स्वास्थ्य-जीवनशैली

बिहे नगरे पनि आमा बन्ने अधिकार

Posted: 2018-05-16 12:37:13

सुनाखरी न्युज/ काठमाडौं - अब भने पश्चिमा मुलुकमा झैं नेपालमा पनि बच्चा जन्माउन बिहे गर्नैपर्ने कानुनी व्यवस्था हट्ने भएको छ । संविधानको धारा ३८ मा व्यवस्था गरिएको महिलाको प्रजनन सम्बन्धी हक प्रचलनमा ल्याउन बन्दै गरेको विधेयकको मस्यौदामा यस्तो व्यवस्था प्रस्ताव गरिएको छ। नेपाल कानुन आयोगमा अन्तिम चरणमा पुगेको विधेयकको सुरुवाती मस्यौदा स्वास्थ्य मन्त्रालयले तयार पारेको हो।
 
 
प्रत्येक महिलालाई गर्भवती हुने वा नहुने र गर्भ रहेमा शिशु जन्माउने वा नजन्माउने, गर्भान्तर र सन्तानको संख्या निर्णय गर्ने अधिकार महिलामा नै निहित हुनेछ । विधेयकको मस्यौदामा भनिएको छ यो ऐन र यसअन्तर्गत बनेका नियमहरूको बर्खिलाप हुने काम गर्नेरगराउने व्यक्ति तथा संस्थालाई एक लाखसम्म जरिवाना र ६ महिनासम्म कैद सजाय हुनेछ। यो ऐन महिलालाई हकअधिकार प्रदान गर्ने दिशामा एक क्रान्तिकारी कदम सावित हुन सक्छ । किनभने महिला पुरुषबीचको समानतालाई यसले थप प्रस्टसाथ व्यवहारमा उतार्ने व्यवस्था मिलाउन सक्छ। महिलालाई कति बेला बिहे गराउने र कति बेला बच्चा जन्माउन लगाउने भनेर प्रत्यक्षरअप्रत्यक्ष दबाब दिँदै आएको हाम्रो पितृसत्तामा यो एक ठूलो प्रगति हो । महिला अधिकारकर्मीले सरकारले बनाउन लागेको मस्यौदा लैंगिक समानता गर्ने दिशामा नेपालको अग्रगामी कदम भन्दै त्यसको स्वागत गरेका छन। महिलाको शरीरमा महिलाकै हक हुनुपर्छ भन्ने दर्शनलाई यो विधेयकले कानुनी रूपमै स्थापित गर्नेछ । महिलालाई कति बेला बिहे गराउने र कति बेला बच्चा जन्माउन लगाउने भनेर प्रत्यक्षरअप्रत्यक्ष दबाब दिँदै आएको हाम्रो पितृसत्तामा यो लागु भए एक ठूलो प्रगति हुन सक्छ नेपाली समाजमा ।
 
 
दक्षिण एसियामा मात्र नभएर एसियामै महिलाको हक संरक्षणमा नेपालले यो विधेयकमार्फत एक उदाहरण प्रस्तुत गर्ने र प्रस्तावित विधेयकले महिलाहरूको अधिकारलाई फराकिलो बनाउने विश्वास लिन सकिन्छ । यो व्यवस्थाबारे गाउँका आम महिलालाई जानकारी दिन र समाज बदल्न भने चुनौतीपुर्ण हुन सक्छ यो व्यस्था नेपाली समाजमा लागु हुन ।
 
 
 



More News



किशोरी अवस्थामै पाठेघरको समस्या

Posted: 2018-05-26 06:19:23

गीता कुँवर/ अछाम – नेपालको संविधानले २० वर्ष पूरा भएपछि मात्र महिलाको विवाहका लागि कानूनी मान्यता दिएको छ। नेपालको सन्दर्भमा यो उमेरका महिला सन्तान जन्माउन पनि शारीरिक रुपमा सक्षम हुन्छन् । तर, पोषिला खानेकुराको अभाव र शारीरिक कमजोरीका कारणले विवाहित र बच्चा जन्माएका आमाको मात्र होइन, अविवाहितको समेत पाठेघर खसेको भेटिन्छ।...


काठमाडौंमै भेटियो बर्डफ्लु...

Posted: 2018-05-25 09:58:06

सुनाखरी न्युज/ काठमाडौं - राजधानीमा नै बर्डफ्लुको संक्रमण देखिएपछि संत्रास फैलिएको छ । राजधानीको पश्चिम क्षेत्रमा रहेको २ वटा पोल्टी र्फममा पालिएका कुखुरामा बर्डफलु देखिएको स्वास्थ्य सेवा बिभागले जनाएको छ । बिभागका अनुसार धर्मस्थली क्षेत्रमा रहेको २ पोल्ट्री फर्ममा पालिएको कुखुरामा बर्डफ्लू भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । शुक्रबारबाट राजधानीका सबै पोल्टीर्फममा ¥यापिट रेस्पोन्स टिम बनाएर पठाउने तयारी गरेको कृषि मन्त्रालयले जानकारी दिएको छ । ...


पाईल्स र यसवाट वच्ने उपाय

Posted: 2018-05-24 07:56:10

डा. ललित कुमार मिश्र/ काठमाडौँ — बवासीर या पाइल्सलाई मेडिकल भाषा मा हेमरा‘इड्सको नामले जानिन्छ । यसमा गुदामार्ग (ऐनस) को भित्रि र बाहरी क्षेत्रका साथै मलाशय (रेक्टम) को तल्लो भागको शिरा (वेन)हरु सुन्निएर आउँछ । जसको फलस्वरुप ऐनसको भित्र र बाहिर या कुनै एक ठाउँमा मस्साको जस्तो दाना बन्न जान्छ ।...


चितवनमा बर्डफ्लूले ७० लाखको क्षति, उच्च सतर्कता अपनाईयो

Posted: 2018-05-22 13:57:17

सुनाखरी न्युज/ चितवन- चितवनमा बर्डफ्लूका कारण पोल्ट्री क्षेत्रमा ७० लाख रुपैयाँभन्दा बढीको क्षती भएको छ । पूर्वी चितवनको खैरहनी नगरपालिका– ९ सुर्तनीमा बर्डफ्लूका कारण दुईवटा खोरमा गरी दुई हजार ५०० कुखुरा मरेका थिए । सो पश्चात् उक्त क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरी पक्षीजन्य पदार्थ नष्ट गरिएको थियो । जिल्ला पशु सेवा कार्यालयका प्रमुख चेतनारायण खरेलका अनुसार संकटग्रस्त क्षेत्रमा ११ हजार ९५० लेयर्स कुखुरा, २३ वटा स्थानीय कुखुरा, १४४ वटा हाँस, चारवटा बोइलर कुखुरा, ६०७ किलो दाना तथा १२ हजार ७२६ वटा अण्डा नष्ट गरिएको छ । ...


किशोरी अवस्थामै पाठेघरको समस्या

Posted: 2018-05-20 21:05:23

गिता कुँवर/ अछाम – नेपालको संविधानले २० वर्ष पूरा भएपछि मात्र महिलाको विवाहका लागि कानूनी मान्यता दिएको छ। नेपालको सन्दर्भमा यो उमेरका महिला सन्तान जन्माउन पनि शारीरिक रुपमा सक्षम हुन्छन् । तर, पोषिला खानेकुराको अभाव र शारीरिक कमजोरीका कारणले विवाहित र बच्चा जन्माएका आमाको मात्र होइन, अविवाहितको समेत पाठेघर खसेको भेटिन्छ।...


Advertisements