स्वास्थ्य-जीवनशैली

डा. देवकोटाको आयुर्वे्दिक उपचार सुरु

Posted: 2018-05-11 13:32:25

 
सुनाखरी न्युज/
काठमाडौं-
 वरिष्ठ न्यरो सर्जन डा. उपेन्द्र देवकोटाको आयुर्वे्दिक पद्धतिबाट उपचार सुरु गरिएको छ। पित्तथैलीमा समस्या आएपछि पाँच महिनाअघि देवकोटा बेलायतस्थित किङ्स कलेज अस्पतालमा उपचारका लागि गएका थिए। डा देवकोटाको आयुर्वे्दिक उपचार वरिष्ठ आयुर्वेद चिकित्सक ऋषिराज कोइरालाले गराइरको उनका भतिजा वसन्त देवकोटाले बताए। देवकोलाई पित्तथैलीमा क्यान्सर भएको पुष्टि भएपछि दुईपटक सम्म केमोथेपारी दिइएको थियो।  देवकोटाको उपचार बेलायतमा सम्भव  नभएपछि डा देवकोटाको इच्छामा थप उपचार स्वदेशमै गर्ने गरी गत वैशाख १५ गते नेपाल फर्किएका थिए।  डा देवकोटाका भतिजा वसन्त देवकोटाकले बासबासीस्थित न्युरो अस्पतालका भीआईपी  क्याबिनमा राखेर उनको उपचार भइरहेको जानकारी दिए।
 



More News



स्वास्थ्य मन्त्रालयद्वारा दुई दिनभन्दा बढी ओपीडी बन्द नगर्न सरकारी अस्पताललाई परिपत्र

Posted: 2018-10-16 12:15:13

सुनाखरी न्युज/ काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दसैंको समयमा दुई दिनभन्दा बढी बहिरंग सेवा (ओपिडी) बन्द नगर्ने निर्णय गरेको छ ।मन्त्रालयले दसैं तथा तिहारमा बढीमा लगातार दुई दिन भन्दा बढी बहिरंग सेवा बन्द गर्न नहुने निर्णय गरेको हो ।


दशैंमा यस्ता गल्ति हुन सक्छन, वेलैमा सजग वनौं

Posted: 2018-10-15 06:22:23

डा. केदार सेन्चुरी/ काठमाडौं- दशैंमा हामी आ(आफ्नो कामधन्दाबाट विश्राम लिन्छौं । काम, कमाई सबैको तनावबाट मुक्त भएर दशैं मनाईन्छ । आफन्तसँग भेटघाट गरिन्छ, मिठो(मसिनो खाइन्छ, रमाइलो गरिन्छ । भनौं, विन्दस ढंगले चाडको उल्लासमा हराउँछौं । तर, यतिबेला हामी आफ्नो स्वास्थ्यको भने उति ख्याल गर्दैनौं । खाने, बस्ने, सुत्ने समय तालिका मिल्दैन । आवश्यकभन्दा बढी खान्छौं । ...


एमबीबीएस अध्ययन शुल्क बढाउन नपाइने, यसअघि नै बढी लिने कलेजले तत्कालन फिर्ता गर्नुपर्ने निर्णय

Posted: 2018-10-15 05:56:28

सुनाखरी न्युज/ काठमाडौं- सरकारले एमबीबीएस अध्ययन शुल्क नबढाउने निर्णय गरेको छ । साथै कुनै कलेजले विद्यार्थीहरुबाट बढी रकम लिएको भए फिर्ता गर्नु पर्ने मन्त्रिपरिषद्को निर्णय छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले एमबीबीएस अध्ययनको शुल्क नबढाउने निर्णय गरेको हो । चिकित्सा शिक्षा आयोग गठन नभएको लगायतका कारण शुल्क नबढाउने निर्णय गरिएको शिक्षामन्त्री गिरिराजमणि पोखरेलले बताए ।...


पेट चिरेर बच्चा जन्माउने दर किन बढ्दैछ चिन्ताजनक रूपमा ?

Posted: 2018-10-13 07:22:46

सुनाखरी न्युज/ काठमाडौं — सिजेरियन सेक्सन अर्थात् आमाको पेट चिरेर बच्चा जन्माउने दर महामारीको अनुपातमा फैलिएको र यो चिन्ताजनक रूपमा प्रयोग भइरहेको विज्ञहरूले बताएका छन् । आमा र बच्चाको सुरक्षाका लागि सिजेरियन सेक्सन एक महत्त्वपूर्ण प्रक्रिया हो । उदाहरणका लागि, जन्मअघि बच्चालाई अप्ठ्यारो परिरहेको छ वा आमाको रक्तस्राव भइरहेको छ भने यसको आवश्यकता पर्छ । तर विज्ञहरूले यस्तो अवस्था १० देखि १५ प्रतिशत मात्र हुने र स्वास्थ्यका लागि आवश्यक भएमा मात्र गर्नुपर्ने बताए । ...


आज विश्व मानसिक स्वास्थ्य दिवस, नेपालमा पनि मनाइँदै

Posted: 2018-10-10 14:16:20

सुनाखरी न्युज/ काठमाडौं - विश्व मानसिक स्वास्थ्य दिवस आज नेपालसहित विश्वभर मनाईँदैछ । हरेक वर्ष अक्टोबर १० का दिन मानसिक स्वास्थ्यबारे जनचेतना फैलाउने उद्देश्यसहित दिवस मनाउने गरिएको छ । मानसिक ...


Advertisements