सुन-चाँदी

सुन आयातमा सरल ब्यवस्था, एक महिनासम्मको सुन एकैपटक ल्याउन पाइने

Posted: 2018-07-11 15:49:26

 
सुनाखरी न्युज/
 
काठमाडौं-
नेपाल राष्ट्र बैंकले सुन आयातमा रहेको विद्यमान व्यवस्थालाई खुकुलो बनाएको छ।
 
सुनचाँदी व्यवसायीका लागि वाणिज्य बैंकमार्फत दैनिक २० किलो सुन आयात गर्न पाउने व्यवस्थालाई परिमार्जन गरी दैनिक २० किलोको सीमा भित्र रही एक महिनासम्मको आयात गर्न पाइने परिमाण आवश्यकताअनुसार उक्त महिनाको जुनसुकै समयमा ल्याउन पाइने व्यवस्था गरिएको हो।
 
’सुनचाँदी व्यवसायीहरुको लागि वाणिज्य बैंकहरुले सुन आयात गर्दा दैनिक आयात गर्न तोकिएको सीमाभित्र रही एक महिनासम्मको आयात गर्न पाइने परिमाण आवश्यकता अनुसार उक्त महिनाको जुनसुकै समयमा वा एकमुष्ट आयात गरी बिक्री वितरण गर्न सक्ने व्यवस्था मिलाइनेछ,’ मौद्रिक नीतिमा भनिएको छ।
 
सुनचाँदी व्यवसायीले दैनिक सीमाभित्र रही एकमुष्ट रुपमा वर्षभरीकालागि आवश्यक सुन ल्याउन पाउने व्यवस्था मिलाउन माग गर्दै आएका थिए।



More News



अवैध रुपमा ल्याएको सुनका बाला सहित पक्राउ

Posted: 2018-09-20 10:16:32

सुनाखरी न्युज/ काठमाडौं - हिमालयन एयरको विमानमा कतारको दोहाबाट नेपाल आएका बाराका २५ वर्षीय आनन्दमोन सिंहलाई अवैध रुपमा ल्याएको ५०र ५० ग्रामको २ थान सुनको बाला सहित त्रिभुवन अन्तर्रा्ष्ट्रिय बिमानस्थलबाट बुधबार प्रहरीले पक्राउ गरेको छ । ...


साढे ३३ किलो सुन तस्करी प्रकरण स् निलम्बित एसपी विकासराज खनाल तारेखमा रिहा

Posted: 2018-09-18 21:14:23

सुनाखरी न्युज/ विराटनगर – साढे ३३ किलो सहितको ३८ क्विन्टल सुन तस्करी प्रकरण र मोरङ उर्लावारीका सनम शाक्यको हत्या प्रकरणमा जिल्ला अदालतको आदेशअनुसार थुनामा रहेका प्रहरीका निलम्बित एसपी विकासराज खनाल तारेखमा रिहा भएका छन् । उच्च अदालत विराटनगरले निलम्बित एसपी खनाललाई तारेखमा रिहा गर्न आदेश दिएको हो ।...


सुनकाण्डमा जेल परेका डिएसपी प्रजित केसी थुनामुक्त

Posted: 2018-09-16 21:14:01

सुनाखरी न्युज/ काठमाडौं । ३३ किलो सुनकाण्ड र सनम शाक्य हत्या प्रकरणमा मुछिएका डिएसपी प्रजित केसी रिहा भएका छन् । डिएसपी केसी गत वैशाख १६ गते पक्राउ परेका थिए । आइतबार उच्च अदालत, विराटनगरले डिएसपी केसीलाई साधारण तारेखमा छोड्न आदेश दिएको छ । जिल्ला अदालत, मोरङको आदेश उल्ट्याउँदै उच्च अदालतका न्यायाधीशद्वय उमेशराज पौडेल र उमेश कुमार सिंहको संयुक्त इजलाशले केसीलाई थुनामुक्त गर्न आदेश दिएको हो । ...


सुन तस्करी प्रकरणः एसएसपी लोहनीलाई साधारण तारेखमा रिहा गर्न आदेश

Posted: 2018-09-14 20:46:19

सुनाखरी न्युज/ विराटनगर– साढे ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा थुनामा रहेका एसएसपी दिवेश लोहनीलाई साधारण तारेखमा राख्न उच्च अदालत विराटनगरले आदेश दिएको छ। शुक्रबार उच्च अदालतका न्यायाधीशद्वय नागेन्द्रलाभ कर्ण र सारङ्गा सुवेदीको इजलासले जिल्ला अदालत मोरङले जेठ २८ गते थुनामा राख्न दिएको आदेशलाई उल्ट्याउँदै साधारण तारेखमा राख्न आदेश दिएको हो। ...


१० किलो सुनसहित गोरखामा दुई जना पक्राउ

Posted: 2018-09-08 20:25:51

सुनाखरी न्युज/ गोरखा । १० किलो अवैध सुन सहित दुई जना पक्राउ परेका छन् । उत्तरी क्षेत्र चुमनुव्री गाउँपालिका–७ छेकम्पारका मुटुक लामा र लोप्सान तेन्जे लामालाइ शनिवार सुन सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । चुमनुव्री गाउँपालिका–३ सिर्दीवासमा चेकजाँचको क्रममा उनीहरुको साथबाट सुन बरामद गरिएको जिल्ला प्रहरी प्रमुख एसपी बिमल बस्नेतले बताए ।...


Advertisements