स्वास्थ्य-जीवनशैली

भरतपुरको पटिहानी स्वास्थ्य केन्द्रमा सुविधा सम्पन्न ल्याब सन्चालन

Posted: 2018-08-21 13:10:39

सुनाखरी न्युज/ चितवन - भरतपुरको पटिहानीमा रहेको स्वास्थ्य केन्द्रमा सुविधा सम्पन्न ल्याब राखिएको छ । सो ल्याबको आज एक कार्यक्रमका बीच भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले समुद्घाटन गरिन । पटिहानीमा संचालित स्वास्थ्य केन्द्रमा वडा न २२, २३, १३, र १४ का जनताले सेवा लिने गरेका छन् । दैनिक ७० र ८० जनाले सेवा लिनेगरेको स्वास्थ्य केन्द्र प्रमुख माधव पौडेलले बताए । पौडेलका अनुसार दैनिक बिरामी जा‘च, परिवार नियोजन सेवा, गर्भवती जा‘च, सामान्य सल्यक्रिया, क्षयरोग कुष्ठरोगको उपचारका साथै खोप र स्वास्थ्य सुचना कार्यक्रमहरू चलिरहेका छन् । ल्याब उद्घाटनको क्रममा बोल्दै मेयर दाहालले स्वास्थ्य सेवा आम नागरिकको पहुँचमा हुनुपर्नेमा जोड दिईन् । उनले भरतपुर महानगर स्वास्थ्य, शिक्षा, शुद्ध खानेपानी प्रवाह गर्ने क्रममा सचेत रहेको समेत बताइन् । महानगरपालिका भित्र रहेका स्वास्थ्य केन्द्रहरूलाई अत्याधुनिक र सुविधा सम्पन्न गर्दै लगिने मेयर दाहालको भनाई छ । भरतपुरलाई सरकारले मेडिकल सिटीको रूपमा विकास गर्ने नीति लिएको बताउँदै प्रमुख दाहालले मेडिकल सिटीको पुर्वाधारहरू अनुरूप विकास गर्दै लगिने बताइन् ।
 
 
सोही कार्यक्रममा बोल्दै भरतपुर महानगरपालिका स्वास्थ्य विभाग प्रमुख जीवन श्रेष्ठले सबै नागरिकलाई आधारभूत स्वास्थ्य सुविधा पु¥याउने लक्ष्य रहेकोमा भन्दै उपलब्ध साधन स्रोतको अधिकतम उपयोग गरी सेवा प्रवाह गर्न महानगर तयार रहेको बताए । जल्ला समन्वय समिती चितवनका सदस्य लक्ष्मी पुनले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखिनुपर्ने बताइन । भरतपुर महानगरपालिका वडा न १३ का वडा अध्यक्ष प्रकाश दवाडीले पटिहानी स्वास्थ्य चौकीले आधुनिक ल्याब सेवा सुरू गरेकोमा खुशी व्यक्त गर्दै प्रभाबकारी सेवा प्रवाह गर्न स्वास्थ्यकर्मीहरूलाइ आग्रह गरे । वडा नं. २२ का अध्यक्ष विष्णुराज महतोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वास्थ्य केन्द्रमा उत्कृष्ट काम गर्ने कर्मचारी तथा महिला स्वयम् सेविकाहरूलाई सम्मान समेत गरिएको थियो ।



More News



भरतपुरको पटिहानी स्वास्थ्य केन्द्रमा सुविधा सम्पन्न ल्याब सन्चालन

Posted: 2018-08-21 13:10:39

सुनाखरी न्युज/ चितवन - भरतपुरको पटिहानीमा रहेको स्वास्थ्य केन्द्रमा सुविधा सम्पन्न ल्याब राखिएको छ । सो ल्याबको आज एक कार्यक्रमका बीच भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले समुद्घाटन गरिन । पटिहानीमा संचालित ...


कोरिया जानेको स्वास्थ्य परीक्षण आजबाट, यी हुन् छनोट भएका अस्पताल

Posted: 2018-08-20 15:00:15

सुनाखरी न्युज/ काठमाडौं - रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत सन् २०१९ मा दक्षिण कोरिया जान लिइएको कोरियाली भाषा परीक्षा उत्तीर्ण गरेकाहरूको स्वास्थ्य परीक्षण आजबाट हुँदैछ । प्रत्येक दिन एक हजारको दरले स्वास्थ्य ...


चिकित्सक संघको आन्दोलन स्थगित, सरकारलाई १५ दिनको अल्टिमेट

Posted: 2018-08-16 19:35:47

सुनाखरी न्युज/ काठमाडौं– मुलुकी अपराध (संहिता) ऐन २०७४ को परिच्छेद (१९) इलाज सम्बन्धी कसूरका केही व्यवस्थाको विरोधमा आन्दोलित चिकित्सकहरुले आन्दोलन स्थगित गरेका छन् । इलाज सम्बन्धी कसूरमा भएका व्यवस्था चिकित्सकहरुलाई अपराधीको शैलीमा व्यवहार गर्नेतर्फ लक्षित भएको भन्दै आन्दोलनमा उत्रिएका थिए ।...


स्वास्थ्य बिमामा करीब छ हजार बढी आबद्ध

Posted: 2018-08-16 14:16:32

सुनाखरी न्युज/ बैतडी - सरकारले विपन्न र गरीब समुदायका नागरिकका लागि गुणस्तरीय उपचार सेवामा पहुँच बढाउने उद्देश्यले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रममा हालसम्म जिल्लामा झण्डै छ हजार व्यक्ति आवद्ध भएका छन । ...


खाना खाने बित्तिकै यसकारण नुहाउनु हुँदैन

Posted: 2018-08-15 13:04:30

सुनाखरी न्युज/ एजेन्सी - खाना खाने बित्तिकै नुहाउन हुँदैन भनेर तपाईंले धेरैजनाले भनेको सुन्नुभएको हो तर यसलाई वञ्चित गरिनुको कारणबारे भने धेरैलाई थाहा नहुन सक्छ । ...


Advertisements