सुन-चाँदी

१० किलो सुनसहित गोरखामा दुई जना पक्राउ

Posted: 2018-09-08 20:25:51

 
सुनाखरी न्युज/
 गोरखा । १० किलो अवैध सुन सहित दुई जना पक्राउ परेका छन् ।  उत्तरी क्षेत्र चुमनुव्री गाउँपालिका–७ छेकम्पारका मुटुक लामा र लोप्सान तेन्जे लामालाइ शनिवार सुन सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
 
चुमनुव्री गाउँपालिका–३ सिर्दीवासमा चेकजाँचको क्रममा उनीहरुको साथबाट सुन बरामद गरिएको जिल्ला प्रहरी प्रमुख एसपी बिमल बस्नेतले बताए ।
 
 
 
 
‘दुइ जनाको साथमा पाँचरपाँच किलोको सुनका बिस्कुट भेटियो,’ उनले भने । पक्राउ परेकाहरुलाइ जिल्ला प्रहरी कार्यालय लगिँदैछ ।
 
चीनसँगको खुल्ला सिमाना भएकाले सुन तस्करी हुने आशंकामा उक्त क्षेत्रको चेकजाँचमा प्रहरीले कडाइ गरेको छ । घटना बारे थप अनुसन्धान भइरहेको एसपी बस्नेतले बताए ।



More News



३८ क्विन्टल सुन कहाँ लगे गोरेले ? अधिकांश सुन भारत लैजान्थे !

Posted: 2018-05-08 15:05:39

सुनाखरी न्युज/ काठमाडौं - गृह मन्त्रालयले सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा बनाएको विशेष अनुसन्धान समिति र अनुसन्धान अधिकारीहरुले गरेको पछिल्लो अनुसन्धानबाट सुन तस्करका मुख्य नाइके चुडामणि उप्रेती गोरे नै भएको पुष्टि गरेको छ । तर उनलाई सहयोग गर्ने अझै माथिल्लो निकाय रहेको हुन सक्ने आशंका गर्दै समितिले दोस्रो चरणको अनुसन्धान थालेको छ ।...


सुन तस्करी र हत्या प्रकरण: थप ५ जनाको बयान लिइँदै १० आरोपी बयान बाँकी

Posted: 2018-05-07 12:43:25

सुनाखरी न्युज/ विराटनगर — साढे ३३ किलो सुन तस्करी र सनम शाक्यको हत्या प्रकरणका आरोपीमध्ये सोमबार थप ५ जनाको बयान लिन सुरु गरिएको छ । जिल्ला अदालत मोरङमा उनीहरुको बयान लिने काम भइरहेको छ । यीसहित बयानमा सलग्न अभियुक्तहरुको संख्या २० पुगेको छ । अब अरु १० जनाको बयान लिन बाँकी छ ।...


सुन तस्करी र हत्या प्रकरणः ६ जनाको बयान सकियो, अरू ५ जनाको सुरू

Posted: 2018-05-06 15:05:44

सुनाखरी न्युज/ विराटनगर — साढे ३३ किलो सुन तस्करी र सनम शाक्यको हत्या प्रकरणका अभियुक्तमध्ये आइतबारदेखि थप पाँचजनाको बयान लिन सुरु गरिएको छ । यसअघि जिल्ला अदालत मोरङले ५ जनाको बयान लिइसकेको छ । गत बिहीबार ६ जनाको बयान लिन सुरु गरिएकामा पाँचजनाको सकिएको थियो । शुक्रबार बयान नटुंगिएपछि टेकराज मल्ल ठकुरीको आइतबार बयान टुंग्याइएको हो । ...


सुन तस्करीमा अघिकांस पुरानै

Posted: 2018-05-02 10:34:21

सुनाखरी न्युज/ काठमाडौँ — ठूलो परिमाणमा भइरहेका सुन तस्करी प्रकरणमा पुराना तस्करी घटनामा संलग्नहरू नै सक्रिय रहेको पाइएको छ । संगठित सुन तस्करीबारे गम्भीर अनुसन्धान नहुँदा र तस्करीमा मुछिएकाले सजिलै उन्मुक्ति पाउँदा अवैध स्वर्ण धन्दाको गुप्त कारोबार निर्वाध चलिरहेको देखिन्छ ।...


एसपी खनाल प्रहरी नियन्त्रणमा

Posted: 2018-04-25 12:27:42

सुनाखरी न्युज/ काठमाडौं – ३३ केजी सुन तथा सनम शाक्य हत्या प्रकरणमा छानविनका लागि बनाइएको उच्चस्तरीय छानविन समितिले प्रहरी उपरीक्षक एसपी विकास खनाललाई प्रहरीले आन्तरिक हिरासतमा लिएर नक्सालस्थित १ नम्बर गणमा राखेको छ।...


Advertisements