सुन-चाँदी

सुन प्रतितोला ६० हजार पुग्यो

Posted: 2018-10-12 14:19:06

सुनाखरी न्युज/ काठमाडौं - दसैँ नजिकिँदै गर्दा सुनको मूल्य बढेको छ। शुक्रबार सुनको मूल्य प्रतितोला ६० हजार पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा प्रतितोला ७ सय रुपैयाँले सुनको मूल्य बढेको हो। असोज १२ गते प्रतितोला ५७ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो। त्यसयता क्रमिक रुपमा सुनको मूल्य महँगिएको छ। गत वर्षको दसैँताका साढे ५५ हजार रुपैयाँको हाराहारीमा सुनको कारोबार भएको थियो। महासंघका पूर्व अध्यक्ष मणिरत्न शाक्यका अनुसार नेपाली मुद्रा कमजोर हुँदा सुनको मूल्यमा प्रभाव देखिएको हो। डलर बलियो हुँदा सुनको मूल्य पनि बढेको हो उनले भने अन्तर्रा्ष्ट्रिय बजारमै पनि सुनको मूल्यमा वृद्धि देखिएको छ। दसैँका बेला सुनको माग उच्च हुने गर्दछ। हाल दैनिक औसत ४० केजी बढी सुनको माग रहेको शाक्यले जानकारी दिए।
 
वाणिज्य बैंकहरुले मंसिरसम्म दैनिक २५ केजी सुनको आयात गर्न पाउने व्यवस्था हालै गरिएको छ। यद्यपी बजारमा सुनको अभाव भने उस्तै रहेको शाक्यले बताए। चाडपर्वका कारण सुनको अभाव उस्तै छ उनले भने। राष्ट्र बैंकको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा ३२ अर्ब २० करोड रुपैयाँको सुन आयात भएको छ। बर्सेनी सुन आयात बढ्दै गएको पनि तथ्याङ्कले देखाउँछ। अघिल्लो आवमा २७ अर्ब ४३ करोड रुपैयाँको सुन भित्रिएको थियो। आयातित परिमाण बढ्नुका साथै मूल्य समेत बढेकाले चालु आर्थिक वर्ष सुनका लागि बाहिरिने रकम झनै बढ्न सक्नेछ।



More News



सुनको भाउ ६ वर्ष यताकै महँगो, तोलाको ६० हजार

Posted: 2018-10-13 09:55:32

सुनाखरी न्युज/ काठमाडौं- अन्तर्रा्ष्ट्रिय बजारमा भाउ वृद्धि भएसँगै स्थानीय बजारमा सुनको मूल्य ६ वर्षयताकै उच्च विन्दुमा पुगेको छ। शुक्रबार स्थानीय बजारमा छापावाल सुन प्रतितोला ६० हजारमा किनबेच भएको छ। यो भाउ २०६९ भदौयता सबैभन्दा महँगो हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ६० हजार रुपैयाँमा कारोबार भएको छ बिहीबार ५९ हजार ३ सयमा कारोबार भएको सुन एकै दिनमा ७ सयले बढेर उच्च विन्दुमा पुगेको हो।...


सुन प्रतितोला ६० हजार पुग्यो

Posted: 2018-10-12 14:19:06

सुनाखरी न्युज/ काठमाडौं - दसैँ नजिकिँदै गर्दा सुनको मूल्य बढेको छ। शुक्रबार सुनको मूल्य प्रतितोला ६० हजार पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा प्रतितोला ७ सय रुपैयाँले सुनको मूल्य बढेको ...


नक्कली सुन देखाएर २३ लाख ठगी गर्ने २ जना पक्राउ

Posted: 2018-10-09 15:36:10

सुनाखरी न्युज/ काठमाडौं - नक्कली सुन देखाएर २३ लाख रकम ठगी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत बानेश्वरको टोलीले नक्कली सुनलाई सक्कली सुन भन्दै विक्री गर्ने सिन्धुपालचोकका विशाल तामाङ र ...


सल्लाहकार समिति बैठक सम्पन्न, प्रष्ट कार्य योजनाकासाथ अगाडि बढ्न निर्देशन

Posted: 2018-10-04 22:05:43

सुनाखरी न्युज/ काठमाडौं- नेपाल सुनचाँदी व्यवसायी महासंघको सल्लाहकार समितिको वैठक असोज १८ गते विहिबार काठमाडौंको होटल एल्लो पगोडामा सम्पन्न भएको छ । महासंघका अध्यक्ष मोहन कुमार सुनारको अध्यक्षतामा सम्पन्न सो बैठकमा सल्लाहकार समितिका सदस्य तथा महासंघका पदाधिकारीहरुले महासंघको विद्यमान अखवस्था र आगामी दिनमा महासंघले चाल्नुपर्ने कदमका बारेमा प्रकाश पारेका थिए । ...


सुन खरिदमा नयाँ नियम: १० किलोमाथि किन्‍न गभर्नरको स्वीकृति आवश्यक पर्ने

Posted: 2018-10-04 21:18:38

सुनाखरी न्युज/ काठमाडौं- नेपाल राष्ट्र बैंकले १० किलोग्रामभन्दा धेरै सुन र ८० किलोभन्दा धेरै चाँदी खरिद गर्नु परे गभर्नरबाट स्वीकृत लिनुपर्ने नयाँ व्यवस्था गरेको छ। १० किलोसम्म सुन र ८० किलोसम्म चाँदी खरिदका लागि भने डेपुटी गभर्नरबाट स्वीकृत गराउनुपर्नेछ। राष्ट्र बैंकले यस्तो व्यवस्थासहितको सुनचाँदी तथा अन्य धातु खरिद, टकमरी र बिक्रीसम्बन्धी कार्य्विधि पारित गरेको छ। ५ किलो सुन र ५० किलो चाँदी खरिद गर्न भने मुद्रा व्यवस्थापन विभागबाट सोझै स्वीकृत लिन सकिने व्यवस्था कार्य्विधिले गरेको छ।...


Advertisements