स्वास्थ्य-जीवनशैली

लिंग उत्तेजित नहुने समस्या छ भने यसो गर्नुस...

Posted: 2018-05-10 14:53:10

 
डा. सुमनराज ताम्राकार/
सुनाखरी न्युज-
 
धेरैजसो पुरुषले एक न एकपटक लिंग उत्तेजित नहुने समस्या अनुभव गरेकै हुनुपर्छ । सफल यौनक्रियाका लागि लिंग राम्रोसँग उत्तेजित हुनु आवश्यक छ भने सन्तान जन्माउन उत्तेजित लिंगका माध्यमबाट योनिमार्गमा वीर्य स्खलन हुनुपर्छ । लिंग उत्तेजित नहुने समस्याका कारण यौनसम्पर्क सफलतापूर्वक स्थापित नहुने हुनाले सन्तान जन्माउन समस्या आउँदा त्यस्ता व्यक्तिलाई नपुंसक भनिएको पाइन्छ, जुन पूर्णतया गलत हो । 
 
आधुनिक चिकित्सा विज्ञानमा कृत्रिम गर्भाधान प्रक्रियाबाट पनि सन्तान उत्पादन सम्भव छ । यो प्रक्रियामा लिंग उत्तेजित नहुने समस्याबाट पीडित व्यक्तिको वीर्य प्रयोग गर्न सकिन्छ । यो प्रक्रियाअन्तर्गत भाइब्रेटरलगायतका उपकरणबाट स्खलन गराई वा प्रभावित व्यक्तिको अण्डकोष एवं इपिडिडाइमिसबाट वीर्य संकलन गरी उपयोग गरिन्छ । लिंग उत्तेजना नहुने समस्या पनि व्यक्तिपिच्छे, प्रत्येक पटकको यौनकार्य पिच्छे तथा यौनसम्पर्क राख्न खोज्ने श्रीमती वा व्यवसायिक यौनकर्मी्पिच्छे फरक–फरक हुनसक्छ ।
 
लिंग उत्तेजनाका लागि लिंगमा आवश्यक रक्तप्रवाहमा अवरोध खडा भै लिंग उत्तेजित नहुने समस्या सिर्जना हुनसक्छ । दीर्घ शारीरिक रोग, मेरुदण्ड वा जननेन्द्रिय वरिपरि गम्भीर चोट वा जटिल शल्यक्रिया एवं कतिपय औषधिले पनि लिंग उत्तेजनामा समस्या उत्पन्न गराउन सक्छ । एलर्जी, रक्तचाप तथा मानसिक समस्या, पार्किन्सन्स तथा क्यान्सरका लागि प्रयोग गरिने कतिपय औषधि लिंग उत्तेजित नहुने समस्याका कारण हुनसक्छन् । 
 
सफलतापूर्वक यौनसम्पर्क स्थापित गर्न स्वस्थ शरीरसँगै मन–मस्तिष्कसमेत स्वस्थ्य एवं प्रफुल्ल हुनुपर्छ । थकित अवस्था, अधिक मद्यपान, पिर, चिन्ता, डर, त्रास, आपसी मनमुटाव, निस्सन्तान एवं नपुंसकताको हीनताबोध, आत्मविश्वासको कमी, प्रतिकूल वातावरणका बेला लिंग उत्तेजित नहुने समस्या उत्पन्न हुनसक्छ । सारांशमा जुनसुकै बेला पनि वा सुरुदेखि नै उत्तेजनाको समस्या छ भने त्यसको कारक तत्व शारीरिक हुनसक्छ । अरू बेला राम्रोसँग उत्तेजित हुने लिंगमा कहिलेकाहीँ मात्र समस्या देखिन्छ भने त्यसको कारक तत्व मानसिक हुनसक्छ ।
 
त्यसैले लिंग उत्तेजित नहुने समस्याको प्रभावकारी उपचार कारक तत्वअनुसार नै गर्नुपर्ने हुन्छ । एकाध पटक मात्रका यस्ता यौन दुर्बलतामा खासै चिन्ता लिनु पर्दैन । यौनसाथीको सहयोग एवं समझदारीका साथै गोप्यताको निश्चितता एवं तनावरहित वातावरणले पनि धेरै हदसम्म समस्या कम हुन्छ । यौनसाथीले नै होच्याउने स्थिति आयो भने पक्कै पनि नतिजा राम्रो निस्किँदैन । अतस् एक–दुई पटकको यस्तो यौनिक दुर्बलता पछि यौनसाथीसमक्ष यौन क्षमता प्रदर्शन गर्नुपर्ने दवाबमा भने विपरीत परिणाम निस्कन सक्छ ।
 
यदि मानसिक कारणले लिंग उत्तेजित नहुने समस्या देखिएको भए यौन आनन्दका वैकल्पिक उपायहरू अपनाएर पाक्क्रीडाका माध्यमबाट पीडित व्यक्तिमा आत्मविश्वास वृद्धि गरी यस्ता खालका यौन दुर्बलता घटाउन सकिन्छ । उदाहरणका लागि हस्तमैथुनका बेला लिंग उत्तेजित नहुने समस्या छैन तर यौनसम्पर्क राख्न खोज्दा यस्तो समस्या हुने व्यक्तिले यौन साथीमार्फत हस्तमैथुन गराएको खण्डमा दुवैको आत्मविश्वास वृद्धि भै भविष्यमा यौनकार्यमा सकारात्मक परिणाम निस्कन सक्छ ।
 
कतिपय अवस्थामा लिंग उत्तेजनालाई बल पुर्‍याउने औषधि–उपचार आवश्यक हुनसक्छ । योहिम्बिन, शिलाजित, जिन्सिङ, यार्सागुम्बाजस्ता परम्परागत एवं भियाग्रा, सियालिस, लभित्रा जस्ता आधुनिक औषधिले अनुकूल परिणाम नै दिन्छन् भन्न गाह्रो भए पनि कतिपय अवस्थामा मनलाई ढुक्क (तनावरहित) पार्ने कार्यमा भने तिनले अपेक्षित नतिजा दिन सक्छन् ।
साप्ताहिकवाट
 



More News



स्वास्थ्य मन्त्रालयद्वारा दुई दिनभन्दा बढी ओपीडी बन्द नगर्न सरकारी अस्पताललाई परिपत्र

Posted: 2018-10-16 12:15:13

सुनाखरी न्युज/ काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दसैंको समयमा दुई दिनभन्दा बढी बहिरंग सेवा (ओपिडी) बन्द नगर्ने निर्णय गरेको छ ।मन्त्रालयले दसैं तथा तिहारमा बढीमा लगातार दुई दिन भन्दा बढी बहिरंग सेवा बन्द गर्न नहुने निर्णय गरेको हो ।


दशैंमा यस्ता गल्ति हुन सक्छन, वेलैमा सजग वनौं

Posted: 2018-10-15 06:22:23

डा. केदार सेन्चुरी/ काठमाडौं- दशैंमा हामी आ(आफ्नो कामधन्दाबाट विश्राम लिन्छौं । काम, कमाई सबैको तनावबाट मुक्त भएर दशैं मनाईन्छ । आफन्तसँग भेटघाट गरिन्छ, मिठो(मसिनो खाइन्छ, रमाइलो गरिन्छ । भनौं, विन्दस ढंगले चाडको उल्लासमा हराउँछौं । तर, यतिबेला हामी आफ्नो स्वास्थ्यको भने उति ख्याल गर्दैनौं । खाने, बस्ने, सुत्ने समय तालिका मिल्दैन । आवश्यकभन्दा बढी खान्छौं । ...


एमबीबीएस अध्ययन शुल्क बढाउन नपाइने, यसअघि नै बढी लिने कलेजले तत्कालन फिर्ता गर्नुपर्ने निर्णय

Posted: 2018-10-15 05:56:28

सुनाखरी न्युज/ काठमाडौं- सरकारले एमबीबीएस अध्ययन शुल्क नबढाउने निर्णय गरेको छ । साथै कुनै कलेजले विद्यार्थीहरुबाट बढी रकम लिएको भए फिर्ता गर्नु पर्ने मन्त्रिपरिषद्को निर्णय छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले एमबीबीएस अध्ययनको शुल्क नबढाउने निर्णय गरेको हो । चिकित्सा शिक्षा आयोग गठन नभएको लगायतका कारण शुल्क नबढाउने निर्णय गरिएको शिक्षामन्त्री गिरिराजमणि पोखरेलले बताए ।...


पेट चिरेर बच्चा जन्माउने दर किन बढ्दैछ चिन्ताजनक रूपमा ?

Posted: 2018-10-13 07:22:46

सुनाखरी न्युज/ काठमाडौं — सिजेरियन सेक्सन अर्थात् आमाको पेट चिरेर बच्चा जन्माउने दर महामारीको अनुपातमा फैलिएको र यो चिन्ताजनक रूपमा प्रयोग भइरहेको विज्ञहरूले बताएका छन् । आमा र बच्चाको सुरक्षाका लागि सिजेरियन सेक्सन एक महत्त्वपूर्ण प्रक्रिया हो । उदाहरणका लागि, जन्मअघि बच्चालाई अप्ठ्यारो परिरहेको छ वा आमाको रक्तस्राव भइरहेको छ भने यसको आवश्यकता पर्छ । तर विज्ञहरूले यस्तो अवस्था १० देखि १५ प्रतिशत मात्र हुने र स्वास्थ्यका लागि आवश्यक भएमा मात्र गर्नुपर्ने बताए । ...


आज विश्व मानसिक स्वास्थ्य दिवस, नेपालमा पनि मनाइँदै

Posted: 2018-10-10 14:16:20

सुनाखरी न्युज/ काठमाडौं - विश्व मानसिक स्वास्थ्य दिवस आज नेपालसहित विश्वभर मनाईँदैछ । हरेक वर्ष अक्टोबर १० का दिन मानसिक स्वास्थ्यबारे जनचेतना फैलाउने उद्देश्यसहित दिवस मनाउने गरिएको छ । मानसिक ...


Advertisements