स्वास्थ्य-जीवनशैली

रोगबाट बचाउँछ यस्तो प्रकारको खानेकुराले

Posted: 2018-04-04 22:42:25

 
 
सुनाखरी न्युज 
 
 शरीर रोगको घर हो भनाई रहेको छ । यो भनाई धेरै हदसम्म ठीक पनि छ । मानिस सन्तुलित एवं प्राकृतिक जीवनशैलीबाट विमुख भयो भने उसको शरीरले विभिन्न प्रकारका रोगहरूको कारक तथा वाहक जीवाणुहरूको आक्रमण झेलिरहनुपर्ने हुन्छ ।   जीवनशैलीमा अलिकति ख्याल राखेर आहारविहारमा ध्यान दिने हो भने रोग प्रतिरोधी क्षमता सहजै बढाउन सकिन्छ ।
 
तलका खानेकुराहरुको सेवनले रोग लाग्न बाट बचाउँछ ।
गहुँ, जौ, मकै आदि अन्नको सेवन बोक्रासहित गर्नुपर्छ । चामल पनि धेरै नफलेको अर्थात् खैरो नै राम्रो हुन्छ । यस्ता अन्नको सेवन गर्दा कब्जियत नहुनुका साथै प्रतिरोधी क्षमता समेत चुस्तदुरुस्त रहन्छ । पानी जीवन  हो भन्ने गरिन्छ र यो प्राकृतिक औषधि हो । पर्याप्त पानी पिउनाले शररीरबाट विषाक्त पदार्थ बाहिर निस्कन्छ भने रोगप्रतिरोधात्मक क्षमतासमेत वृद्धि हुन्छ । पिउने पानी सामान्य वा मनतातो हुनुपर्छ, फ्रिजमा राखिएको चिसो पानीले हानि गर्नसक्छ । तुलसीको धार्मिक महत्व आप्mनो ठाउँमा छ तर यसको औषधीय महत्व समेत अनुपम छ । यो एन्टिबायोटिक, पीडा निवारक एवं रोगप्रतिरोधात्मक क्षमता बढाउने दृष्टिले फाइदाजनक छ । दिनहुँ विहान ४(६ वटा तुलसी पत्रको सेवन गर्नु हितकारी छ ।मौसमअनुसारका फलफूल सेवनले शरीररको रोग प्रतिरोधात्म क्षमता बढाउन सहयोग पुग्छ । उखुबाहेकका फलफूललाई रस मात्र निकालेर खानुभन्दा पूरै खानु लाभदायक हुन्छ । ड्राइ फ्रुट्सको सेवन स्वास्थ्यका लागि लाभदायक मानिन्छ । विशेष गरी बदामजस्ता ड्राइ फ्रुट्सलाई बेलुकी भिजाएर विहान दुधसँग खानु राम्रो मानिन्छ । उमारिएका अन्न (मुँगी, चना, केराउ आदि) तथा भिजाइएका दाल पर्याप्त मात्रामा सेवन गर्नुपर्छ । यस्ता खाद्य पदार्थमा पर्याप्त मात्रामा पोषण पाइन्छ । यी खानेकुरा पचाउन सजिलो, पोषक तथा स्वादिला हुन्छन् । खाना सँगसँगै सलाद पनि पर्याप्त मात्रामा खानुपर्छ । खानालाई पूर्ण रूपमा पचाउनका लागि सलाद जरुरी हुन्छ । काँक्रो, मुला, गाजर, प्याज, गोलभेँडा, चुकन्दर आदिलाई सलादका रूपमा खान सकिन्छ । यिनमा रहेको प्राकृतिक नुन नै हाम्रो शरीरका लागि पर्याप्त हुने भएकाले अतिरिक्त नुन थपिरहनु आवश्यक छैन ।
 
रोगबाट बच्न खानेकुरा संगसंगै योग तथा प्राणयाम र हाँसोले रोगप्रतिरोधात्मक क्षमता वृद्धि गरि रोग लाग्न दिन्न ।
 
 
 



More News



गर्भवतीका लागि अमेरिका र क्यानडा आकर्षक ‘पर्यटकीय गन्तव्य’

Posted: 2018-04-24 10:47:57

सुनाखरी न्युज/ काठमाडौँ — अहिले अमेरिका र क्यानडा गर्भवतीका लागि आकर्षक ‘पर्यटकीय गन्तव्य’ बन्न थालेका छन् । सन्तानको सुरक्षित भविष्यका लागि महिलाहरू गर्भावस्थामा यी दुई ठूला मुलुक पुग्ने गरेका छन् । त्यहाँ बर्थ राइट सिटिजनसिपको प्रावधान छ, जसले जन्मको आधारमा बच्चालाई आफ्नो नागरिक मान्छ ।...


किन पाएर गोरखा अस्पतालले बिशेषषज्ञ डाक्टर ?

Posted: 2018-04-20 15:45:45

सुनाखरी न्युज/ गोरखा- १५ शैय्याको गोरखा जिल्ला अस्पताल २०६९ सालमा ५० शैय्यामा स्तरोन्नति भयो । स्तरोन्नति भएसँगै अस्पतालमा ७ जना विशेषज्ञ डाक्टरसहित १३ जना डाक्टरको दरबन्दी कायम भयो । तर स्तरोन्नति भएको ६ वर्षसम्म अस्पतालमा विशेषज्ञ डाक्टर आएका छैनन् । ‘२०६९ सालमा अस्पताल १५ बाट ५० शैय्यामा स्तरोन्नति भएसँगै विशेषज्ञ चिकित्सकको दरवन्दी थपिएको थियो,’ अस्पताल प्रमुख डा. श्रीराम तिवारीले भने, ‘तर अहिलेसम्म दरवन्दीका बिशेषज्ञ कोही आउनुभएको छैन ।’...


स्वास्थ्यमा अबौंं अनियमितता, सम्वद्ध निकाय मौन

Posted: 2018-04-17 15:08:29

सुनाखरी न्युज/ काठमाडौं – स्वास्थ्य सेवा प्रवाहमा आवश्यक औषधि र उपकरण खरिदका लागि विनियोजित बजेटबाट स्वास्थ्य मन्त्रालयअन्तर्गतका कार्यालयहरुले मनपरी खरिद गरी अर्बाैं रुपैयाँ अनियमितता गरेको पाइएको छ। खरिद गरेको उपकरण बिग्रिएको थाहा हुँदाहुँदै भुक्तानी दिएको, बिनाप्रतिस्पर्धा करोडौंका सामान खरिद गरेको, लागत अनुमानभन्दा बढीको टेन्डर स्वीकृत गरेको, आपूर्तिकर्ताबाट कानुनअनुसार क्षतिपूर्ति नलिई भुक्तानी गरेर अनियमितता भएको महालेखा परीक्षकको ५५ औं वार्षिक प्रतिवेदनले औंल्याएको छ।...


राष्ट्रिय आविष्कार केन्द्रका इन्जिनियरले बनाएको ड्रोन औषधि बोकेर उड्यो

Posted: 2018-04-10 13:19:36

सुनाखरी न्युज/ म्याग्दी — अन्नपूर्ण गाउँपालिका–८ नागीस्थित हिमाञ्चल विद्यालयको चौरबाट आइतबार उडेको ड्रोन पारिको राम्चे गाउँ पुग्यो । करिब डेढ किलोमिटर लामो यात्रा गरेको यो ड्रोन रित्तो थिएन ।...


रक्तदानसित जोडिएका केही भ्रम र यथार्थहरु

Posted: 2018-04-08 22:14:37

एउटा भनाई प्रचालित रहेको छ कि रक्तदान नै जीवनदान हो । रक्तदानले अरूको जीवन बचाउने मात्र हैन, आवश्यक परेको खण्डमा आफ्नै जीवन बचाउन समेत महत्वपूर्ण भूमिका निर्वाह गर्छ । तसर्थ स्वस्थ व्यक्तिले रक्तदान गर्नु समाजको हितमा छ । हिजोआज थुप्रै संस्थाहरूले समय समयमा रक्तदान कार्यक्रम आयोजना गर्छन् । रक्तदान गर्दा कसैकसैलाई उल्टी आउने तथा चक्कर लाग्ने गर्दछ .....


Advertisements