सुन-चाँदी

१० किलो सुनसहित गोरखामा दुई जना पक्राउ

Posted: 2018-09-08 20:25:51

 
सुनाखरी न्युज/
 गोरखा । १० किलो अवैध सुन सहित दुई जना पक्राउ परेका छन् ।  उत्तरी क्षेत्र चुमनुव्री गाउँपालिका–७ छेकम्पारका मुटुक लामा र लोप्सान तेन्जे लामालाइ शनिवार सुन सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
 
चुमनुव्री गाउँपालिका–३ सिर्दीवासमा चेकजाँचको क्रममा उनीहरुको साथबाट सुन बरामद गरिएको जिल्ला प्रहरी प्रमुख एसपी बिमल बस्नेतले बताए ।
 
 
 
 
‘दुइ जनाको साथमा पाँचरपाँच किलोको सुनका बिस्कुट भेटियो,’ उनले भने । पक्राउ परेकाहरुलाइ जिल्ला प्रहरी कार्यालय लगिँदैछ ।
 
चीनसँगको खुल्ला सिमाना भएकाले सुन तस्करी हुने आशंकामा उक्त क्षेत्रको चेकजाँचमा प्रहरीले कडाइ गरेको छ । घटना बारे थप अनुसन्धान भइरहेको एसपी बस्नेतले बताए ।



More News



साढे ३३ किलो सुन काण्डको छानबिन समितिको म्याद एक महिना थपियो

Posted: 2018-06-17 12:33:06

सुनाखरी न्युज/ काठमाडौँ- सरकारले साढे ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणको अनुसन्धान गरिरहेको विशेष टोलीको म्याद एक महिना थपेको छ । मन्त्रिपरिषदको जेठ ३१ गते बसेको बैठकले गृहमन्त्रालयका सहसचिव ईश्व पौडेल नेतृत्वको समितिको म्याद असार मसान्तसम्म थप गरेको हो ।...


सुरक्षा र व्यवसाय सञ्चालनको मापदण्ड बनाउन सुनचाँदी व्यवसायीहरुको आग्रह

Posted: 2018-06-14 09:18:14

सुनाखरी न्युज/ धनगढी- नेपाल सुन चाँदी व्यवसायी महासंघको ७ नम्बर प्रदेश स्तरीय भेला मंगलवार धनगढीमा सम्पन्न भएको छ । भेलाको उद्घाटन गर्दै प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाहले सुनचाँदी व्यवसायीहरुले अर्थतन्त्रको विकासमा पु¥याएको योगदानको प्रशंसा गर्दै उनीहरुको समस्या र माग सम्बोधन गर्न पहल गर्ने बताए ।...


आफैंले चलाएको ट्याक्सीमा चढ्ने यात्रुको सुन चोर्ने ३ ट्याक्सी चालकसहित चारजना पक्राउ

Posted: 2018-06-11 16:05:40

सुनाखरी न्युज/ काठमाडौं - वैशाख १९ गते लैनचौरबाट काँडाघारी जाँदै गर्दा सुनको गरगहना लुटिएको उजुरी परेपछि अनुन्धान गर्दै जाँदा तीन जना ट्याक्सी ड्राईभर सहित चारजना लाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी वृत्त लैनचौरका डिएसपी दीपक पोखरेलले बताएका छन । आफ्नै ट्याक्सीमा चढेकी यात्रु को गरगहना लुटेर भाग्ने बा। २ झ ३७८ नम्बरको ट्याक्सी चालक शुक्रबिर तामाङले लुटेको गहना विक्री वितरण गर्नका लागि बिजेश र चिनलाल तामाङले ग्राहक खोजेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ । ...


गृहको छानबिन समितिद्वारा दरबारमार्ग र न्यूरोडका सुन पसलमा छापा

Posted: 2018-06-11 15:46:54

सुनाखरी न्युज/ काठमाडौं - तस्करीको सुन कारोबार गरेको आरोपमा गृह मन्त्रालयको विशेष छानबिन समितिले दरबारमार्ग र न्यूरोडस्थित सुन पसलमा छापा हानेको छ। प्रमाणहरु संकलनका लागि छापा हानिएको हो । पक्राउ परेका व्यापारी राजेन्द्र शाक्यको आरके ज्वेलर्समा छापा हानिएको हो । शाक्य हाल सुनसरीको झुम्का कारागारमा छन । विगतमा पनि आरके ज्वेलर्सका कर्मचारीहरु सुन तस्करीमा पक्राउ परेका थिए। शाक्य पनि गत वर्षको साढे ३३ किलो सुन तस्करी प्रकरणका अभियुक्त हुन। ...


एमके अग्रवालको घरबाट नगगसहित सुन र चाँदी बरामद

Posted: 2018-06-09 06:10:01

सुनाखरी न्युज/ काठमाडौं– नेपालमा हुने सुन तस्करीका लगानीकर्ता भनिएका एमके भनिने मोहन कुमार अग्रवालको घरबाट ३० लाख रुपैयाँ नगदसहित सुन र चाँदी फेला परेको छ । साढे ३३ किलोसहितको ३८ क्वीन्टल सुन तस्करी र मोरङका सनम शाक्य हत्या प्रकरणका फरार अभियुक्त अग्रवालको काठमाडौंको अनामनगरस्थित घरमा छापा मार्दा नगदसहित सुन र चाँदी फेला परेको हो । ...


Advertisements