सुन-चाँदी

१० किलो सुनसहित गोरखामा दुई जना पक्राउ

Posted: 2018-09-08 20:25:51

 
सुनाखरी न्युज/
 गोरखा । १० किलो अवैध सुन सहित दुई जना पक्राउ परेका छन् ।  उत्तरी क्षेत्र चुमनुव्री गाउँपालिका–७ छेकम्पारका मुटुक लामा र लोप्सान तेन्जे लामालाइ शनिवार सुन सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
 
चुमनुव्री गाउँपालिका–३ सिर्दीवासमा चेकजाँचको क्रममा उनीहरुको साथबाट सुन बरामद गरिएको जिल्ला प्रहरी प्रमुख एसपी बिमल बस्नेतले बताए ।
 
 
 
 
‘दुइ जनाको साथमा पाँचरपाँच किलोको सुनका बिस्कुट भेटियो,’ उनले भने । पक्राउ परेकाहरुलाइ जिल्ला प्रहरी कार्यालय लगिँदैछ ।
 
चीनसँगको खुल्ला सिमाना भएकाले सुन तस्करी हुने आशंकामा उक्त क्षेत्रको चेकजाँचमा प्रहरीले कडाइ गरेको छ । घटना बारे थप अनुसन्धान भइरहेको एसपी बस्नेतले बताए ।



More News



तीन वर्षमै समातियो पाँचसय किलो सुन !

Posted: 2017-10-27 09:16:09

काठमाडौं । सुरक्षा कमजोरीको फाइदा उठाउँदै तस्करहरुले नेपाललाई ‘ट्रान्जिट प्वाइन्ट’ बनाएर अबैध रुपमा ठूलो परिमाणमा सुन तस्करी गरिरहेका छन् । अवैध रुपमा चीनसँगका विभिन्न खुल्ला नाका र त्रिभुवन विमानस्थलबाटै सुन नेपाल भित्र्याउने र भारतसँगै तेस्रो बजारमा कारोबार भइरहेको छ । पछिल्ला वर्षमा विभिन्न नाकाबाट भन्सार छल्दै ल्याएका सुन पक्राउ पर्ने क्रम पनि बढेको छ । पछिल्ला तीन आर्थिक वर्षमा तस्करबाट ठूलो परिमाण (१ किलोग्रामभन्दा माथि)मा पक्राउ परेको ३ सय ९२ किलोग्राम भन्दा बढी (३९२.३२९) सुन राष्ट्र बैंकको ढुकुटीमा जम्मा भइसकेको छ । ...


८८ किलो सुन प्रकरणका व्यापारी तामाङ पक्राउ

Posted: 2017-10-18 14:44:26

काठमाण्डौ: प्रहरीले नेपाल चीन केरुङ व्यवसायी संघका अध्यक्ष मानबहादुर तामाङलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी अपराध महाशाखाले ८८ किलो सुन बरामत घटनामा तामाङको संलग्नता खुलेपछि उनलाई पक्रेको हो। महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीले केरुङबाट काठमाणडौसम्म सुन ल्याउन तामाङले मध्यस्तकर्ताको भूमीका खेलेको देखिएपछि अनुसन्धानकालागि पक्राउ गरिएको बताए।नेपालमा पटक पटक यस्ता घटना हुँदै आएका छन् । यस्ता घटना हुनुमासर्वसाधारणमात्र नभइृ ठुलै व्यक्तिकोपनि संलग्नता रहेको आश.का विगत देखि नैहुँदै आएको हो । यस्ता घटनाले एकातिरप्रहरी प्रशासनकोकमजोरी उदांगो पारेको छ भने अखर्कोतिरसरकराी राजस्जमापनि ठूलो क्षति पुगेको छ। ...


माडीका सुनचाँदी व्यवसायीद्धारा सुरक्षाको माग

Posted: 2017-10-15 15:31:01

माडी । माडीका सुनचाँदी व्यवसायीद्धारा सोमबार प्रशासनसंग व्यवसाय सुरक्षाको माग गरेका छन् । माडीको बसन्तपुर स्थीत उत्तम सुनचाँदी पसलबाट नगद १ लाख ४१ हजार पाँच सय पच्चिस रुपैयासहित सुन र चाँदी गरी करिब ६ लाख ४५ हजार एक सय पन्चानब्बे रुपैयाँ बराबर गरगहना तथा नगद चोरी भएको पसल संचालक शिवलाल सुनारले जानकारी दिए ।नेपाल सुनचाँदी व्यवसायी संघ माडी शाखाका अध्यक्ष कृष्ण गोतामेको संयोजकत्वमा ईलाका प्रशासन कार्यालय माडी र माडी नगरपालिकामा डेलिगेशन गएको थियो । ...


कहाँ जान्छ प्रहरीले पक्राउ गरेको सुन ?

Posted: 2017-10-11 16:16:25

काठमाण्डौं । प्रहरीले पटक पटक सुन बरामद गरेको सुनिन्छ । कहाँ जान्छ त यसरी पक्राउमा परेको सुन ? यसमा जिज्ञासा लिनु स्वभाविकै हो। यसरी पक्राउमा परेको सुन विभिन्न सरकारी निकाय हुंदै अन्तमा व्यवसायीहरु समक्ष आइपुग्छ । प्रहरीले पक्राउ गरेको सुन राजश्व अनुसन्धान विभाग पठाउँछ भने दोषीलाई अदालतमा उभ्याइन्छ । प्रहरीले राजश्व अनुसन्धान विभाग पठाएको सुन लगायतका अन्य वस्तुहरु अदालतको दसी प्रमाणका लागि मागेको बेला अदालतमा उपलब्ध गराउनु पर्छ । कुनैपनि व्यक्तिलाई कुनै आरोपमा पक्राउ गरेपछि त्यसको दसी प्रमाणका लागि बरामद भएका सामान अदालतले माग्ने भएकाले राजश्व अनुसन्धान विभागले त्यस्ता पक्राउ परेका सुन अदालतमा चाहिएको बेला उपलब्ध गराउने गर्छ । आरोपी तथा अभियुक्तलाई लागेको आरोप पुष्टि नहुन्जेलसम्म ती सामानहरु राजश्व अनुसन्धान विभागमै रहन्छन् । यसरी सुन तस्करीमा संलग्न भएको व्यक्तिको आरोप अदालतबाट पुष्टि भएपछि राजश्व अनुसन्धान विभागले सुन नेपाल राष्ट्र बैंकमा ...


८८ किलो सुन तस्करीमा संलग्न रहेको अभियोगमा पाँच जना पक्राउ, थप अनुसन्धानको लागि जिल्ला अदालतमा म्याद थप

Posted: 2017-09-20 21:15:10

८८ किलो सुन तस्करीमा संलग्न रहेको अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । सुन तस्करीमा संलग्न कार्य्िवनायक सुनचाँदी पसलका मालिक गणेशदत्त बडु, शाक्य सुनचाँदी पसलका मालिक सुगरत्न शाक्य, पशुपति सुनचाँदी पसलका मालिक नन्दकुमार मर्गले, रविश्पायाम ट्रेडर्सका सत्यनारायण अग्रवाल र उल्लास दिनकर सालुखेलाई पक्रिएको महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखा प्रमुख एसएसपी दिवेश लोहनीले जानकारी दिए । एसएसपी लोहोनीले भने ’ उनीहरुले अवैध रुपमा भित्र्याएको सुन खरिद गर्ने देखियो ।’ महाशाखाको टोलीले उनीहरुलाई सोमवार पक्राउ गरिएको हो। उनीहरुलाई थप अनुसन्धानको लागि काठमाडौं जिल्ला अदालतमा म्याद थप गरिएको...


Advertisements