सुन-चाँदी

१० किलो सुनसहित गोरखामा दुई जना पक्राउ

Posted: 2018-09-08 20:25:51

 
सुनाखरी न्युज/
 गोरखा । १० किलो अवैध सुन सहित दुई जना पक्राउ परेका छन् ।  उत्तरी क्षेत्र चुमनुव्री गाउँपालिका–७ छेकम्पारका मुटुक लामा र लोप्सान तेन्जे लामालाइ शनिवार सुन सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
 
चुमनुव्री गाउँपालिका–३ सिर्दीवासमा चेकजाँचको क्रममा उनीहरुको साथबाट सुन बरामद गरिएको जिल्ला प्रहरी प्रमुख एसपी बिमल बस्नेतले बताए ।
 
 
 
 
‘दुइ जनाको साथमा पाँचरपाँच किलोको सुनका बिस्कुट भेटियो,’ उनले भने । पक्राउ परेकाहरुलाइ जिल्ला प्रहरी कार्यालय लगिँदैछ ।
 
चीनसँगको खुल्ला सिमाना भएकाले सुन तस्करी हुने आशंकामा उक्त क्षेत्रको चेकजाँचमा प्रहरीले कडाइ गरेको छ । घटना बारे थप अनुसन्धान भइरहेको एसपी बस्नेतले बताए ।



More News



सुन तस्करलाई सघाएको अभियोगमा थप तीनजना पक्राउ

Posted: 2018-05-19 07:43:19

सुनाखरी न्युज/ काठमाडौँ — संगठित सुन तस्करीको अनुसन्धान गरिरहेको विशेष समितिले हुन्डी कारोबारमार्फत संगठित सुन तस्करीलाई सघाएको अभियोगमा थप तीन जनालाई पक्राउ गरेको छ । समितिको निर्देशनमा प्रहरीले नुवाकोट घर भएका मदन सिलवाल, काठमाडौं कागेश्वरीका मदन कटुवाल र काभ्रे कुशादेवीका सुदन सापकोटालाई पक्राउ गरेको हो ।...


८८ किलो सुन तस्करी प्रकरणः दुई मुख्य अभियुक्तले पाए सर्वोच्चबाट उन्मुक्ति, थुनामा राख्ने जिल्ला र उच्च अदालतको आदेश बदर

Posted: 2018-05-18 12:48:56

सुनाखरी न्युज/ काठमाडौं– ८८ किलो सुन तस्करीमा संलग्न भएको आरोप लागेका दुई अभियुक्तले सर्वोच्च अदालतबाट उन्मुक्ति पाएका छन्। जिल्ला र उच्च अदालतको आदेशले थुनामा रहेका उनीहरुको पक्षमा न्यायाधीशद्वय केदारप्रसाद चालिसे र बमकुमार श्रेष्ठको इजलाशले आदेश सुनाएको हो।...


सुनसहित दुई भारतीय पक्राउ

Posted: 2018-05-16 14:05:27

सुनाखरी न्युज / कञ्चनपुर- कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीको टोलीले आज बिहान पश्चिमी नाकामा ४९६ ग्राम सुनसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको हरियाणाका जीतेन्द्र सैनी र सुरेशकुमार रहेको कञ्चनपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कञ्चनपुर भन्सार कार्यालयका अनुसार भन्सारको टोलीले सुनसहित भारतीय नागरिक लाई पक्राउ गरेको छ र ती अभियुक्तलाई भन्सार ऐन–२०६४ अनुसार कारबाही गरिने भन्सार कार्यालयले जनाएको छ ।


घट्यो सुनको भाउ

Posted: 2018-05-16 13:29:29

सुनाखरी न्युज / काठमाडौँ - बुधबार सुनको मुल्य तोलामा ५ सय रुपैयाँ घटेको छ । मंगलबार ५९ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य बुधबार ५८ हजार ७०० रुपैयाँमा झरेको छ । त्यस्तै, तेजावी सुन बुधबार ५८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । ...


सुन तस्करी र हत्या प्रकरणः दुई नयाँ अभियुक्तलाई म्याद थप, सुन र गोरे खोज्दै प्रहरी, ‘कहाँ छ ३३ किलो सुन ?’

Posted: 2018-05-15 10:46:25

सुनाखरी न्युज/ विराटनगर- ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या मुद्दामा प्रतिवादीतर्फबाट बहस गर्ने कानुन व्यवसायीले अदालतसमक्ष सुन खोइ भन्ने जिज्ञासा राखेका छन् । अभियुक्तका तर्फबाट सोमबार बहस गर्दै वरिष्ठ अधिवक्ताहरू माधवराज आचार्य, राजेन्द्र भट्टराई, सुरेशलाल श्रेष्ठसहित १० जनाले अदालतसमक्ष यस्तो जिज्ञासा राखेका हुन् । उनीहरूले अघिल्ला कानुन व्यवसायीले इजलाससमक्ष राखेकै तर्क दोहोर्‍याएका थिए ।...


Advertisements