स्वास्थ्य-जीवनशैली

ल पढाउनुस त वैवाहिक जीवनलाई सफल बनाउने मन्त्रहरु

Posted: 2018-04-03 19:51:42

 
सुनाखरी न्युज
 
वैशाख माहिना नयाँ बर्षको आरम्भ संगै शुरुवात हुन्छ विहेको सिजन पनि र  कतिपयले यही सिजनमा जोडीहरु गृहस्थ जीवन शुरु गर्ने योजना बनाइरहेको हुनसक्छ ।  अर्थात यो दाम्पत्य जीवनको सुरुवात पनि हो । ठीक यही मोडबाट हामी एक्लो रहँदैनौं । एक अर्कोको  सुख, दुख, पीडा सबै एक हुन्छ ।  तलका केही मन्त्रह्रु दाम्पत्य जीवनमा आलम्बन गरे भने वैवाहिक जीवन पूर्ण गर्न मदत बनाउँछ ।
 
बिपरित गुणका फाइदाले दाम्पत्य जीवन यसरी सफल बनाउँछ कि पतिले जे कुरामा दख्खल रख्छन पत्नीले पनि त्यही कुरा जानेको हुनुपर्छ भन्ने छैन ।  एक जना व्यवहारिक छन भने अर्को शैद्धान्तिक हुन सक्छन् । एकजना नरम छन् भने, अर्को केही कडा हुन सक्छन् । यी विपरित गुणको सही तालमेल भयो भने दाम्पत्य जीवन थप बलियो र सुमधुर हुन्छ ।
 
पति र पत्नीले एकअकाको अस्तित्व स्विकार्नुपर्छ । एकअर्काको कमजोरी औलउनु भन्दा स्विकार्नु नै दाम्पत्य जीवनलाई सफल बनाउने मन्त्र हो । किनभने फरक पृष्टभूमीमा हुर्किएका, फरक सोच र चिन्तन बोकेका, फरक ढंग र व्यवहारका व्यक्तिलाई लाइफ पार्टनरको रुपमा अंगाल्नुपर्छ । यस्तो अवस्थामा कतिपय सोंच, चिन्तन, व्यवहार आपसमा बाझिन्छन् । त्यो स्वभाविक पनि हो । यद्यपी दाम्पत्य सुखका लागि यस्ता कुरामा एकअर्काले सम्झौता गर्नुपर्छ ।
 
अर्को मन्त्र सफल दाम्पत्य जीवन यस्तो रहेको छ कि कोही पनि सर्वगुणले सम्पन्न हुँदैनन् । हरेकको केही न केही कमजोरी हुन्छ । त्यस्ता कमजोरीप्रति  गुनासो गर्ने होइन । स्विकार्ने अभ्यास गर्नुपर्छ ।
 
वैवाहिक जीवनलाई सफल बनाउने महत्वपूर्ण मन्त्र मध्ये हो कि एक अर्कोलाई एडज्ट हुने समय दिनु पर्छ ।  जब दुई अलग मानिस एक हुन्छन । उनीहरु आपसमा घुलमिल हुन अर्थात एडजस्ट हुनका लागि समय लाग्छ नै । एकले अर्कोलाई सहज रुपमा स्विकार्नका लागि केही धैर्यताको आवश्यक्ता हुन्छ । सफल मन्त्रमध्ये  एउटा यो पनि  रहेको छ कि आफ्नो पार्टनरमा सबै गुण खोजेर हुँदैन । उसको कतिपय कमजोरीलाई स्विकार्नुपर्छ । सहज रुपमा लिनुपर्छ । त्यसैले त भनिएको हो, बिवाह एक सम्झौता पनि हो ।
 
दाम्पत्य जीवनको गाडी आगडि बढाउनु छ भने एक अर्को संग बढी अपेक्षाराख्नू ठिक हुदैन । किनभने अपेक्षाहरु पुरा नहुँदा दुखी हुनु, रुष्ट हुन राम्रो होइन । अपेक्षा गर्नु मानविय स्वभाव हो । पतिले यसो गरोस पत्नीले यस्तो गरोस् भनेर जुन किसिमको अपेक्षा राखिन्छ, त्यसले सम्बन्धलाई मिठासपूर्ण राख्नमा सहयोग गर्दैन । किनभने हामीले गर्ने सबै अपेक्षाहरु पुरा हुन्छ भन्ने छैन ।
 
वैवाहिक जीवन सफल बनाउन एक अर्कोमा तालमेल हुन  आवश्यक रहेको छ । किनकी पती पत्नी एक रथका दुई पाग्रा हुन।
पति र पत्नीको काममा तालमेल मिल्यो भने नै पारिवारिक जीवन सहज हुने हो । तर, दुबैको क्षमता एकनास हुँदैन । आफुसँग जुन क्षमता छ, जुन ढंगले काम गर्ने कला कौशल छ, त्यो पार्टनरमा पनि हुनुपर्छ भनेर अपेक्षा गर्नु मूर्खता हो । सबैसँग समान क्षमता हुँदैन ।
 



More News



डा केसीको जीवनरक्षाका लागि चिकित्सक संघको कार्यक्रम, भोलिदेखि देशभरिका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने

Posted: 2018-07-18 16:40:49

सुनाखरी न्युज/ काठमाडौं - नेपाल चिकित्सक संघले भोलिबाट देशभरका सबै अस्पतालको आकस्मिक बाहेकका सेवा ठप्प पार्ने निर्णय गरेको छ। डा गोविन्द केसीको मागप्रति एेक्यबद्धता जनाउँदै संघले सरकारलार्इ माग पूरा गर्न ४८ घन्टाको समय दिएको थियो। तर ...


चिकित्सा शिक्षा विधेयक फिर्ता नगरे सम्म अब वार्ता हुँदैन : डा गोविन्द केसी

Posted: 2018-07-18 13:50:24

सुनाखरी न्युज/ काठमाडौँ - सरकारले वार्ताको नाममा झारा टार्ने काम मात्र गरेको जनाउँदै अनसनरत डा गोविन्द केसीले म्यान्डेटबिना वार्ता नहुने बताएका छन । आज एक विज्ञप्ति जारी गर्दै डा केसीले सरकारले प्रारम्भिक चरणको वार्ता गरेकोमा हालसम्म सरकारका तर्फबाट माग पूरा गर्न ...


चिकित्सक संघले सरकारलाई दिएको ४८ घण्टे अल्टिमेटम सकियो, चिकित्सकहरु कडा भएर उत्रने

Posted: 2018-07-18 11:52:27

सुनाखरी न्युज/ काठमाडौँ - प्रा डा गोविन्द केसीको मागमा ऐक्यवद्धता जनाउँदै सरकारलाई माग पूरा गर्न ४८ घण्टाको अल्टिमेटम दिएको नेपाल चिकित्सक संघको समय सकिएको छ । समय सकिए पनि सरकारले संघका माग पूरा गर्नु त परै जावस् आन्दोलनमा जाने चिकित्सकलाई कार्वाही ...


अवैध नशालु औषधि बिक्री गर्ने भक्तपुरको फार्मेसीमा शिलबन्दी

Posted: 2018-07-18 09:27:03

सुनाखरी न्युज/ भक्तपुर - किशोर र युवाहरुलाई लागुऔषधका रुपमा प्रयोग गर्ने नशालु अवैध औषधि बिक्री गरिरहेको अवस्थामा भेटिएपछि भक्तपुरको सूर्य्विनायकमा एक औषधि पसलमा शिलबन्दी गरिएको छ। सूर्य्विनायक नगरपालिकाले मंगलबार आकस्मिक रुपमा गरेको औषधि पसलको ...


विना निष्कर्ष टुंगियो डा. केसी र सरकारी टोलीबीचको वार्ता

Posted: 2018-07-17 15:11:43

सुनाखरी न्युज/ काठमाडौँ - डा केसी पक्ष र सरकारी वार्ता टोलीबीच भएको दोस्रो चरणको वार्ता पनि विनानिष्कर्ष टुंगिएको छ। शिक्षा मन्त्रालयमा मंगलबार तीन घन्टासम्म भएको वार्ता मुख्य विषय चिकित्सा शिक्षा विधेयकमा नै सरकारी वार्ता टोली गम्भीर नबनेपछि आजको वार्ता पनि विना निष्कर्षमा टुङ्गिएको ...


Advertisements