सुन-चाँदी

सुनचाँदी खरिद विक्री सम्बन्धी कार्य्विधि कार्यान्वयनमा

Posted: 2018-10-04 15:45:12

सुनाखरी न्युज/ काठमाडौं - नेपाल राष्ट्र बैंकले सुनचाँदी तथा अन्य धातु खरिद, टकमरी र बिक्री सम्बन्धी कार्य्विधि २०७५ सार्वजनिक गरेको छ । राष्ट्र बैंकले टक्सार महाशाखाबाट गर्ने सुनचाँदी तथा अन्य धातुको खरिद, चलनचल्तीको सिक्का बाहेकको अन्य टकमरी र बिक्री गर्ने कार्यलाई व्यवस्थित गर्न कार्य्विधि लागू गरिएको जनाएको छ । कार्य्विधिमा सुन चाँदी अन्य धातु खरिद गर्ने, स्मारिका सिक्का टकमरी गरी बिक्री गर्ने मेडालियन टकमरी गरी बिक्री गर्ने लगायतका व्यवस्था गरिएको छ । 
 
सुनचाँदी तथा अन्य धातु खरिद, टकमरी र बिक्री सम्बन्धी कार्यविधि, २०७५ 
थप जानकारिको लागी यो लिङ्क क्लिक्क गर्नुहोस  
/uploads/wysiwyg_files/Gold_and_Silver_Purchase_Minting_and_Sale_Working_Procedures_2075.pdf
 
असर्फी टकमरी गरी बिक्री गर्ने, कच्चा सुन वा चाँदी सोझै बिक्री गर्ने पदक टकमरी गरी उपलब्ध गराउने कार्यलाई कार्य्विधि मार्फत व्यवस्थित गरिएको छ । सुनचाँदी खरिद, टकमरी तथा बिक्री गर्दा प्रयोग हुने धातु र सोको गुणस्तर पनि कार्य्विधिले निर्धारण गरेको छ । टकमरी सिफारिस समिति, समितिको काम, कर्तव्य र अधिकार लगायतका १६ बुदे व्यवस्था कार्य्विधिमा गरिएको छ । 



More News



सुनको भाउ ६ वर्ष यताकै महँगो, तोलाको ६० हजार

Posted: 2018-10-13 09:55:32

सुनाखरी न्युज/ काठमाडौं- अन्तर्रा्ष्ट्रिय बजारमा भाउ वृद्धि भएसँगै स्थानीय बजारमा सुनको मूल्य ६ वर्षयताकै उच्च विन्दुमा पुगेको छ। शुक्रबार स्थानीय बजारमा छापावाल सुन प्रतितोला ६० हजारमा किनबेच भएको छ। यो भाउ २०६९ भदौयता सबैभन्दा महँगो हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ६० हजार रुपैयाँमा कारोबार भएको छ बिहीबार ५९ हजार ३ सयमा कारोबार भएको सुन एकै दिनमा ७ सयले बढेर उच्च विन्दुमा पुगेको हो।...


सुन प्रतितोला ६० हजार पुग्यो

Posted: 2018-10-12 14:19:06

सुनाखरी न्युज/ काठमाडौं - दसैँ नजिकिँदै गर्दा सुनको मूल्य बढेको छ। शुक्रबार सुनको मूल्य प्रतितोला ६० हजार पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा प्रतितोला ७ सय रुपैयाँले सुनको मूल्य बढेको ...


नक्कली सुन देखाएर २३ लाख ठगी गर्ने २ जना पक्राउ

Posted: 2018-10-09 15:36:10

सुनाखरी न्युज/ काठमाडौं - नक्कली सुन देखाएर २३ लाख रकम ठगी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत बानेश्वरको टोलीले नक्कली सुनलाई सक्कली सुन भन्दै विक्री गर्ने सिन्धुपालचोकका विशाल तामाङ र ...


सल्लाहकार समिति बैठक सम्पन्न, प्रष्ट कार्य योजनाकासाथ अगाडि बढ्न निर्देशन

Posted: 2018-10-04 22:05:43

सुनाखरी न्युज/ काठमाडौं- नेपाल सुनचाँदी व्यवसायी महासंघको सल्लाहकार समितिको वैठक असोज १८ गते विहिबार काठमाडौंको होटल एल्लो पगोडामा सम्पन्न भएको छ । महासंघका अध्यक्ष मोहन कुमार सुनारको अध्यक्षतामा सम्पन्न सो बैठकमा सल्लाहकार समितिका सदस्य तथा महासंघका पदाधिकारीहरुले महासंघको विद्यमान अखवस्था र आगामी दिनमा महासंघले चाल्नुपर्ने कदमका बारेमा प्रकाश पारेका थिए । ...


सुन खरिदमा नयाँ नियम: १० किलोमाथि किन्‍न गभर्नरको स्वीकृति आवश्यक पर्ने

Posted: 2018-10-04 21:18:38

सुनाखरी न्युज/ काठमाडौं- नेपाल राष्ट्र बैंकले १० किलोग्रामभन्दा धेरै सुन र ८० किलोभन्दा धेरै चाँदी खरिद गर्नु परे गभर्नरबाट स्वीकृत लिनुपर्ने नयाँ व्यवस्था गरेको छ। १० किलोसम्म सुन र ८० किलोसम्म चाँदी खरिदका लागि भने डेपुटी गभर्नरबाट स्वीकृत गराउनुपर्नेछ। राष्ट्र बैंकले यस्तो व्यवस्थासहितको सुनचाँदी तथा अन्य धातु खरिद, टकमरी र बिक्रीसम्बन्धी कार्य्विधि पारित गरेको छ। ५ किलो सुन र ५० किलो चाँदी खरिद गर्न भने मुद्रा व्यवस्थापन विभागबाट सोझै स्वीकृत लिन सकिने व्यवस्था कार्य्विधिले गरेको छ।...


Advertisements