स्वास्थ्य-जीवनशैली

रक्तदानसित जोडिएका केही भ्रम र यथार्थहरु

Posted: 2018-04-08 22:14:37

 
 
सुनाखरी न्युज
 
 
एउटा भनाई प्रचालित रहेको छ कि रक्तदान नै  जीवनदान हो  । रक्तदानले अरूको जीवन बचाउने मात्र हैन, आवश्यक परेको खण्डमा आफ्नै जीवन बचाउन समेत महत्वपूर्ण भूमिका निर्वाह गर्छ । तसर्थ स्वस्थ व्यक्तिले रक्तदान गर्नु समाजको हितमा छ । हिजोआज थुप्रै संस्थाहरूले समय समयमा रक्तदान कार्यक्रम आयोजना गर्छन् । रक्तदान गर्दा कसैकसैलाई उल्टी आउने तथा चक्कर लाग्ने गर्दछ । रक्तदानमा उल्टी आउनु तथा चक्कर आउनु सामान्य हो । यस्तो देखेपछि कतिपय मानिसले नबुझेर रगत दान गरेपछि शरीर कमजोर हुने तथा शरीरमा रगतको कमी हुन्छ भन्ने सोच्छन् जुन विल्कुल गलत हो । हरेक व्यक्तिको शरीरमा रगत दान गरेको २१ दिनपछि स्वाभाविक रूपमै नयाँ रगतको निर्माण हुने गर्छ । कतिपय मानिस यसबारे जानकारी नहुँदा रक्तदान गर्न डराउने गर्छन् ।
 
 केही उपाय अपनाए रक्तदान गरेपछि पनि व्यक्ति स्वस्थ रहन सक्छन् । रक्तदान गरे लगत्तै तीन घण्टाको अन्तरालमा फलफूलका साथमा पर्याप्त मात्रामा पौष्टिक आहारका साथै हेभी डाइट सेवन गर्नु पर्दछ  । प्रायः रक्तदान गरेपछि रक्तदातालाई फलफूल तथा जुसका साथमा हल्का स्न्याक्स दिइन्छ । यसले शरीरमा रगतको कमी हुन दिँदैन । रक्तदान गर्नु कम्तीमा एक दिन अघिबाटै धूमपान गर्नु हुँदैन । साथै, रक्तदान गरेपछि पनि कम्तीमा तीन घण्टासम्म धूमपान गर्नुहुँदैन 
 मदिरापान गरेको ४८ घण्टासम्म रक्तदान गर्नु हुँदैन । रक्तदान गरेलगत्तै झोलिलो पदार्थको साथमा स्वस्थकर खानपान लिएको खण्डमा कमजोरी महसुस हुँदैन । रक्तदान गरेको १२ घण्टासम्म हेभी एक्सरसाइज नगर्ने तथा रगत दिँदा धेरै हलचल नगरेर पनि सामान्य दिनचर्या व्यतीत गर्न सकिन्छ ।रगत दान गर्नुको अर्थ शरीरमा रगतको कमी हुने हैन । कुनै पनि व्यक्तिको शरीरमा रगत दान गरेको २१ दिनमै नयाँ रगत निर्माण हुने गर्छ । रक्तदानले न त चक्कर लाग्छ, न त व्यक्ति बेहोस नै हुन्छ । तर कतिपयलाई यसबारे जानकारी नहुँदा मानिसहरू गलत धारणाको सिकार हुने गर्छन् ।रक्तदान गर्दा कुनै पनि व्यक्तिको शरीरबाट एक पटकमा ३ सय ५०(४ सय ५० एमएलभन्दा बढी रगत निकाल्न मिल्दैन । त्यसरी, रगत निकाल्दा वा दान गर्दा हेमोग्लोविनमा कुनै कमी आउँदैन ।
 स्वस्थ व्यक्तिले इच्छा लागेमा सजिलै रक्तदान गर्नसक्छ । पुरुषले प्रत्येक तीन महिनामा एक पटक तथा महिलाले हरेक चार महिनामा एकपटक रक्तदान गर्न सक्छन् ।



More News



मेडिकल शिक्षाको गुणस्तरमा गंभिर प्रश्न, काउन्सिलको लाइसेन्स परिक्षामा सहभागी ५४ प्रतिशत डाक्टर फेल

Posted: 2018-12-09 10:27:50

सुनाखरी न्युज/ काठमाडौँ - नेपालको मेडिकल शिक्षाको गुणस्तरमा गंभिर प्रश्न खडा भएको छ । नेपाल मेडिकल काउन्सिलद्वारा शनिबार लिइएको चिकित्सक लाइसेन्स परिक्षामा एमबीबीएस उत्तिर्ण भएका ५४ प्रतिशत डाक्टर फेल भएसँगै यो प्रश्न खडा भएको हो । एमविविएस मात्र नभई बीडीएस उत्तिर्ण ६३ प्रतिशत चिकित्सक समेत फेल भएका हुन् ।...


लमहीमा सर्पदंश उपचार केन्द्र स्थापना हुने

Posted: 2018-11-25 13:42:14

सुनाखरी न्युज/ लमही - लमहीमा सर्पदंश उपचार केन्द्र स्थापना हुने भएको छ । यस क्षेत्रमा सर्पदंशका घटना धेरै हुने भएपनि उपचारका लागि जिल्ला सर्पदंश उपचार केन्द्र नहुँदा धेरैको मृत्यु हुने गरेको भन्दै सरोकारवालाको पहलमा लमही ...


नर्भिक इन्टरनेशनल हस्पिटललाई अमेरिकाको प्रतिष्ठित ‘द बिज अवार्ड ’प्राप्त

Posted: 2018-11-17 12:45:56

सुनाखरी न्युज/ काठमाडौं - नेपालको चिकित्सा क्षेत्रमा गुणस्तरीय अन्तर्रा्ष्ट्रिय सेवा प्रवाह गरेबापत नर्भिक इन्टरनेशनल हस्पिटललाई अमेरिकाको प्रतिष्ठित ‘द बिज अवार्ड ’प्राप्त भएको छ । दी वल्र्ड कन्फडेरेशन अफ बिजिनेश (वल्र्डकव) ...


कर्मचारी संचयकोषले संचयकर्ताहरु लाई १० लाख सम्मको स्वास्थ्य बीमा गरिदने

Posted: 2018-11-15 15:30:28

सुनाखरी न्युज/ काठमाडौं - कर्मचारी संचयकोषले संचयकर्ताहरुलाई स्वास्थ्य बीमा गरिदिने भएको छ । कोषले सबै संचयकर्तालाई रोग र अवस्था हेरी स्वास्थ्य उपचारको लागि बीमा गरिदिने स्किम ल्याएको छ। कोष र राष्ट्रिय बीमा ...


विश्व मधुमेह दिवस आज विविध कार्यक्रम गरी मनाइँदै

Posted: 2018-11-14 10:15:08

सुनाखरी न्युज/ काठमाडौं - आज विश्व मधुमेह दिवस विविध कार्यक्रम गरी नेपालमा पनि मनाइदैछ । सन् १९९१ देखि मनाउन थालिएको यो दिवसका अवसरमा मधुमेह रोग सम्बन्धी जनचेतना जगाउन विभिन्न कार्यक्रम गरिदै आइएको छ । ...


Advertisements