सुन-चाँदी

साढे ३३ किलो सुन तस्करी प्रकरणमा गोरेका ३ ‘सहयोगी’ धरौटीमा रिहा

Posted: 2018-07-10 07:28:35

 
 
सुनाखरी न्युज/
विराटनगर – सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा थप ६ जनाको विषयमा जिल्ला अदालत मोरङले आदेश जारी गरेको छ ।
 
मुख्य अभियुक्त चुडामणी उप्रेती गोरेका ३ जना सहयोगी पुर्पक्षका लागि जेल चलान भएका छन् भने ३ जनालाई धरौटीमा छाड्न आदेश दिइएको छ । मोरङ जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद शर्माको एकल इजलाशले आज ६ जना आरोपीमध्ये ३ जनालाई पुर्पक्षका लागि थुना राख्न र ३ जनालाई धरौटीमा छोड्न आदेश दिएको हो । काठमाडौ–१६ स्वयम्भूका ५४ वर्षीय फाल्दूङ्ग फुल्टुङ्ग भन्ने लक्षुबहादुर गुरुङ, काठमाडौं–६ गौरीघाटका ४२ वर्षीय रामकुमार तिवारी र काठमाडौं–९ का ३४ वर्षीय मदन सिलवाललाई जेल चलान गरिएको जिल्ला अदालत मोरङका श्रेस्तेदार नवराज दुलालले जानकारी दिए ।
 
उर्लावारीका ३८ वर्षीय रेवत भन्ने रेवन्तकुमार आचार्यलाई १ लाख २१ हजार ५ सय रुपैयाँ धरौटी माग गरिएको छ । झापाको दमक–९ का ३४ वर्षीय विनोद अधिकारी र दोलखा चरिकोट–१ का ४३ वर्षीय मोतीराम श्रेष्ठलाई जनही १ लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश भएको श्रेस्तेदार दुलाले बताए ।
 
प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमार्फत् १ जनालाई फरार प्रतिवादी बनाएर ७ जनाविरुद्ध पूरक अभियोग लगाएको थियो । आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरीपैठारी, चोरी निकासीको अवैध कारोबार, अपरण तथा शरीर बन्धक, कर्तव्य ज्यान मुद्दा दर्ता गरिएकोमा आइतवार र सोमवार भएको बहसपछि आदेश भएको हो । सुन तस्करी तथा हत्या प्रकरणमा अनुसन्धानका क्रममा पहिलो चरणमा बैशाख १९ गते ६३ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो ।
 
पहिलो चरणमा जेल जानेमध्ये १६ जनाले मुलुकी ऐनको अदालती बन्दोबस्तको महलको १७ नम्बर प्रयोग गर्दै उच्च अदालत विराटनगरमा निवेदन दर्ता गराएका छन् ।



More News



भन्सार छली अवैध रुपमा लैजान लागेको सुन सहित ३ जना पक्राउ

Posted: 2018-11-15 14:12:53

सुनाखरी न्युज/ काठमाडौं - त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट भन्सार छली अवैध रुपमा लैजान लागेको करिब २ सय ९९ ग्रामको सुनको सिक्री सहित बझाङ बुङगल नगरपालिका ७ बस्ने २५ वर्षीय नरेश बोहोरा समेत ३ जनालाई बुधबार ...


अवैध रुपमा लुकाई छिपाई लैजान लागेको सुन सहित पक्राउ

Posted: 2018-11-13 16:58:16

सुनाखरी न्युज/ काठमाडौं - हिमालय एयरको उडानद्वारा कतारबाट काठमाडौं आगमन भएका सिराहा मिर्चैया नगरपालिका २ घर भएकी रुवी कुमारी महतोलाई अवैध रुपमा लुकाई छिपाई लैजान लागेको १ सय ९९ ग्रामको सुनको वाला ४ थान ...


नक्कली सुनलाई सक्कली हो भनी ठगी गर्ने ६ जना पक्राउ

Posted: 2018-11-13 11:32:10

सुनाखरी न्युज/ काठमाडौं - नक्कली सुनलाई सक्कली सुन हो भनी प्रलोभनमा पारी १ किलो ग्राम नक्कली सुन दिई नगद ४० लाख रूपैयाँ ठगी गरेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं टोखा ...


सुनको भाउ घट्यो, कति पुग्यो मूल्य

Posted: 2018-11-11 14:31:24

सुनाखरी न्युज/ काठमाडौं - तिहारअघि तोलामा ६० हजार रहेको सुनको भाउ आज घटेर प्रतितोला ५९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन भने प्रतितोला ५८ हजार ७०० रुपैयाँ कायम भएको छ । यस्तै आज चाँदी प्रतितोला ७ सय ३० रुपैयाँमा कारोबार ...


सुनको कारोवारमा कमी

Posted: 2018-10-24 08:37:25

सुनाखरी न्युज/ काठमाडौँ- पछिल्लो समय पहेँलो धातुको मूल्यमा वृद्धि भएसँगै यसको कारोवारमा कमी आएको छ। गत वर्ष बडादशैंमा दैनिक ५० किलो सुनको कारोवार भएकामा यस पटक दैनिक करीब ३० किलोको कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो वर्ष घटस्थापनादेखि फूलपातीसम्म सुनको दैनिक माग करीब ५० किलो भए पनि सोहीअनुसारको आपूर्ति भई सन्तुलन कायम भएको थियो। ...


Advertisements