स्वास्थ्य-जीवनशैली

सिफलिस र गोनोरिया जस्ता संकमणले फैलिदै छ यौनजन्य रोगहरु

Posted: 2018-06-13 14:36:13

 
सुनाखरी न्युज 
 
 इंग्ल्याण्डमा सन् २०१७ मा झण्डै ४ लाख २० हजारजनाले यौनजन्य रोगको उपचार गराएको प्रतिवेदनमा उल्लेख छ । कण्डमको प्रयोग गर्ने क्रम घटेकाले पनि संक्रमण फैलिएको विज्ञले बताएका छन् । इंग्ल्याण्डमा सिफलिस र गोनोरियाको संक्रमण बढ्दै गएको तथ्याङले देखाएको छ । यौनजन्य रोग गोनोरिया र सिफलिसको संक्रमण गएको वर्षभन्दा अघिल्लो वर्षको तुलनामा बढेको देखिएको हो ।
 
नयाँ तथ्यांक अनुसार सन् २०१७ मा त्योभन्दा अघिल्लो वर्षको तुलनामा गोनोरियाको संक्रमण २२ तथा सिफलिसको संक्रमण २० प्रतिशतले बढेको छ । इंग्ल्याण्डमा यौनजन्य रोगको उपचार भने प्रभावकारी नै रहेको देखिएको छ ।
 
क्लामाइडियाको परीक्षण भने घटेको छ र यसप्रति स्वास्थ्य विज्ञले चिन्ता जनाएका छन् । पब्लिक हेल्थ इंग्ल्याण्डले सार्वजनिक गरेको नयाँ प्रतिवेदन अनुसार यौनजन्य रोगको संक्रमण हुनेमा बढी १५ देखि २४ वर्ष उमेर समूहका रहेका छन् ।
 
समलिङ्गी, बाइसेक्सुअल तथा अरु पुरुषहरु बढी जोखिममा रहेका छन् । सन् २०१७ मा सिफलिसका ७ हजार भन्दा बढी र गोनोरियाका ४६ हजार भन्दा बढी संक्रमण दर्ता भएका छन् ।
 
अहिले देखिएको गोनोरियाका कारण सुपर गोनोरिया जोखिम उच्च रहेको भन्दै स्वास्थ्य विज्ञले चिन्ता व्यक्त गरेका छन् ।
 
 एजेन्सी



More News



बिहीबार चौथो अन्तर्रा्ष्ट्रिय योग दिवस मनाइने

Posted: 2018-06-20 08:42:11

सुनाखरी न्युज/ काठमाडौं– चौथो अन्तर्रा्ष्ट्रिय योग दिवस मुलुकभर योग र आयुर्वेदसम्बन्धी विभिन्न चेतनामूलक कार्यक्रम गरी बिहीबार मनाइने भएको छ। पतञ्जलि योगपीठ नेपालको आयोजनामा यही असार ७ गते बिहान ६ बजेदेखि ८ बजेसम्म काठमाडौंसहित सबै जिल्लामा एकसाथ योग शिविर सञ्चालन...


रगतमा यसरी बढ्छ कोलेस्ट्रोल, के गर्ने ? के नगर्ने ? पढनुहोस

Posted: 2018-06-19 10:42:57

सुनाखरी न्युज/ काठमाडौ - रातो मासु, अण्डा, दूध, मदिरा आदिको प्रयोगले शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्ने चिकित्सकहरूले बताएका छन ।शरीरमा कोलेस्ट्रोलको उचित व्यवस्थापन र स्वास्थ्य रहनका लागि सागसब्जी र हरियो तरकारी खान उपयुक्त हुन्छ । शाकाहारी पनि सबै प्रडक्ट राम्रो हुँदैनन् । दूधको धेरै प्रयोग गर्दा कोलेस्ट्रोलको मात्रा बढ्न सक्छ। मासुमा बोसोको मात्रा बढी हुने भएकाले शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्छ । माछामा गुड कोलेस्ट्रोल हुने भएकाले यसको प्रयोगले त्यति असर गर्दैन। ...


बिर्सेर पनि फ्रिजमा राख्न नहुने यी खानेकुराहरु

Posted: 2018-06-18 19:10:35

हामी फ्रिजमा फलफूल र सागसब्जीलाई लामो समयसम्म फ्रेश राख्नका लागि राख्छौं । हामीमध्ये प्रायजसो थाहा नहोला कि सबै खानेकुरा फ्रिजमा राख्नु उपयुक्त हुँदैन । खानेकुरालाई धेरै दिनसम्म बचाएर राख्छु भन्दा यसले स्वास्थ्यमा नकारात्मक


आँखा स्वास्थ्य र सुरक्षा सम्बन्धी सार्क सम्मेलन काठमाडौंमा हुने, सम्मेलन आगामी असार ७ गतेदेखि १० गतेसम्म चल्ने

Posted: 2018-06-18 12:43:22

सुनाखरी न्युज/ काठमाडौ - आँखा स्वास्थ्य र सुरक्षा सम्बन्धी सार्क स्तरीय सम्मेलन आगामी असार ७ गतेदेखि १० गतेसम्म काठमाडौंमा हुने भएको छ । सार्क एकडेमी अफ अफ्थाल्मोलोजी र नेपाल अफ्थाल्मिक सोसाइटीले संयुक्त आयोजनमा हुने सम्मेलनमा राष्ट्रिय र अन्तराष्ट्रिय विज्ञले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । सम्मेलनलाई १४ औं द्वैवार्षिक सार्क एकडेमी अफ अफथालमोलजी सम्मेलन २०१८ नामाकरण गरिएको छ । सम्मेलनमा सार्क देश लगायत अमेरिका, बेलायत, रसिया, सेनेगल, जापान, क्यानडा, जर्मनी, चीन, सिंगापुर, दक्षिण कोरिया, ताइवान, इथियोपिया, घाना लगायत देशका आँखा चिकित्सकको सहभागिता रहने छ । ...


राजधानी बाहिरको पहिलो अर्थात नेपालको दोस्रो ल्यावको रुपमा नोबेल शिक्षण अस्पतालमा ईपी ल्याव सञ्चालन

Posted: 2018-06-14 11:16:48

सुनाखरी न्युज/ बिराटनगर - मुटुको चाल गढबढी सम्बन्धि उपचारका लागि बिराटनगरको नोबेल शिक्षण अस्पतालले मोफसलमै पहिलो पटक ईपी ल्याव सुरु गरेको छ । राजधानी बाहिरको पहिलो अर्थात नेपालको दोस्रो ल्यावको रुपमा नोबेलले ईपी ल्याव सञ्चालन गरी मुटुको चाल गढबढी सम्बन्धि रोगको दिगो उपचार थालेको हो । मुटुको चाल अत्याधिक बढ्ने समस्या भएका बिरामीले ईपी ल्याव अभाव हुँदा बर्षौदेखि नियमित औषधि सेवन गर्नुपर्ने बाध्यता थियो । यसअघि राजधानीको गंगालाल अस्पतालमा मात्र यो ल्याव रहेकाले उपचारका लागि महिनौ कुर्नुपर्ने समस्या थियो । ...


Advertisements