सुन-चाँदी

१० किलो सुनसहित गोरखामा दुई जना पक्राउ

Posted: 2018-09-08 20:25:51

 
सुनाखरी न्युज/
 गोरखा । १० किलो अवैध सुन सहित दुई जना पक्राउ परेका छन् ।  उत्तरी क्षेत्र चुमनुव्री गाउँपालिका–७ छेकम्पारका मुटुक लामा र लोप्सान तेन्जे लामालाइ शनिवार सुन सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
 
चुमनुव्री गाउँपालिका–३ सिर्दीवासमा चेकजाँचको क्रममा उनीहरुको साथबाट सुन बरामद गरिएको जिल्ला प्रहरी प्रमुख एसपी बिमल बस्नेतले बताए ।
 
 
 
 
‘दुइ जनाको साथमा पाँचरपाँच किलोको सुनका बिस्कुट भेटियो,’ उनले भने । पक्राउ परेकाहरुलाइ जिल्ला प्रहरी कार्यालय लगिँदैछ ।
 
चीनसँगको खुल्ला सिमाना भएकाले सुन तस्करी हुने आशंकामा उक्त क्षेत्रको चेकजाँचमा प्रहरीले कडाइ गरेको छ । घटना बारे थप अनुसन्धान भइरहेको एसपी बस्नेतले बताए ।



More News



प्रधानमन्त्रीलाई प्रतिवेदन बुझायो सुन अनुसन्धान समितिले

Posted: 2018-08-01 21:15:39

सुनाखरी न्युज/ काठमाडौं । नेपालमा भइरहेको संगठित सुन तस्करीको र्‍याकेटबारे अनुसन्धान गरेको उच्च स्तरीय समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुधबार प्रतिवेदन बुझाएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सहित समितिका संयोजक ईश्वरराज पौडेल लगायतका पदाधिकारीहरु पुगेर ७ सय ७२ पृष्ठ लामो प्रतिवेदन ओलीलाई बुझाइएको हो ।...


कति पुग्यो सुनको मूल्य

Posted: 2018-08-01 14:35:33

सुनाखरी न्युज/ काठमाडौं - बुधबार सुनको भाउ तोलामा ५६ हजार तीन सयमा कारोबार भइरहेको छ ।मंगलबार पनि सुन यही भाउमा कारोबार भएको थियो । यस्तै तेजावी सुन आज ५६ हजारमा कारोबार भएको छ । ...


सुन तस्कारीमा नयाँ शैली, सुटकेशको पांग्रामा लुकाएर सुन तस्करी, विमानस्थलमा ३ किलो सुन सहित ५ भारतीय पक्राउ

Posted: 2018-07-25 09:31:39

सुनाखरी न्युज/ काठमाडौं - त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट तीन किलो सुनसहित ५ जना भारतीय नागरिक पक्राउ परेका छन। मंगलवार पनि विमानस्थल प्रहरीले ३ किलो अवैध सुन सहित पाँच जना भारतिय नागरिकलाई पक्राउ गरेको छ । ...


रोकिएन सुन तस्करी: मलद्वारमा लुकाएर साढे २ किलो सुन तस्करी, विमानस्थलमा २ भारतीय पक्राउ

Posted: 2018-07-22 16:53:10

सुनाखरी न्युज/ काठमाडौं - मलद्धारमा लुकाएर ठूलो मात्रामा सुन तस्करी गर्न खोज्ने दुई भारतीय नागरिक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन । विमानस्थल प्रहरी कार्यालयले शनिबार दुई भारतीयलाई ...


सुनको मूल्य घट्यो, किन्नेलाई मौका

Posted: 2018-07-20 10:38:23

सुनाखरी न्युज/ काठमाडौ - सुन र चाँदीको मूल्य असारको तुलनामा साउनमा घटेको छ । असारमा प्रतितोला ५७ हजार १ सय रुपैयाँमा किनबेच भएको सुन साउनको पहिलो दिनमै ६ सय रुपैयाँ घटेर ५६ हजार ५ सय रुपैयाँमा आएको छ । ...


Advertisements