सुन-चाँदी

सुन तस्करीको नयाँ रुटः यूएई–चीन–रसुवा–काठमाडौं हुँदै भारत, नागढुंगामा फेरि समातियो ६ किलो सुन

Posted: 2018-07-02 08:14:32

 
सुनाखरी न्युज/
काठमाडौं-
सुन तस्करीको नयाँ रुट प्रयोग हुन थाल्ेको छ । सरकारले गठन गरेको उच्च स्तरीय सुन अनुसन्धान समितिले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट ३ वर्षको अवधिमा चुडामणि उप्रेती ‘गोरे’को समूहले ३८ क्वीन्टल सुन तस्करी गरेको पर्दाफास गर्दै ६३ जनाविरुद्ध मुद्दा दायर गरेसँगै तस्करहरुले वैकल्पिक मार्ग खोज्न थालेका छन् ।
 
 
 
 
समितिको अनुसन्धान पूरा हुनु अगावै अन्य तस्कर समूहले सुन तस्करी थालेको भेटिएको हो । यसअघि दूबईबाट त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल हुँदै नेपाल भित्रिएर तस्करीको सुन भारत जाने गरेको थियो ।
 
तर, अहिले विमास्थलमा कडाईपछि तस्करहरुको समूहले यूएईबाट चीन हुँदै रसुवा नाका भएर काठमाडौंसम्म सुन भित्र्याउने गरेको भेटिएको छ । त्यसपछि उनीहरुले स्थलमार्ग हुँदै भारतसम्म सुन पठाउने गरेका छन् ।
 
काठमाडौंबाट बाहिरिने नागढुंगा नाकामा ट्याक्सीमा लुकाएर ल्याइएको ३ किलो सुन बरामद भएको भोलिपल्टै आइतबार राति बा ९५ प ८१६४ नम्बरको पल्सर मोटरसाइकलमा ल्याउँदै गरेको ६ किलो सुन बरामद भएसँगै तस्करीको नयाँ रुटको रहस्य खुलेको हो ।
 
पक्राउ पर्नेमा सिन्धुपाल्चोकका २३ वर्षीय तेन्जिङ तामाङ छन् ।  उनले बोकेको सुन यूएईबाट चीन हुँदै रसुवा नाकाबाट काठमाडौं आएको प्रहरी स्रोतको दाबी छ ।
 
‘विमानस्थलमा कडाइँपछि तस्करहरुले नयाँ रुट प्रयोग गरेको देखिएको छ’, अनुसन्धानमा संलग्न एक अधिकारीले अनलाइनखबरसँग भने, ‘यसले सुन तस्करीको ठूलो ¥याकेट सार्वजनिक भइसक्दा पनि अझै तस्करी नरोकिएको देखाएको छ ।’
प्रारम्भिक अनुसन्धानका क्रममा सुन तस्करीका लागि नयाँ रुट प्रयोग भएको पाइएको पुष्टि भएको नागढुंगा प्रहरीका एक अधिकारी बताउँछन् ।
 
लामो समयदेखि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाटै सुन तस्करी हुँदै आएको थियो ।
 
रसुवाबाट सुन तस्करी हुँदै गरेको गोप्य सूराकी पाएपछि काठमाडौं प्रहरीले नागढुंगा नाकामा चेकजाँच कडा बनाएको थियो । त्यसक्रममा प्रहरी निरीक्षक केशव भट्टको टोलीले आइतबार साँझ सुन बरामद गरेको हो ।
 
तर, काठमाडौं प्रहरी पक्राउ परेका व्यक्तिमाथि अनुसन्धान भइरहेको भन्दै विस्तृत विवरण खुलाउने चाहेको छैन । परिसरले यसबारे थप सार्वजनिक गर्न सोमबार पत्रकार सम्मलेन आयोजना गर्ने बताइएको छ ।
 
सुन तस्करीबारे अनुसन्धान गरिरहेको उच्चस्तरीय समितिले पनि यसबारे चासो देखाएको छ । समितिले यसबारे पनि अध्ययन गर्ने एक सदस्यले बताए ।



More News



अवैध रुपमा ल्याएको सुनका बाला सहित पक्राउ

Posted: 2018-09-20 10:16:32

सुनाखरी न्युज/ काठमाडौं - हिमालयन एयरको विमानमा कतारको दोहाबाट नेपाल आएका बाराका २५ वर्षीय आनन्दमोन सिंहलाई अवैध रुपमा ल्याएको ५०र ५० ग्रामको २ थान सुनको बाला सहित त्रिभुवन अन्तर्रा्ष्ट्रिय बिमानस्थलबाट बुधबार प्रहरीले पक्राउ गरेको छ । ...


साढे ३३ किलो सुन तस्करी प्रकरण स् निलम्बित एसपी विकासराज खनाल तारेखमा रिहा

Posted: 2018-09-18 21:14:23

सुनाखरी न्युज/ विराटनगर – साढे ३३ किलो सहितको ३८ क्विन्टल सुन तस्करी प्रकरण र मोरङ उर्लावारीका सनम शाक्यको हत्या प्रकरणमा जिल्ला अदालतको आदेशअनुसार थुनामा रहेका प्रहरीका निलम्बित एसपी विकासराज खनाल तारेखमा रिहा भएका छन् । उच्च अदालत विराटनगरले निलम्बित एसपी खनाललाई तारेखमा रिहा गर्न आदेश दिएको हो ।...


सुनकाण्डमा जेल परेका डिएसपी प्रजित केसी थुनामुक्त

Posted: 2018-09-16 21:14:01

सुनाखरी न्युज/ काठमाडौं । ३३ किलो सुनकाण्ड र सनम शाक्य हत्या प्रकरणमा मुछिएका डिएसपी प्रजित केसी रिहा भएका छन् । डिएसपी केसी गत वैशाख १६ गते पक्राउ परेका थिए । आइतबार उच्च अदालत, विराटनगरले डिएसपी केसीलाई साधारण तारेखमा छोड्न आदेश दिएको छ । जिल्ला अदालत, मोरङको आदेश उल्ट्याउँदै उच्च अदालतका न्यायाधीशद्वय उमेशराज पौडेल र उमेश कुमार सिंहको संयुक्त इजलाशले केसीलाई थुनामुक्त गर्न आदेश दिएको हो । ...


सुन तस्करी प्रकरणः एसएसपी लोहनीलाई साधारण तारेखमा रिहा गर्न आदेश

Posted: 2018-09-14 20:46:19

सुनाखरी न्युज/ विराटनगर– साढे ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा थुनामा रहेका एसएसपी दिवेश लोहनीलाई साधारण तारेखमा राख्न उच्च अदालत विराटनगरले आदेश दिएको छ। शुक्रबार उच्च अदालतका न्यायाधीशद्वय नागेन्द्रलाभ कर्ण र सारङ्गा सुवेदीको इजलासले जिल्ला अदालत मोरङले जेठ २८ गते थुनामा राख्न दिएको आदेशलाई उल्ट्याउँदै साधारण तारेखमा राख्न आदेश दिएको हो। ...


१० किलो सुनसहित गोरखामा दुई जना पक्राउ

Posted: 2018-09-08 20:25:51

सुनाखरी न्युज/ गोरखा । १० किलो अवैध सुन सहित दुई जना पक्राउ परेका छन् । उत्तरी क्षेत्र चुमनुव्री गाउँपालिका–७ छेकम्पारका मुटुक लामा र लोप्सान तेन्जे लामालाइ शनिवार सुन सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । चुमनुव्री गाउँपालिका–३ सिर्दीवासमा चेकजाँचको क्रममा उनीहरुको साथबाट सुन बरामद गरिएको जिल्ला प्रहरी प्रमुख एसपी बिमल बस्नेतले बताए ।...


Advertisements