सुन-चाँदी

सुन खरिदमा नयाँ नियम: १० किलोमाथि किन्‍न गभर्नरको स्वीकृति आवश्यक पर्ने

Posted: 2018-10-04 21:18:38

 
सुनाखरी न्युज/
काठमाडौं-
नेपाल राष्ट्र बैंकले १० किलोग्रामभन्दा धेरै सुन र ८० किलोभन्दा धेरै चाँदी खरिद गर्नु परे गभर्नरबाट स्वीकृत लिनुपर्ने नयाँ व्यवस्था गरेको छ। १० किलोसम्म सुन र ८० किलोसम्म चाँदी खरिदका लागि भने डेपुटी गभर्नरबाट स्वीकृत गराउनुपर्नेछ। राष्ट्र बैंकले यस्तो व्यवस्थासहितको सुनचाँदी तथा अन्य धातु खरिद, टकमरी र बिक्रीसम्बन्धी कार्य्विधि पारित गरेको छ। ५ किलो सुन र ५० किलो चाँदी खरिद गर्न भने मुद्रा व्यवस्थापन विभागबाट सोझै स्वीकृत लिन सकिने व्यवस्था कार्य्विधिले गरेको छ। नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ११० को उपदफा (३) ले दिएको अधिकार प्रयोग गरी कार्य्विधि बनाइएको हो।
 
 
 
सरकारबाट सुनचाँदी खरिद गर्दा आन्तरिक लेखा परीक्षण विभाग, वित्त व्यवस्थापन विभाग र नेपाल सरकारको सम्बन्धित कार्यालयका प्रतिनिधिको रोहवरमा गलान गरी आस्से परीक्षणबाट हुन आएको गुणस्तरका आधारमा उक्त दिनको अन्तर्रा्ष्ट्रिय बजार मूल्यका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्नुपर्नेछ।
 
कार्य्विधि बमोजिमको काम कारबाहीका लागि आवश्यक सुनचाँदी तथा अन्य धातु प्रचलित ऐन तथा विनियमावलीमा तोकिए बमोजिमको प्रक्रिया अवलम्बन गरी स्वदेशी तथा अन्तर्रा्ष्ट्रिय बजारबाट खरिद गर्न सकिनेछ। यसरी खरिद गरिने सुन तथा चाँदीको गुणस्तर ९९९.९ टचको हुनुपर्नेछ। सरकारी निकायबाट अनुरोध भई आएको अवस्थामा नेपाल सरकारबाट समेत सुनचाँदी खरिद गर्न सकिनेछ।नेपालको आर्थिक, सामाजिक वा सांस्कृतिक क्षेत्रमा क्रियाशील रही योगदान पुर्‍याउँदै आएको कुनै कम्पनी, संघसंस्थाको कुनै विशेष दिन, वर्ष, अवसर, कार्यक्रम वा उपलब्धिसँग सम्बन्धित विषयवस्तु अंकित भई स्मारिका सिक्का एकपटक निश्चित संख्यामा टकमरी गरे पश्चात् सोही स्मारिका सिक्का पुनः टकमरी नगरिने कार्य्विधिमा उल्लेख छ।
 
टकमरी गरिएको स्मारिका सिक्का बिक्री नभई बाँकी रहेको अवस्थामा त्यस्तो स्मारिका सिक्काको टकमरी गरिएको मितिले १० वर्षमा पुनर्मूल्यांकन गरी नयाँ बिक्री मूल्य कायम गर्नुपर्नेछ। सिक्कामा प्रयोग गरिएको धातु बजार मूल्य प्रतिग्राम २० रुपैयाँभन्दा कम भएको अवस्थामा बढीमा १५ दिनसम्म बिक्री गर्नुपर्नेछ। १५ दिन नपुग्दै सो वा सोभन्दा बढी मूल्य कायम हुन आएमा बिक्री गर्न सकिनेछ।
 
यस्तै नेपालको पर्यटन प्रवद्र्धन गर्न कुनै विशेष स्थान वा चाडपर्वसँग सम्बन्धित विषयवस्तु अंकित मेडालियन टकमरी बिक्री गर्न सकिनेछ। प्राकृतिक सम्पदा, मठमन्दिर, देवीदेवता, पशुपंक्षी, ऐतिहासिक तथा साँस्कृतिक धरोहरको विषय वस्तु अंकित यस्ता मेडालियन टकमरी बिक्री गर्न सकिने भए पनि यसको मूल्य भने खुलाउन पाइनै छैन।
 
असर्फी टकमरीका लागि भने राष्ट्र बैंकले नेपाल सुनचाँदी व्यवसायी महासंघद्वारा प्रकाशित सुनको स्थानीय बजार मूल्य र विदेशी विनिमय व्यवस्थापन विभागबाट उपलब्ध हुने भारतीय बजारको अघिल्लो कारोबार दिनको अन्तिम मूल्यबीचको औसत मूल्यमा गणना गर्नुपर्नेछ। यस्तो औसत मूल्य बजार मूल्यभन्दा कम हुन गएका बजार मूल्यलाई आधार मूल्यका रूपमा र औसत मूल्य बढी भएमा सोही औसत मूल्यलाई आधार मूल्यमा लिएर बिक्री गर्नुपर्ने व्यवस्था कार्य्विधिले गरेको छ।



More News



नक्कली सुन लाई सक्कली सुन भनी विक्रि वितरण गर्ने पक्राउ

Posted: 2018-12-11 09:55:38

सुनाखरी न्युज/ काठमाडौं - काठमाडौं बौद्ध स्तुपाबाट नक्कली सुनलाई सक्कली सुन भनी नगद ६६ हजार रुपैयाँमा विक्रि वितरण गर्न लागेको अवस्थामा २ जनालाई सोमबार साझँ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा चाबहिल बस्ने ...


सुन जस्तो देखिने पहेलो धातु सहित २ जना पक्राउ

Posted: 2018-12-10 14:30:18

सुनाखरी न्युज/ काठमाडौ - त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको पार्किङबाट करिब ३ सय ८८ ग्राम सुन जस्तो देखिने पहेलो धातु सहित रुपन्देही तिलोत्तमा नगरपालिका ८ का २२ वर्षीय द्वारिकालाल चौधरी र गुल्मी छत्रकोट गाउँपालिका ३ ...


दुई किलो सुनसहित पक्राउ

Posted: 2018-12-10 11:02:21

सुनाखरी न्युज/ रसुवा – रसुवाको गोसाईंकुण्ड गाउँपालिका–६ धुन्चेबाट दुई किलो सुनसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा गोसाईंकुण्ड गाउँपालिका – १ थुमनका ३७ वर्षीय निमा दोर्जे तामाङ रहेका छन्। विशेष सुराकीको आधारमा ना १ ज ६१७६ को टाटा सुमोमा स्याफ्रुबाट काठमाडौं जादै गरेको अवस्थामा तामाङलाई प्रहरीले पक्राउ गरेको हो। उनलाई पक्राउ गरेर थप अनुसन्धान थालिएको प्रहरी नायव उपरीक्षक सन्तोष तामाङले बताएका छन्।...


सुन आज प्रतितोला ५८ हजार ७ सयमा कारोबार

Posted: 2018-12-06 12:42:12

सुनाखरी न्युज/ काठमाडौ - सुन आज प्रतितोला ५८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो ५८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। हिजोको तुलनामा सुन प्रतितोला ३ सय रुपैयाँ बढेको हो। ...


सुन जस्तो देखिने पहेंलो धातु सहित पक्राउ

Posted: 2018-12-04 12:44:42

सुनाखरी न्युज/ काठमाडौ - त्रिभुवन अन्तर्रा्ष्ट्रिय बिमानस्थलको पार्किङ एरियाबाट सुन जस्तो देखिने पहेंलो धातुको बाला ३ थान (अन्दाजी १ सय ५० ग्राम) सहित धनुषा गणेशमान नगरपालिका ४ घर भएका २० वर्षीय शकिल महमदलाई ...


Advertisements