क एकडेमी अफ अफथालमोलजी सम्मेलन २०१८ नामाकरण गरिएको छ । सम्मेलनमा सार्क देश लगायत अमेरिका, बेलायत, रसिया, सेनेगल, जापान, क्यानडा, जर्मनी, चीन, सिंगापुर, दक्षिण कोरिया, ताइवान, इथियोपिया, घाना लगायत देशका आँखा चिकित्सकको सहभागिता रहने छ । ...


राजधानी बाहिरको पहिलो अर्थात नेपालको दोस्रो ल्यावको रुपमा नोबेल शिक्षण अस्पतालमा ईपी ल्याव सञ्चालन

Posted: 2018-06-14 11:16:48

सुनाखरी न्युज/ बिराटनगर - मुटुको चाल गढबढी सम्बन्धि उपचारका लागि बिराटनगरको नोबेल शिक्षण अस्पतालले मोफसलमै पहिलो पटक ईपी ल्याव सुरु गरेको छ । राजधानी बाहिरको पहिलो अर्थात नेपालको दोस्रो ल्यावको रुपमा नोबेलले ईपी ल्याव सञ्चालन गरी मुटुको चाल गढबढी सम्बन्धि रोगको दिगो उपचार थालेको हो । मुटुको चाल अत्याधिक बढ्ने समस्या भएका बिरामीले ईपी ल्याव अभाव हुँदा बर्षौदेखि नियमित औषधि सेवन गर्नुपर्ने बाध्यता थियो । यसअघि राजधानीको गंगालाल अस्पतालमा मात्र यो ल्याव रहेकाले उपचारका लागि महिनौ कुर्नुपर्ने समस्या थियो । ...


Advertisements