सुन-चाँदी

नक्कली सुन देखाएर २३ लाख ठगी गर्ने २ जना पक्राउ

Posted: 2018-10-09 15:36:10

सुनाखरी न्युज/ काठमाडौं - नक्कली सुन देखाएर २३ लाख रकम ठगी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत बानेश्वरको टोलीले नक्कली सुनलाई सक्कली सुन भन्दै विक्री गर्ने सिन्धुपालचोकका विशाल तामाङ र सुभाष तामाङलाई पक्राउ गरेको काठमाडौं परिसरका प्रवक्ता डिएसपी होमेन्द्र बोगटीले बताए। उनीहरूले १ किलो नक्कली सुन २३ लाख ५० हजार रुपैयाँमा विक्री गरेको खुलेको हो।
 
 
पीडितले सुन नक्कली भएको उजुरी प्रहरीमा  गरेपछि उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको बोगटीले जानकारी दिए। प्रहरीले उनीहरूको साथबाट प्रहरीले ५० हजार रुपैयाँ बरामद गरेको छ।



More News



नक्कली सुन लाई सक्कली सुन भनी विक्रि वितरण गर्ने पक्राउ

Posted: 2018-12-11 09:55:38

सुनाखरी न्युज/ काठमाडौं - काठमाडौं बौद्ध स्तुपाबाट नक्कली सुनलाई सक्कली सुन भनी नगद ६६ हजार रुपैयाँमा विक्रि वितरण गर्न लागेको अवस्थामा २ जनालाई सोमबार साझँ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा चाबहिल बस्ने ...


सुन जस्तो देखिने पहेलो धातु सहित २ जना पक्राउ

Posted: 2018-12-10 14:30:18

सुनाखरी न्युज/ काठमाडौ - त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको पार्किङबाट करिब ३ सय ८८ ग्राम सुन जस्तो देखिने पहेलो धातु सहित रुपन्देही तिलोत्तमा नगरपालिका ८ का २२ वर्षीय द्वारिकालाल चौधरी र गुल्मी छत्रकोट गाउँपालिका ३ ...


दुई किलो सुनसहित पक्राउ

Posted: 2018-12-10 11:02:21

सुनाखरी न्युज/ रसुवा – रसुवाको गोसाईंकुण्ड गाउँपालिका–६ धुन्चेबाट दुई किलो सुनसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा गोसाईंकुण्ड गाउँपालिका – १ थुमनका ३७ वर्षीय निमा दोर्जे तामाङ रहेका छन्। विशेष सुराकीको आधारमा ना १ ज ६१७६ को टाटा सुमोमा स्याफ्रुबाट काठमाडौं जादै गरेको अवस्थामा तामाङलाई प्रहरीले पक्राउ गरेको हो। उनलाई पक्राउ गरेर थप अनुसन्धान थालिएको प्रहरी नायव उपरीक्षक सन्तोष तामाङले बताएका छन्।...


सुन आज प्रतितोला ५८ हजार ७ सयमा कारोबार

Posted: 2018-12-06 12:42:12

सुनाखरी न्युज/ काठमाडौ - सुन आज प्रतितोला ५८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो ५८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। हिजोको तुलनामा सुन प्रतितोला ३ सय रुपैयाँ बढेको हो। ...


सुन जस्तो देखिने पहेंलो धातु सहित पक्राउ

Posted: 2018-12-04 12:44:42

सुनाखरी न्युज/ काठमाडौ - त्रिभुवन अन्तर्रा्ष्ट्रिय बिमानस्थलको पार्किङ एरियाबाट सुन जस्तो देखिने पहेंलो धातुको बाला ३ थान (अन्दाजी १ सय ५० ग्राम) सहित धनुषा गणेशमान नगरपालिका ४ घर भएका २० वर्षीय शकिल महमदलाई ...


Advertisements