सुन-चाँदी

१० किलो सुनसहित गोरखामा दुई जना पक्राउ

Posted: 2018-09-08 20:25:51

 
सुनाखरी न्युज/
 गोरखा । १० किलो अवैध सुन सहित दुई जना पक्राउ परेका छन् ।  उत्तरी क्षेत्र चुमनुव्री गाउँपालिका–७ छेकम्पारका मुटुक लामा र लोप्सान तेन्जे लामालाइ शनिवार सुन सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
 
चुमनुव्री गाउँपालिका–३ सिर्दीवासमा चेकजाँचको क्रममा उनीहरुको साथबाट सुन बरामद गरिएको जिल्ला प्रहरी प्रमुख एसपी बिमल बस्नेतले बताए ।
 
 
 
 
‘दुइ जनाको साथमा पाँचरपाँच किलोको सुनका बिस्कुट भेटियो,’ उनले भने । पक्राउ परेकाहरुलाइ जिल्ला प्रहरी कार्यालय लगिँदैछ ।
 
चीनसँगको खुल्ला सिमाना भएकाले सुन तस्करी हुने आशंकामा उक्त क्षेत्रको चेकजाँचमा प्रहरीले कडाइ गरेको छ । घटना बारे थप अनुसन्धान भइरहेको एसपी बस्नेतले बताए ।



More News



३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणमा रेष्टुरेन्ट व्यवसायी अकवर शाह पक्राउ

Posted: 2018-06-23 09:48:39

तस्करीको ३३ किलो सुन तस्करी प्रकरण स् लबिम मलस्थित ‘लेभल थ्री’ रेष्टुरेण्टका सञ्चालक अकबर शाह पक्राउ परेका छन् । न्युरोडस्थायी घर भएका अकवर नकवुल शाहका छोरा हुन् । अकबरले ललितपुरको लबिम मलमा ‘लेवल थ्री’ नामको हाई क्वालिटीको रेष्टुरेण्ट सञ्चालन गरेको समितिको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ .......


व्यापारी पोदारको घरमा विशेष समितिको छापा

Posted: 2018-06-21 16:23:25

सुनाखरी न्युज/ काठमाडौँ — सनम शाक्यको हत्या र संगठित सुन तस्करीमाथि अनुसन्धान गरिरहेको विशेष समितिले व्यापारी विमल पोदारको घरमा छापा मारेको छ । मंगलबार समितिले पोदारलाई डिल्लीबजारबाट नियन्त्रणमा लिएको थियो। बुधबाट दिनभर समिति सदस्यले पोदारसँग बयान लिएका थिए।डिल्लीबजारमा रहेको अपार्टमेन्टमा समितिले बिहीबार छापा मारेको हो।...


सुन तस्करी प्रकरणः सिल्भर सिटी अपार्टमेन्टका मालिक पोद्दार पक्राउ

Posted: 2018-06-21 08:36:46

सुनाखरी न्युज/ काठमाडौं– त्रिभुवन विमानस्थलबाट हुने सुन तस्करीमा संलग्न भएको आरोपमा नेपालका उच्च घरानियासँग सम्बन्ध भएका एक भारतीय व्यापारी पक्राउ परेका छन् । डिल्लीबजारस्थित सिल्भर सिटी अर्पाटमेन्टका मालिक विमल पोद्दारलाई ‘विशेष अनुसन्धान टोली’ले पक्राउ गरेको हो।...


सुन प्रकरणः थप व्यापारीदेखि कर्मचारीसम्म समितिको लिष्टमा ! को को परे?

Posted: 2018-06-20 07:49:30

सुनाखरी न्युज/ काठमाडौँ -देशभित्र भइरहेको सुन तस्करी र सनम शाक्य हत्या प्रकरणबारे अनुसन्धान गर्न सरकारबाट गठित विशेष अनुसन्धान टोलीको म्याद थपिएसँगै समिति पुनः सक्रिय भएको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले असार मसान्तसम्म म्याद थप गर्ने निर्णय गरेपछि सुन तस्करीमा संलग्न थप व्यक्तिहरुको समितिले लिष्ट तयार पारेको छ।...


सुनको मूल्य प्रतितोला २ सय घट्यो

Posted: 2018-06-19 12:14:18

सुनाखरी न्युज/ काठमाडौ - सोमबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सोमबार छापावाला सुनको मूल्य प्रतितोला ५८ हजार ३ सय रुपैयाँमा झरेको छ। आइतबार छापावाला सुन प्रतितोला ५८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। यता तेजावी सुन पनि प्रतितोला २ सय रुपैयाँले घटेर प्रतितोला ५८ हजार रुपैयाँमा कारोबार भएको छ । ...


Advertisements